X Swastha nirdeshnalai

अन्तर्राष्ट्रिय

    Showing ५१-६० of १२९ items.
  • भारतीय गायिका लता मंगेशकरको निधन

    नयाँ दिल्ली,माघ २३ गते –  भारतीय गायिका लता मंगेशकरको निधन भएको छ। स्वर कोकिला भनेर चिनिने चर्चित गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो।कोभिडबाट संक्रमित भएपछि उनलाई यसै वर्ष जनवरीको सुरुमा अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्थामा सुधार नभएपछि उनी केही हप्तादेखि आईसीयूमा थिइन्।  लता मंगेशकरले भारतमा फिल्म संगीतलाई नयाँ परिभाषा दिएकी थिइन्। लता मंगेशकरलाई भारतको ‘सुर कोकिला’ भनिन्छ । उनको फिल्मी संगीत जीवन आधा शताब्दीभन्दा बढी लामो थियो। सो समयमा उनले ३६ भारतीय भाषामा ३० हजारभन्दा बढी गीत गाइन्। लता मंगेशकर भारतको सबैभन्दा प्रसिद्ध गायिका थिइन्। बलिउडका ह

    • प्रकाशित मितिः माघ २३, २०७८
    • ५६ पटक पढिएको
  • अमेरिकाले युरोपमा थप २ हजार सैनिक खटाउने

    काठमाडौं,माघ २० गते – युक्रेनमा रुसले आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले यसै हप्ता युरोपमा अतिरिक्त सेना पठाउने निर्णय गरेको छ ।अमेरिकी राष्ट्रपति जो बाइडनले करीब दुई हजार सैनिक युरोपको सीमा क्षेत्रमा पठाउने निर्णय गरेका ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यी सैनिकहरु फोर्ट ब्राग, नर्थ क्यारोलिनाबाट पोल्याण्ड र जर्मनी पठाइने छ । यसैगरी जर्मनीमा पहिलेदेखि नै तैनाथ एक हजार सैनिकलाई रोमानिया तैनाथ गरिने बीबीसीले जनाएको छ । युरोप पठाइने अमेरिकी सैनिक युद्धमा सामेल हुने छैनन् । यी सैनिकहरु अमेरिकाको सहयोगी देशको रक्षाका लागि हुन् । यसअघि अमेरिकाले साढे आठ हजार सैनिकलाई उच्च सतर

    • प्रकाशित मितिः माघ २०, २०७८
    • ५४ पटक पढिएको
  • बंगलादेशमा सेना अधिकारीको हत्यामा संलग्न दुई प्रहरीलाई मृत्युदण्ड

    ढाका,माघ १८ गते –  बंगलादेशका सेनाका सेवानिबृत्त अधिकारी ९मेजर० को हत्यामा संलग्न भएको आरोमा दुई प्रहरी अधिकारीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । बंगलादेशको जिल्ला अदालतले आरोपित दुई प्रहरी अधिकारी प्रदिप कुमार दास र लियकात अलिलाई मृत्युदण्डको सजाय सुनाएको हो । सेनाका पूर्वमेजर सिन्हा मोहम्मद रशिदको दक्षिणपूर्वी बंगलादेशको कक्स बजारनजिकै सन् २०२० जुलाई ३१ मा हत्या भएको थियो । नेचर डकुमेन्ट्री बनाइरहेका सेवानिबृत्त रशिदमाथि दास र अन्य प्रहरी जवानले अन्धाधुन्ध गोली हानी हत्या गरेको आरोप लागेको थियो । आरोपित प्रहरी अधिकारी दास र अलिलाई त्यहाँको जिल्ला अदालतले दोषी ठहर गर्दै दुवैलाई

    • प्रकाशित मितिः माघ १८, २०७८
    • ४९ पटक पढिएको
  • यमनमा एक वर्षमा दुई हजार बालबालिका मारिएको दाबी

    मारिब,माघ १७ गते –  संयुक्त राष्ट्रसंघ ९युएन०ले एक वर्षको अवधिमा करिब २ हजार यमनी बालबालिका मारिएको दाबी गरेको छ । हुथि विद्रोहीले आफ्नो समूहमा भर्ती गरेका ती बालबालिका एक वर्षको अवधिमा मारिएको दाबी संघको नयाँ रिपोर्टले गरेको हो । शनिबार साँझ सार्बजनिक युएनको नयाँ रिपोर्टअनुसार यमनको हुथी विद्रोहीले आफ्नो समूहमा भर्ती गराएका करिब २ हजार यमनी बालबालिका लडाइमा मारिएका छन् ।सन् २०२० जनवरीदेखि सन् २०२१ मे महिनासम्म सो संख्यामा ती बालबालिका मारिएका हुन् । हुथी विद्रोहीले यमनका विभिन्न विद्यालय र विभिन्न ग्रामिण भेगका बालबालिकालाई आफ्नो सिद्धान्त सिकाउँदै आफ्नो समूहमा भर्ना गराएको युएनले उल्लेख

    • प्रकाशित मितिः माघ १७, २०७८
    • ६० पटक पढिएको
  • विद्रोहिको आक्रमणमा १० पाकिस्तानी सैनिकको मृत्यु

    ईस्लामावाद,माघ १४ गते –  विद्रोहिको आक्रमणमा परेर १० पाकिस्तानी सैनिकको मृत्यु भएको छ। बलुचिस्तान प्रान्तस्थित दक्षिणपश्चिमी बन्दरगाहनजिकै पाकिस्तानी सेनाको चौकीमा भएको आक्रमणमा परि दश सैनिकको मृत्यु भएको हो। सो आक्रमण केच जिल्लाको ग्वादर बन्दरगाहमा भएको हो। पाकिस्तानी सरकारविरुद्ध लडिरहेका जातिय समूह बलुच विद्रोहिले सो आक्रमण गरेको रोयटर्सले जनाएको छ। गएको मंगलबार साँझ भएको सो घटनाबारे शुक्रबार पाकिस्तानी प्रधामन्त्री इमरान खान र पाकिसतानी सेनाले जानकारी दिएको बताइएको छ। प्रधानमन्त्री खानले सो आक्रमणमा मरेका सैनिकलाई शुक्रबार सलामी दिएर शहिद घोषणा गरेको बताइएको छ। घटनाको जिम्मेवारी

    • प्रकाशित मितिः माघ १४, २०७८
    • ९२ पटक पढिएको
  • टाटाले लियो एयर इन्डिया

    नयाँ दिल्ली,माघ १४ गते  — भारतीय ध्वजावाहक विमान सेवा कम्पनी एयर इन्डिया टाटा ग्रुपको स्वामित्वमा पुगेको छ । केन्द्र सरकारले बिहीबार एयर इन्डियाको स्वामित्व भारतको ठूलो औद्योगिक घराना टाटा ग्रुपलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ । करिब ६९ वर्षपछि एयर इन्डियाको स्वामित्व पुनः टाटाको हातमा पुगेको हो । सरकारले ७० हजार करोड घाटामा सञ्चालन भइरहेको एयर इन्डियालाई निजीकरण गर्ने फैसला गरेको थियो । त्यसअनुसार गत अक्टोबरमा शतप्रतिशत सेयर टाटालाई बेचेको थियो । र, त्यसको आधिकारिक हस्तान्तरण २७ जनवरीमा गरिएको हो । भारतको विनिवेश विभागले सोशल मिडियामार्फत् एयर इन्डिया कम्पनीको हस्तान्तरण प्रक्रिया पू

    • प्रकाशित मितिः माघ १४, २०७८
    • ६८ पटक पढिएको
  • पाकिस्तानमा पत्रकार हत्याको विरोधमा देशव्यापी प्रदर्शन

    लाहोर,माघ १३ गते – चर्चित पाकिस्तानी पत्रकार हसनेइन साह हत्याको विरोधमा विभिन्न निकायहरुले देशव्यापी प्रदर्शन गर्दैछन् । साहको हत्याको सत्यतथ्य छानविन र दोषीलाई कारबाहीको माग गर्दै त्यहाँका विभिन्न निकायहरुले बिहीबार देशव्यापी प्रदर्शन गर्न लागेका हुन् । पाकिस्तान न्युजपेपर एडिटर्स काउन्सिल, पाकिस्तान फेडरल युनियन अफ जर्नालिस्ट लगायत विभिन्न संघसंस्थाका अधिकारीहरुले पत्रकार साहको हत्याको विरोधमा प्रदर्शन गरेका हुन् ।प्रदर्शनकारीहरुले हत्याराको खोजी र कारबाहीसँगै पत्रकारको सुरक्षाको माग समेत गरेका छन् ।  पत्रकार साह निजी टेलिभिजन च्यानलका क्राइम रिपोर्टर हुन् । गएको सोमबार लाहोर प्रेस क्लब

    • प्रकाशित मितिः माघ १३, २०७८
    • ६० पटक पढिएको
  • नेपाल– भारत साहित्य महोत्सव स्थगित

    सिरहा,माघ १३ गते – नेपाल–भारत बीचको सम्बन्धलाई भाषा साहित्यका माध्यमबाट अझ सुदृढ बनाउने उद्देश्यका साथ आयोजना हुने नेपाल–भारत साहित्य महोत्सव कोभिड महामारीका कारण स्थगित भएको छ ।आगामी फेब्रुअरी २६ देखि २८ सम्म आयोजना गर्ने भनिएको उक्त साहित्य सम्मेलन परिस्थिति सहज भएपछि सञ्चालन गरिने महोत्सवका संयोजक साहित्यकार राधेश्याम लेकाली जानकारी दिए । उनले भने, “मेरठ लिटरेचर फेस्टिभल ९क्रान्तिधरा मेरठ साहित्यिक महाकुम्भ० आयोजक समितिका अध्यक्ष डा।विजय पण्डितसहितको संयुक्त बैठकले हाललाई उक्त महोत्सव स्थगित गर्ने निर्णय गरिएको हो तर त्यसको तयारी भने रोकिने छैन ।”महोत्सवका अवसरमा लोकार्पण गरिने स्मारिकालगाय

    • प्रकाशित मितिः माघ १३, २०७८
    • ७६ पटक पढिएको
  • भारतको ७३ औं गणतन्त्र दिवस स् नेपालका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले दिए शुभकामना

    सिरहा,माघ १२ गते – भारतको ७३ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेका छन्।भारतको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सव भारतमा ‘आजादीको अमृत महोत्सव’का रूपमा मनाइन लागेकामा राष्ट्रपति भण्डारीले बधाई तथा शुभकामना व्यक्त गरेकी छन्।यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज पठाएका सन्देशमा उनको सुस्वास्थ्य र सुखको कामनाका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेका छन्। सन्देशमा प्रधानमन्त्र

    • प्रकाशित मितिः माघ १२, २०७८
    • ५५ पटक पढिएको
  • अंग प्रत्यारोपणमा जनावर

    सिरहा,माघ ११ गते – यसै महिना अमेरिकाको युनिभर्सिटी अफ मेरिल्यान्डको ‘स्कुल अफ मेडिसिन’ को शल्यचिकित्सकीय वैज्ञानिक समूहले सुँगुरको मुटु ५७ वर्षीय डेबिड बनेटमा सफलपूर्वक प्रत्यारोपण गर्‍यो। विविध ‘कार्डिएक’ समस्याका कारण मुटु शिथिल भएकाले अन्य कुनै पनि स्थापित उपचार विधिमार्फत डेबिडलाई जीवित राख्न संभव थिएन।आफ्नो मृत्यु अवसंभाव्य भएकाले मेडिकल साइन्सको नवीन परीक्षणकालागि उनी तयार भए। विज्ञानले जिते आफूथप बाँच्ने आशमा साविकको ‘हार्ट’ हटाएर सुँगुरको मुटु आफ्नो शरीरमा राख्न उनी राजी भएका थिए। जनावरको मुटुको बलमा डेबिड थप कति समय बाँच्लान्,वैज्ञानिक उत्खननको अर्को विषय हुन्छ नै। वैज्ञानिक विधिमार्फ

    • प्रकाशित मितिः माघ ११, २०७८
    • १०४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२