X Swastha nirdeshnalai

सूचना प्रविधि

    Showing ४१-५० of ५१ items.
  • सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै जम्मा हुन रोक, माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य

    सिरहा,पुष २७ गते – सरकारले सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै जम्मा हुन रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएको भन्दै गृह मन्त्रालयले सार्वजनिक ठाउँमा भिडभाड हुन नदिन २५ जनाभन्दा धेरै भेला हुन रोकेको हो ।अर्को सूचना नभएसम्म सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुने गरी भेला, मेला तथा महोत्सव नगर्नरनगराउन आवश्यक व्यवस्थासहित जिल्लामा परिपत्र गरिएको गृह मन्त्रालयले जनाएको छ । यो निर्णयअनुसार जिल्लाले सङ्क्रमण अवस्थाको विश्लेषण गरी आवश्यक निर्णय गर्न सक्नेछन् । सङ्क्रमणको अवस्थाअनुसार जिल्ला प्रशासन कार्यालयले जिल्ला र पालिकाको अवस्थाको विश्लेषण गरी लचकता अपनाउन वा कडाइ गर्न सक्ने गृ

    • प्रकाशित मितिः पुष २७, २०७८
    • ६३ पटक पढिएको
  • विद्यालयमा मनपरी उपभोक्ता समिति गठन

    सप्तरी,मंसिर २८ गते । सप्तरीको महादेव गाउँपालिका १ स्थित दुई विद्यालयमा भवन निर्माण गर्नका लागि मनोमानी ढंगले उपभोक्त समिति गठन गरेको स्थानीयले आरोप लगाएका छन् । प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहको संसदीय विकास कोषबाट निर्माण गर्न लागेको विद्यालको भवन निर्माणमा मनोमानी ढंगले उपभोक्त समिति गठन गरेको उनीहरुले आरोप लगाएका हुन् ।नरबहादुर थापा जनता मावि पकरीगोठ सोनरा र सोनरा राष्ट्रिय प्राथमिक विद्यालय सोनरामा ८० लाखको ४ कोठे भवन निर्माण उपभोक्ता समितिको सूचना स्थानीय संचार मिडियामा प्रकाशन तथा प्रसारण नगरी गोप्य रुपमै आप्mनो आफन्त नातागोता पार्टीका कार्यकर्तालगायतलाई राखेर बनाउने गरि

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • ६५ पटक पढिएको
  • मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

    सिरहा,मंसिर २६ गते – हामीमध्ये धेरैजसोले पक्कै पनि मोबाइल फोनलाई सिरानीमा राखेरै सुत्छौं। मोबाइललाई सिरानीमा राखेर सुत्दा के हुन्छ रु भन्ने हामी धेरैलाई थाहा नहुन सक्छ।  एक हप्तासम्म मोबाइललाई सिरानीबाट टाढा राखेर सुत्नुहोस् अनि आफैं हेर्नुहोस्, तपाईंमा कति परिवर्तन आउँछ। तपाईंले विचार गर्नुभएकै होला, धेरै समय मोबाइलबाट कुरा गरिसकेपछि अलिअलि चक्कर लाग्ने, आलस्य हुने जस्तो भएको। त्यो मोबाइलको रेडिएसनले गर्दा हो। त्यत्ति नै समय हेडफोन प्रयोग गरेर या लाउड स्पिकरमा बोल्नुहोस् र विचार गर्नुहोस्, तपाईंलाई पहिलेको जस्तो हुँदैन। हामी निदाएको बेला पनि दिमाग सक्रिय नै रहन्छ। दिमागमा अत्यन्तै न

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • १४३ पटक पढिएको
  • सूचना प्रवाह छिटो छरितो बनाउन आग्रह

    सिरहा,मंसिर १६ गते । सूचना माग्नु आम नागरिकको अधिकार हो भने सार्वजनिक निकायको सूचना प्रवाह गर्ने दायित्व रहेकोले सूचना प्रवाहको माध्यमलाई छिटो छरितो बनाउन सार्वजनिक निकायलाई  राष्ट्रिय सूचना आयोगले आग्रह गरेको छ ।  आज सिरहाको धनगढीमाई नगरपालिकामा आयोजित स्थानीय तहका जनप्रतिनिधि,  कर्मचारी, समुदाय र समूहका लागि आयोजित सूचनाको हक सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्नु हुँदै आयोग प्रमुख रत्न प्रसाद मैनालीले सो कुरा वताउनुभयो ।  सूचनाको हक सम्बन्धी व्यवस्था संविधानको ऐनले नै व्यवस्था गरिएकाले सार्वजनिक निकायले झन्झट नमानी मागेका सूचनाहरु सम्बन्धित व्यक्ति वा संस्थालाई दिन प्र

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • ९१ पटक पढिएको
  • सूचना दिन आलटाल गरेका ३० जना प्रमुखमाथि कारवाही

    सिरहा,मंसिर १४ गते – सूचना दिन आलटाल गरेका देशभरका ३० जना कार्यालय प्रमुखमाथि कारवाही गरिएको छ ।राष्ट्रिय सूचना आयोगले जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार आयोजना गरेको सूचनाको हक विषयक अन्तरक्रिया कार्यक्रममा सूचना आयुक्त रत्नप्रसाद मैनालीले सो कुराको जानकारी गराएका हुन् । उनले सूचनाको हक सम्बन्धि ऐनलाई टेकेर कुनै पनि सार्वजनिक निकायमा सूचना माग्न जांदा तोक लगाउनु पर्ने कुनै बाध्यता नरहेको बताए । सूचना अधिकारीले निर्धारित समयमै सूचना दिनु पर्ने अन्यथा सम्बन्धित कार्यालयको कार्यालय प्रमुखमाथि कारवाही गरिने चेतावनी समेत उनले दिए ।, ‘सूचनाको लागि दिइएको निवेदनमा कार्यालय प्रमुखको तोक लगाउनु कु

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • ६८ पटक पढिएको
  • स्थानीय तह निर्वाचनको तयारी

    सिरहा,मंसिर ७ गते – सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँचवर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ ।स्थानीय तहको निर्वाचनलाई लिएर आयोगले आन्तरिक तयारी सुरु गरिसकेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकार दृढ रहेको बताउनुभयो । उहाँले भन्नुुभयो, “स्थानीय तह पुनः पदाधिकारीविहीन त हुने होइन भन्ने सवालमा सरकार सचेत रहेको र लोकतन्त्र तथा लोकतान्त्रिक सङ्घसंस्थालाई जीवन्त राखेर जनतालाई सेवासुविधा प्रभावकारी रूपमा उपलब्ध गराउन प्रतिबद्ध

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • ६१ पटक पढिएको
  • ६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको आवेदन

    काठमाडौं,कार्तिक ९ गते । यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खोलेको छ । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली सोमबमार रातिबाट खुलेको विभागले जनाएको छ ।प्रवक्ता डा.लोकनाथ भुसालका अनुसार सोमबमार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न सकिने बताए । कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा थिए ।प्रवक्ता भुसालका अनुसार अब दैनिक रुपमा कार्यालयको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिन थालिएको छ । कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाएका छन् ।विगतमा

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • १४ पटक पढिएको
  • भन्सार छलिका अबैध सामान प्रहरीको नियन्त्रणमा

    सिरहा,कार्तिक ६ गते । अबैध रुपमा ल्याउदै गरेको भन्सारछलीका लाखौ मुल्यको समान प्रहरीले नियन्त्रणमा लिएको छ ।दैनिक रुपमा प्रहरीको निगरानि रहेपनि तस्करहरुले भन्सारको सामान छल्ली गरी ल्याउने प्रयास अझै छोडेका छैनन् सिरहाको कर्जन्हा न.पा.–२ मा ईलाका प्रहरी कार्यालय बन्दिपुर बाट खटिएको प्रहरीको टोलीले चेक जाँच गर्ने क्रम्मा लाखौ बराबर मूल्यको सामान पक्राउ गरेका छन् ।पक्राउ पर्नेमा प्र.२–०२००१ च ००९२ नं. को म्याजिकमा अबैधरुपमा भन्सार छलीगरी ल्याउदैगरेको तारपिन तेल ४ कार्टुन, हार्पिक १३ कार्टुन, निर २ कार्टुन, फिनेल ८ कार्टुन र सामान ओसार पोसार गर्ने म्याजिलाई समेत नियन्त्रमा लिईएका छन् सामान लगायत म्

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १४ पटक पढिएको
  • डुबानमा परेको ३८ घण्टापछि दुहबी सबस्टेसन सञ्चालनमा

    सिरहा,कार्तिक ४गते । अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको छ । डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको दुहबी सबस्टेसन पानी फालेर बिहीबार बिहान साढे १० बजेबाट सञ्चालनमा ल्याइएको छ ।‘हाम्रो टिमको रातदिनको खटाइ, स्थानीय तह, प्रशासन, सुरक्षाकर्मी, स्थानीय बासिन्दालगायतको सहयोगबाट सबस्टेसनभित्र पसेको पानी फालेर चार्ज गर्न सफल भएका छौं’, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने,’अब दुहवी सबस्टेसनबाट निकालिएका लाइनको क्रमशः चार्ज गर्दै त्यस क्षेत्रमा विद्युत आपूर्ति गरिरहेका छौं ।’प्रदेश नं १का जिल्लाहरुमा व

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • २५ पटक पढिएको
  • विराटनगरको विकल्पमा भद्रपुरमा उडान थपियो

    सिरहा,कार्तिक ३ गते ।  विराटनगर विमानस्थल डुबानमा परेपछि वायुसेवा कम्पनीले झापाको भद्रपुरमा उडान बढाएका छन् ।बुद्ध एयरले एक सूचना जारी गरि भद्रपुरमा उडान संख्या थपेको जानकारी गराएको हो ।विराटनगरको साटो विकल्पमा सो विमानस्थल प्रयोग गर्न सकिने भन्दै कम्पनीले ट्राभल कम्पनी वा मोबाइल एपबाटै टिकट लिन सकिने समेत जानकारी गराएको छ ।विराटनगर विमानस्थलमा भने बाढी पसेसँगै बुधबार बिहानैबाट अवरुद्ध भएको छ । भद्रपुरमा भने बिना अवरोध उडान भइरहेको कम्पनीको भनाइ छ । अनलाईन खवरबाट साभार

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • ४७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२