X Swastha nirdeshnalai

अन्तर्राष्ट्रिय

    Showing ७१-८० of १२९ items.
  • बंगलादेशमा फेरीमा आगलागि हुँदा कम्तीमा ३२ को मृत्यु

    ढाका,पुष ९ गते – दक्षिणी बंगलादेशमा फेरीमा आगलागि हुँदा कम्तीमा ३२ को मृत्यु भएको छ। दक्षिणी बंगलादेशस्थित झलोकाथी शहरनजिकै सवारीसाधन ओसारपससार गर्ने जहाज ९फेरी०मा शुक्रबार बिहान आगलागि हुँदा कम्तीमा ३२ को मृत्यु भएको हो। जहाजमा करिब ५ सय यात्रु सवार रहेको बताइएको छ। तीन तले सो यात्रु सवार जहाज नदिको मध्य भागमा पुगेपछि आगलागि भएको हो। घटनापछि हालसम्म ३२ वटा लाश मात्र फेला परेको र करिब १ सय मानिसलाई उपचारको लागि अस्पताल पुर्‍याइएको स्थानीय प्रहरीले जनाएको छ। अन्य यात्रुहरुको उद्धार कार्य जारी रहेकोसमेत प्रहरीको भनाई छ। प्रहरीले आगलागि कसरी भयो भन्नेबारे अनुसन्धान थालिएको बताएको छ

    • प्रकाशित मितिः पुष ९, २०७८
    • ४२ पटक पढिएको
  • चीनले सेनाको बर्दी परिवर्तन गर्ने

    बेइजिङ्ग,पुष ६ गते – चीनले आफ्ना सैनिकको बर्दी परिवर्तन गराउने भएको छ । यो हिउँददेखि नयाँ संकेतको सैन्य पोसाकसहित चीनले आफ्ना सेनाको बर्दी परिवर्तन गराउने भएको हो । चीनको केन्द्रीय सैनिक आयोग ९सीएमसी० ले लडाई र अपरेसनमा रहेका आफ्ना सेनाका लागि नयाँ खाले टाइप–२१ बर्दीको अनुमति दिएसँगै सेनाको बर्दीमा परिवर्तन हुने भएको हो ।सबै चिनियाँ सेनालाई यहि हिउँददेखि परिवर्तित बर्दी वितरण गरिने चाइना मिलिट्रीमा खबर छ । सेनाको पुरानो बर्दीको मोडल सुधारेर नयाँखाले बर्दी वितरण गर्न लागिएको बताइएको छ । सेनाको नयाँखाले बर्दि नवीन शैली, संरचनामा आधारित हुने छ भने सो बर्दी अझै गुणस्तरिय सामग्री र प्रविधिमा आधारित

    • प्रकाशित मितिः पुष ६, २०७८
    • ४१ पटक पढिएको
  • फिलिपिन्समा आँधीबाट करिब २०८ जनाको मृत्यु, ४ लाख मानिस प्रभावित

    दिल्ली,पुष ५ गते –  फिलिपिन्समा शक्तिशाली आँधीबाट मृत्युको हुनेको संख्या करिब २०८ पुगेको छ। करिब ४ लाख मानिस प्रभावित भएको भारतीय संचारमाध्यमले जनाएका छन्। गत बिहीबार र शुक्रबार फिलिपिन्समा राई नामको शक्तिशाली आँधी आएको थियो। त्यसपछि आइतबारदेखि त्यहाँ राहत र उद्दार कार्य जारी छ। आँधीबाट बोहोल प्रान्तको अवस्था खराब रहेको जनाइएको छ।समाचारमा बताइएअनुसार बोहोल प्रान्तमा ७२ जनाको मृत्यु भएको छ। कतिपय मानिस वेपत्ता भएको जनाइएको छ। अहिले अधिकारीहरु मृतकको पूर्ण आँकडा संकलनमा व्यस्त छन् । आँधीपछि आएको पहिरो र बाढीका कारण ज्यान गुमाउनेको यकिन तथ्यांक संकलन भइरहेको छ। हावाहुरीका कारण धेरै ठाउँमा वि

    • प्रकाशित मितिः पुष ५, २०७८
    • ५३ पटक पढिएको
  • आठ तल्ले भवनमा आगो लाग्दा २७ जनाको मृत्यु

    टोक्यो,पुष २ गते  जापानको ओसाकामा एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । घटनामा परी २८ घाइते भएका छन् ।उद्दार कार्य जारी रहेकाले मृतकको संख्या बढन सक्ने माइनीची सिन्बुनमा समाचार छ  । ओसाकाको आठ तल्ले भवनमा शुक्रबार आगलागी भएको हो । भवनको चौथो तल्लामा रहेको मेडिकल क्लिनिकबाट आगो लागेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जापान प्रहरीलाई उदृत गर्दै समाचार छापिएको छ 

    • प्रकाशित मितिः पुष २, २०७८
    • ४९ पटक पढिएको
  • कुपोषणका कारण १७ लाख बालबालिकाको मृत्यु

    इस्लामबाद,पुष २ गते – कुपोषणका कारण पाकिस्तानमा १७ लाख सात हजारभन्दा बढी बालबालिकाको पाँच बर्षभन्दाअघि मृत्यु हुनेगरेको पाकिस्तानी खाद्य सुरक्षा तथा अनुसन्धान मन्त्री सैयद फखर इमामले बताए।पाकिस्तानमा सूक्ष्म पोषक तत्वहरूको कमी व्याप्त छ र यसले बालबालिकाको रोग प्रतिरोध क्षमता, वृद्धि र मानसिक विकासमा गहिरो असर पार्ने गरेको प्रभात नामक पाकिस्तानी पत्रिकाले इमामलाई उद्धृत गरी उल्लेख गरेको छ।  मन्त्री इमामले पाकिस्तानमा ५० लाखभन्दा बढी मानिसहरूले हाम्रो स्वास्थ्यको लागि महत्वपूर्ण सूक्ष्म पोषक तत्व जिंकको अपर्याप्तता हुने गरेको स्वीकार गरे। बुधबार ‘जिङ्क गहुँको प्रयोगमार्फत् जिंकको कमीलाई सम्

    • प्रकाशित मितिः पुष २, २०७८
    • ७५ पटक पढिएको
  • हङकङको सपिङ सेन्टरमा भीषण आगलागी, करिब ३ सय बढि मानिस भित्रै फसे

    हङकङ,मंसिर २९ गते – हङकङको सपिङ सेन्टरमा भीषण आगलागी हुँदा ३ सयभन्दा बढि मानिस भित्रै फसेका छन् । बुधबार वल्र्ड ट्रेड सेन्टर भवनमा भीषण आगलागी हुँदा ३ सयभन्दा बढि मानिसहरु भवनको छतमा फसेका हुन् ।आगलागी ३८ तले भवनमा भएको हो । सो आगलागी मध्यान्ह १२स्२७ बजे भएको हो। विद्युतीय तार सर्ट हुँदा आगलागी भएको हुनसक्ने साउथ चाइना मर्निङ पोष्टले जनएको छ । सो भवनमा फसेकाहरुको उद्धार कार्य जारी रहेको र हालसम्म करिब १५० को उद्धार गरिएको जनाइएको छ । आगलागीबाट चारजना घाइते भएको बताइएको छ ।घटनाको विस्तृत विवरण भने आउन बाँकी छ 

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • ४४ पटक पढिएको
  • इन्डोनेसियामा शक्तिशाली भूकम्प

    जाकार्ता,मंसिर २८ गते – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ। मंगलबार बिहान इन्डोनेसियाको पूर्वी क्षेत्रमा ७.३ रेक्टर स्केलको भूकम्प गएको हो। अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार १८.५ किलोमिटर गहिराईमा केन्द्रविन्दू भई भूकम्प गएको हो।हालसम्म क्षतिको विवरण आइसकेको छैन। यद्यपि आँधीको चेतावनी दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • ४९ पटक पढिएको
  • विश्व मानव अधिकार दिवस

    सिरहा,मंसिर २४ गते – आज विश्व मानव अधिकार दिवस मनाइँदै छ । हरेक वर्ष १० डिसेम्बरको दिन नेपालसहित विश्वभर विश्वभर मानव अधिकार दिवस मनाउने गरिन्छ ।मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षणप्रतिको प्रतिबद्धता लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधारस्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर, १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरिएको यसै दिनको सम्झना स्वरूप प्रत्येक वर्ष आजको दिनलाई विश्व समुदायले महत्वपूर्ण दिवसको रूपमा मनाउँदै आएको छ । दिवसको उपलक्ष्यमा प्रधानमन्त्

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • ३७ पटक पढिएको
  • ‘नयाँ भेरियन्टविरुद्ध अहिलेका सबैखाले खोपले काम गर्छ’

    बेलायत,मंसिर २२ गते – विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले कोभिडविरुद्द अहिले प्रयोग भइरहेका खोपहरु नयाँ भेरियन्ट ‘ओमिक्रोन’को लागि समेत प्रभावकारी हुने बताएको छ । डब्लुएचओका एक अधिकारीले ओमिक्रोन संक्रमणबाट जोगाउन कोभिडविरुद्द अहिले प्रयोगमा आएका खोपले काम गर्ने बताएका हुन् । डब्लूएचओका चिकित्सक माइक रायनले अहिले प्रयोग भएका खोपहरुले ओमिक्रोन भाइरसबाट संक्रमित हुनेहरुका लागि समेत प्रभावकारी हुने बताए । उनले अहिले प्रयोग भएका खोपहरु अत्याधिक प्रभावकारी भएको जसले ओमिक्रोन भाइरस विरुद्द समेत काम गर्ने बताए । खोपको मात्रा पूरा गरेकाहरुमा ओमिक्रोन भाइरसको संक्रमण देखिएपनि उनीहरु गम्भीर बिरामी नपर्ने

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • ४० पटक पढिएको
  • हेलिकप्टर दुर्घटना हुदा दुई पाइलटको मृत्यु

    सिरहा,मंसिर २१ गते –पाकिस्तानको कब्जामा रहेको गिलगिट बाल्टिस्तानको घाँचे जिल्लाको सियाचेनमा सेनाको उड्डयन हेलिकप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको मृत्यु भएको छ।इन्टर(सर्भिस पब्लिक रिलेसन ९आईएसपीआर० का अनुसार पाइलटहरू मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेब थिए । दुर्घटनापछि खोजी र उद्धार हेलिकप्टर र सेनाको टोली घटनास्थलमा पुगेको छ। आईएसपीआरले दुर्घटनाको कारण बताएको छैन। जीबी मुख्यमन्त्री खालिद खुर्शीद खानले विज्ञप्तिमार्फत घटना बारे शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • ३९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२