X Swastha nirdeshnalai

राजनीति

    Showing २१-३० of ४९१ items.
  • मधेश प्रदेशसभाका स्वतन्त्र सांसद साह र जैसवाल जसपा प्रवेश

    धनुषा,माघ ८ गते । मधेश प्रदेशसभामा स्वतन्त्र निर्वाचित भएका दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।महोत्तरी–२ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपा प्रवेश गरेका हुन् ।उनीहरुलाई आइतबार पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन् ।मधेश प्रदेशसभामा जसपाको १६ प्रदेशसभा सदस्य थिए, दुई जना प्रवेश गरेपछि अब १८ जना हुनेछ । अनलाईल खवर बाट

    • प्रकाशित मितिः माघ ८, २०७९
    • ५९ पटक पढिएको
  • सभामुख निर्वाचनको विषयमा कांग्रेसले सरकारबाहिर रहेका दलहरुसँग छलफल गर्दै

    काठमाण्डौ,माघ ४ गते । नेपाली कांग्रेसले सभामुख र उपसभामुख निर्वाचनको विषयमा सरकारमा सहभागी नभएका दलहरुसँग छलफल गर्ने भएको छ ।बुधबार कांग्रेसले छलफलका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई आफ्नो संसदीय दलको कार्यालयमा बोलाएको छ ।कांग्रेसले सभामुखमा आफ्नो उम्मेदवार उठाउने र उपसभामुखमा सरकारमा सहभागी नभएका कुनै दलका उम्मेदवारलाई समर्थन गर्ने तयारी गरेको छ । सरकारमा सहभागी नभएका दलहरुलाई बैठकमा बोलाएको र उनीहरुको छलफलबाट उपसभामुखको उम्मेदवार तय गर्ने कांग्रेसका एक नेताले जानकारी दिए

    • प्रकाशित मितिः माघ ४, २०७९
    • ८५ पटक पढिएको
  • उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाए पछि जनमत पार्टी असन्तुष्ट

    काठमाण्डौ,माघ ३ गते । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय जनमत पार्टीले पाउने पूर्वसहमति कार्यान्वयन नभएको भन्दै शपथ ग्रहणमा गएनन् अब्दुल खान ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उद्योग मन्त्रालयबारे कुरा टुंगिए पनि आफूहरुलाई जानकारी नै नगराई उनी पछि हटेको आरोप जनमत पार्टीले लगाएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यति बेला सर्वदलीय बैठक बसिरहेको छ । असन्तुष्ट जनमत पार्टीका अध्यक्ष सीके राउत त्यसमा सामेल छैनन् ।जनमत पार्टीका नेताहरुले काठमाडौंमा मात्रै नभई मधेश प्रदेशमा समेत आफूहरुसँगको सहमतिबाट सत्ता नेतृत्वकर्ता एमाले र माओवादी केन्द्र पछि हट्ने सन्देह मिलेको अनलाइनखबरसँग बताए

    • प्रकाशित मितिः माघ ३, २०७९
    • ४३ पटक पढिएको
  • मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु

     सिरहा,माघ १ गते । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको हो ।पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि सो विषयमा छलफल गर्न र आवश्यक उद्धार तथा राहतको विषयमा निर्णय गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको एक मन्त्रीले जानकारी दिए ।मन्त्रिपरिषदको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन विमानस्थलस्थित कन्ट्रोल रुममा पुगेर विमान दुर्घटनापछिको उद्धारको अवस्थाको बारेमा जानकारी लिएका थिए ।

    • प्रकाशित मितिः माघ १, २०७९
    • ३३ पटक पढिएको
  • मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवसहित ३ मन्त्रीले लिए शपथ

    धनुषा,पुस २९ गते । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिएका छन् ।बुधबार मुख्यमन्त्रीमा नियुक्त यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । उनले भोजपुरी भाषामा शपथ लिएका छन् ।उनीसँगै बिना विभागीय मन्त्रीको रुपमा तीनजाले सपथ लिएका छन् ।नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीका संजय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले मन्त्री पदको शपथ लिएका हुन् ।यादवलाई हालसम्म ७२ सांसदको समर्थन छ । आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीको १३, लोसपाको ९, नेकपा माओवादी केन्द्रको ७, राष्ट्रिय प्रजात

    • प्रकाशित मितिः पुष २९, २०७९
    • ५८ पटक पढिएको
  • घरायसी विवादमा श्रीमतीको हत्या

    झापा,पुस २७ गते । झापामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन् ।गए राति घरायसी विवादमा विश्वराजले श्रीमती प्रमिलालाई पेट र छातीमा लात्ती प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले विश्वराजलाई राति नै नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिएका छन् ।भोजपुरको अरुण गाउँपालिका वडा नं. १ स्थायी घर भएका घिसिङ विगत दुई वर्षदेखि अर

    • प्रकाशित मितिः पुष २७, २०७९
    • ७३ पटक पढिएको
  • मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

    काठमाडौं, पुस २७ गते । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त हुनुभएको छ  ।प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबार यादवलाई मुख्यमन्त्रीमा नियुक्त हुनुभएको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।जसपाका मधेश प्रदेशका मुख्य सचिव दिनेशकुमार यादवका अनुसार सङ्घीय सत्तासमीकरण बमोजिम ६५ प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख हरिशंकर मिश्र समक्ष दाबी पेश गर्नुभएको थियो । प्रदेश सभामा १०७ जना सदस्य रहेकोमा सरकार गठन गर्न बहुमतका लागि कम्तिमा ५४ जना प्रदेश सभा

    • प्रकाशित मितिः पुष २७, २०७९
    • ४९ पटक पढिएको
  • सामाजिक न्यायसहित समृद्धिको नयाँ युगको थालनी गर्नुपर्छ स् प्रधानमन्त्री

    काठमाडौं, पुस २७ गते । प्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकमा सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ युगको थालनी गर्नुपर्ने बताउनुभएको छ ।माओवादीको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग ९वाइसिएल०को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले मुलुकको आर्थिक समृद्धिलाई आफूले सपनाका रुपमा लिएको र वर्तमान सरकारले त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।“मैले यसलाई सङ्कल्प र प्रतिबद्धताका रुपमा लिएको छु, एउटा प्रधानमन्त्रीले चाहेर मात्र पनि हुँदैन, समृद्धिको यात्रा हासिल गर्न विभिन्न जनसङ्गठनले साथ दिनुपर्छ”, उहाँले भन्नु

    • प्रकाशित मितिः पुष २७, २०७९
    • ३२ पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले अध्यक्ष ओली भेट वार्ता

    काठमाण्डौ,पुस १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।मंगलबार साँझ भएको भेटमा ओली र प्रचण्डबीच बालुवाटारमा समसामयिक राजनीति, सभामुखको निर्वाचन, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल हुने बताइएको छ ।सत्ता साँझेदार दलले अर्थतन्त्रको सबलीकरण र सुशासनमा जोड दिँदै न्यूनतम साझा कार्यक्रम ल्‍याउने तयारी छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन गर्ने तयारी भएको छ । साथै पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तय भएको छ ।२६ गते नै सभा

    • प्रकाशित मितिः पुष १९, २०७९
    • २५ पटक पढिएको
  • महोत्तरीमा ६ जना प्रदेश सांसद एउटै पालिकाको

    महात्तरी, पुस १७ गते । महोत्तरीको मनरासिसवा नगरपालिकाबाट ६ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचितमध्ये ४ जना महिला र दुई पुरुष सांसद हुनुहुन्छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यो नगरपालिका ठेगाना भएका प्रत्यक्षतर्फ २ र समानुपातिकबाट ४ जना निर्वाचित हुनु भएको हो । मनरासिसवा नगरपालिका प्रमुख मोहन पाण्डेका अनुसार निर्वाचित सबै ६, ७ र ८ नं वडाका स्थायी बासिन्दा हुनुहुन्छ । १० वडा रहेको मनरासिसवा क्षेत्र नं ४ (२) अन्तर्गतको पालिका हो । तर यसको वडा नं ८, ९ र १० क्षेत्र नं ३ (२) मा पनि पर्छ । प्रत्यक्षतर्फबाट मनरासिसवा ८ सहसरामकी रानी कुमारी तिवारीले क्षेत्र नं ३ (२) बाट र

    • प्रकाशित मितिः पुष १७, २०७९
    • २९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२