X Swastha nirdeshnalai

खेलकुद

    Showing ३१-४० of ७३ items.
  • आजको खेल सुनसरी र गोलबजार विच हुने

    अनुभक्त चौधरी सिरहा, माघ १८ गते । पाँचौ गोलबजार मेयर गोल्डकप २०७८ को उद्घाटन खेलमा बीएफसी चितवनले जित हासिल गरको छ । गोलबजार नगरपालीकाको आयोजनामा गोलबजार खेलग्राममा बीएफसी, चितवन र सलहेस युवा क्लव सिरहाविच भएको खेलमा चितवन ३–१ ले जित हात परेको हो ।खेल अवधिमा दुवै टिमले एक एक गोलगरी बराबरी भएपछि ट्राईबेकरमा चितवनले अग्रता लिएको आयोजकले जनाएको छ ।आजको खेल तालतलैया फूटवल एकेडेमी सुनसरी, गोलबजार स्पोर्टस् क्लव गोलबजार सिरहाविच हुने छ ।खेलको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले सल्लाको बोटलाई सिंचित गरेर र प्रमुख प्रशाकिय अधिकृत अनन्त पौडेयालले गरेका थिए ।प्रतियोगितामा १० वटा टिम सहभागी रह

    • प्रकाशित मितिः माघ १८, २०७८
    • ३५ पटक पढिएको
  • सेमी फाईनलमा सलहेश युवा क्लवको जित

    अनुभक्त चौधरी, सिरहा,माघ ९ गते । सिरहाको धनगढीमा नगरपालिका वडा नं.४ रियल स्टार फुटबल क्लव सिरहाद्वारा आयोजना भइरहेको फुटबल खेल प्रतियोगितामा आज आइतबार एपीएफ वर्दिवासलाई एक गोलका विरुद्ध दुई गोलले सलहेश युवा क्लव सिरहाले जित हासिल गरेको छ ।  धनगढीमाई नगरपालिका वडा नं. ३ स्थित राजदेवी मन्दिरको प्रांगणमा संचालन भइरहेको फुटबल प्रतियोगितामा भोलिको खेल आयो गोर्खाली महोत्तरी र आयोजक टिम स्टार फुटबल क्लव धनगढीमाई नगरपालिका ४ बीच हुनेछ ।  माघ ५ गते शुरु भएको खेलको समापन खेल माघ १३ गते हुने जनाइएको छ । प्रदेश नं. १ र मधेश प्रदेश अन्तर्गतका सिरहा, सप्तरी, उदयपुर, ईटहरी, बर्दिवास लगायतका ८ वटा ख

    • प्रकाशित मितिः माघ ९, २०७८
    • २०९ पटक पढिएको
  • सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै जम्मा हुन रोक, माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य

    सिरहा,पुष २७ गते – सरकारले सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै जम्मा हुन रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएको भन्दै गृह मन्त्रालयले सार्वजनिक ठाउँमा भिडभाड हुन नदिन २५ जनाभन्दा धेरै भेला हुन रोकेको हो ।अर्को सूचना नभएसम्म सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुने गरी भेला, मेला तथा महोत्सव नगर्नरनगराउन आवश्यक व्यवस्थासहित जिल्लामा परिपत्र गरिएको गृह मन्त्रालयले जनाएको छ । यो निर्णयअनुसार जिल्लाले सङ्क्रमण अवस्थाको विश्लेषण गरी आवश्यक निर्णय गर्न सक्नेछन् । सङ्क्रमणको अवस्थाअनुसार जिल्ला प्रशासन कार्यालयले जिल्ला र पालिकाको अवस्थाको विश्लेषण गरी लचकता अपनाउन वा कडाइ गर्न सक्ने गृ

    • प्रकाशित मितिः पुष २७, २०७८
    • ६३ पटक पढिएको
  • प्रधानमन्त्री कप टी– २० प्रतियोगिता आजदेखि, यस्ता छन् सहभागी १० टिम

    सिरहा,पुष २६ गते – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पाँचौ संस्करणको प्रधानमन्त्री कप आज सोमबारदेखि सुरु हुँदैछ ।यसअघिका चार संस्करण एकदिवसीय फर्म्याटमा भएको थियो । तर आगामी फेब्रुअरीमा ओमान हुने टी– २० विश्वकप ग्लोबल क्वालिफायरलाई मध्यनजर गर्दै यसपटक टी– २० फर्म्याटमा खेलाइँदैछ ।त्यसैले यसपटक खेलाडीहरूका लागि राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टिमको क्याम्पमा पर्ने अवसरसमेत छ । यसअघि नै मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राष्ट्रिय टिमको लागि क्याम्पमा ३० खेलाडी बोलाएर प्रशिक्षण सुरु गरिसकेका छन् । ती खेलाडीले पनि प्रधानमन्त्री कप खेल्नेछन् र र

    • प्रकाशित मितिः पुष २६, २०७८
    • ४७ पटक पढिएको
  • सिरहाको गोलबजारमा आजदेखि गोल्ड कप शुरु

    अनुभक्त चौधरी, सिरहा, पुस १५ गते । सिरहाको गोलबजारमा आजदेखि प्रथम गोलबजार फुटबल गोल्ड कप शुरु भएको छ । सिरहा, सप्तरी, सिन्धुली, महोत्तरी, उदयपुर र धनुषा (६ जिल्ला) का आठ वटा टीमको सहभागिता रहेको उक्त गोल्ड कप पुस २३ गते सम्पन्न हुनेछ । राजदेवी युवा क्लव गोलबजारद्वारा संचालित फुटबल गोल्ड कप प्रतियोगीतामा प्रथम हुनेलाई एकाउन्न हजार नगद सहित शिल्ड प्रमाणपत्र तथा द्वितीय हुनेलाई ३१ हजार नगदसहित शिल्ड प्रमाणपत्र तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।आजको उद्घाटन खेल आयो गोर्खाली फुटबल क्लव महोत्तरी र गोलबजार प्रतिभा क्लव बीच भएको थियो । आजको खेलमा गोलबजार प्रतिभा क्लवलाई दुई गोलको विरुद्ध त

    • प्रकाशित मितिः पुष १५, २०७८
    • ७८ पटक पढिएको
  • करातेको राष्ट्रिय प्रतियोगितामा प्रदेश २ प्रथम

    जनकपुरधाम,पुष १३ गते – काठमाण्डुमा सम्पन्न नेपाल क्युकोशिन करातेको तेस्रो राष्ट्रिय प्रतियोगितामा प्रदेश २ प्रथम स्थान प्राप्त गरेको छ । दुई दिने उक्त प्रतियोगितामा प्रदेश २ ले ६ गोल्ड मेडल, ६ सिलवर र १७ ब्राउन ल्याएर सात वटै प्रदेशमा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा सर्लाहीले ४ वटा गोल्ड मेडल, ६ सिलवर र ११ ब्राउन, धनुषाले २ गोल्ड मेडल, ३ ब्राउन र पर्सा १ ब्राउन ल्याएको छ । जनकपुरधामका ३५ किलो तौल समूहमा अरमान साफी र ४५ किलो तौल समूहमा राजु कुमार यादवले गोल्ड मेडल ल्याएका छन् । ६० किलो तौल समूहमा जनकपुरधामका मोहम्मद तौफिक अलि खान, ३५ किलो तौल समूहमा सत्यम र ४५ किलो तौल समूहम

    • प्रकाशित मितिः पुष १३, २०७८
    • २१ पटक पढिएको
  • साफ यू– १९ महिला फुटबलमा भुटानलाई हराउने दाउमा नेपाल

    सिरहा,पुष २ गते – सुरुआती दुई खेलबाट ४ अंक जोड्दै उपाधि यात्रा कायम राखेको नेपालले साफ यू(१९ महिला फुटबल च्याम्पियनसिपको तेस्रो खेलमा शुक्रबार भुटानको सामना गर्दैछ ।  बंगलादेशको ढाकामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ । भुटानविरुद्ध मैदानमा उत्रँदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । फाइनल प्रवेशको सम्भावना कायम राख्न नेपाललाई भुटानविरुद्ध जितको विकल्प छैन । भुटान समेत नेपालसँगको हारले उपाधि होडबाट बाहिर रहनेछ । ५ टोली सहभागी प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा लगातार दुई खेल जितेको भारत ६ अंकसहित शीर्ष स्थानमा छ । ४ अंक जोडेक

    • प्रकाशित मितिः पुष २, २०७८
    • ३९ पटक पढिएको
  • टी–२० विश्वकप ग्लोबल छनोट स् नेपाल, आयरल्याण्ड, यूएई र ओमान एउटै समूहमा

    सिरहा,मंसिर २२ गते – अर्को वर्ष अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि हुने ग्लोबल छनोटमा नेपालले समूह चरणमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । १६ टिमले प्रतिस्पर्धा गर्ने ग्लोबल छनोटमा दुई समूह हुन्छ । त्यसमध्ये नेपाल समूह ए मा छ । हरेक समूहका शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन् । नेपाल रहेको समूह ए को ग्लोबल छनोट २०२२ फेब्रुअरीमा ओमानमा आयोजना हुनेछ । यस समूहमा ८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले आधिकारिकरुपमा समूह विधाजन सार्वजनिक नगरेपनि साउथ चाइना मर्निङ पोष्टले स्रोतलाई उधृत गर्दै समूह विभाजन बारे समाचार प्रकाशित गरेको छ ।  जसअनुस

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • ३७ पटक पढिएको
  • ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणको खेल हुँदै

    सिरहा,मंसिर १७ गते – शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेलहरू सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने खेलमा फ्रेण्ड्स क्लब र थ्री स्टार क्लब तथा सातदोबाटो युथ क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेण्ड्स र थ्री स्टारबीचको खेल दिउँसो एक बजे सुरु हुनेछ । यस सिजन फ्रेण्ड्सले जित हात पार्न सकेको छैन । पहिलो खेलमा सातदोबाटोसँग बराबरी खेलेको फ्रेण्ड्स दोस्रो खेलमा संकटासँग अग्रता जोगाउन नसक्दा पराजित भएको थियो । उता थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई पराजित गरेको थियो भने दोस्रो खेलमा सतदोबाटोसँग पराजित भएको थियो । यसअघि २०७६ मा भएको लिगमा फ्रेण्ड्सले थ्

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • ३५ पटक पढिएको
  • आईपीएल : धोनी र कोहली रिटेन

    सिरहा,मंसिर १४ गते – ईएसपीएन क्रिकइन्फो एक रिपोर्टअनुसार आईपीएलका ८ टीममध्ये ७ ले आफ्नो खेलाडीलाई नयाँ सिजनका लागि रिटेन गरेका छन् । रिपोर्टमा पञ्जाब किंग्सले मात्र आफ्नो पुराना कुनै पनि खेलाडीलाई साथमा राखेको छैन । फ्रेन्चाइजीले पूरै ९० करोड भारतीय रुपैयाँ लिएर खेलाडीको लिलामीमा भाग लिनेछ । महेन्द्रसिंह धोनी, विराट कोहली र केन विलियम्सनजस्ता स्टार खेलाडीहरुलाई रिटेन गरिएको रिपोर्टमा उल्लेख गरिएको छ । कसले कसलाई रिटेन गरे ?चेन्नई सुपर किंग्सस् रवीन्द्र जडेजा, महेन्द्र सिंह धोनी, ऋतुराज गायकवाड, मोईन अलीकोलकाता नाइट राइडर्सस् सुनील नरेन, आन्द्रे रसेल, वरुण चक्रवर्ती, वेंकटेश अय्यरसनराइजर्स

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • ४५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२