X Swastha nirdeshnalai

अन्तर्राष्ट्रिय

    Showing ४१-५० of १२९ items.
  • युक्रेनमा ४ सय नेपाली सम्पर्कमा, उद्धार गर्न समिति गठन

    काठमाडौं,फागुन १५ गते – युक्रेनमा रहेका नेपालीको उद्धार हुने भएको छ । गैरआवासीय नेपाली संघले दूतावासको सहयोगमा उद्धार गर्न लागेको हो । संघको सक्रियतामा रुस – युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति गठन भएको छ । समितिले युक्रेनबाट सीमा क्षेत्रमा थप स्वयंसेवक परिचालन गरी नेपाल फर्किन चाहनेहरुको लागि हवाई टिकटका लागि समन्वयन गर्नेछ । सीमा क्षेत्रमा आएका नेपालीलाई खाना बस्नको व्यवस्था गर्ने, कानुनी परामर्शका लागि एनआरएनए राष्ट्रिय समिति परिचालन हुने भएको छ ।  उद्धारको लागि स्थानियरुपमा संयन्त्र गठन गर्ने, स्वयंसेवकहरुका लागि आवश्यक परिचयपत्र प्रदान गर्ने, आर

    • प्रकाशित मितिः फाल्गुन १५, २०७८
    • २८ पटक पढिएको
  • उत्तर कोरियाद्वारा पुन: ब्यालेस्टिक मिसाइल परीक्षण

    प्योङयाङ,फागुन १५ गते  – उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ। दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार उत्तर कोरियाले आइतबार बिहान मिसाइल परीक्षण गरेको हो । जापानको क्योडो न्युजले पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको उल्लेख गरेको छ।क्योडोको रिपोर्टमा भनिएको छ, ‘यो मिसाइल जापानको सागरतर्फ प्रक्षेपण गरिएको छ। यो ब्यालिस्टिक मिसाइल हुन सक्छ। यो जापानको बाहिरी विशेष आर्थिक क्षेत्रमा देखिएको थियो।’ जापानले आफ्ना जहाजहरूलाई पनि सतर्क रहन निर्देशन दिएको छ ।जनवरीमा उत्तर कोरियाले आफ्नो सबैभन्दा शक्तिशाली मिसाइल परीक्षण गरेको थियो।

    • प्रकाशित मितिः फाल्गुन १५, २०७८
    • २५ पटक पढिएको
  • युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण हुँदै

    काठमाडौं,फागुन १५ गते – पूर्वी युक्रेनमा रुसी सेनाले गरेको हमला र गोलाबारीमा कम्तिमा १९ सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा कम्तिमा ७३ जना घाइते भएका छन् ।अहिले रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण गरिरहेको छ । आक्रमणको चौथो दिन रुसी सेनाले किभलाई मुख्य निशाना बनाएको हो ।  राजधानीमा गोलाबारी र ठूला विस्फोटका आवाजहरू सुनिएका प्राप्त विवरणहरूलाई जनाइएको छ । किभमा ठूलो(ठुलो बिल्डिङहरु मिसाइल प्रहारको कारण ध्वस्त बनाउने काम भएको छ । आक्रमण नरोकिए अझै धेरै क्षतिको विवरणहरु आउने बिदेशी संचार माध्यमहरुले जनाएका छन् ।

    • प्रकाशित मितिः फाल्गुन १५, २०७८
    • ३६ पटक पढिएको
  • युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्कन सरकारको आग्रह

    काठमाडौं,फागुन १४ गते – सरकारले युक्रेनमा फसेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्कन आग्रह गरेको छ ।युक्रेन हेर्ने जिम्मेवारी पाएको जर्मनीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी युक्रेनमा रहेका नेपालीलाई ती राष्ट्र हुँदै बाहिर निस्कन आग्रह गरेको हो । ‘हिजो र आज समेत गरी युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुकहरू स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरूलाई मानवीयताको आधारमा आफ्ना मुलुकमा प्रवेशका लागि नाका खुल्ला गरेको जानकारी नियोगमा प्राप्त भएको छ,’ दूतावासले विज्ञप्तिमा भनेको छ । सुरक्षित तवरले नेपाल फर्कनका लागि ती मुलुकहरू तर्फ जा

    • प्रकाशित मितिः फाल्गुन १४, २०७८
    • ३१ पटक पढिएको
  • युक्रेन रुस युद्ध : राजधानी किभमा हतियार लिएर लड्न तयार सर्वसाधरण

    किभ,फागुन १४ गते –  युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले आगामी केही घण्टामा राजधानी किभमा कडा आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्।  देशको नाममा सम्बोधन गर्दै उनले जनतालाई दृढ रहन आग्रह गरेका छन्। राजधानी किभमा भएका हतियार पसलका बन्दुक र अन्य हतियार लगभग सकिएको। सर्वसाधरण जनता पनि देश बचाउन ज्यान जोखिममा पार्न तयार छन्। पूर्वी युक्रेनका जनताले यसबारे चिन्ता व्यक्त गरेका छन्। उनीहरुले पश्चिमा राष्ट्रले थप सहयोग गर्नुपर्ने बताएका छन्। राजधानीको सुरक्षाका लागि थप सेना पठाइएको युक्रेन सरकारको भनाइ छ। युक्रेनबाट हजारौं मानिस युद्ध र रुसी सेनाबाट जोगिन छिमेकी राष्ट्र पोल्याण्ड,

    • प्रकाशित मितिः फाल्गुन १४, २०७८
    • ७३ पटक पढिएको
  • युक्रेनको राजधानीमा विस्फोट

    किभ,फागुन १३ गते – युक्रेनको राजधानी किभमा केही स्थानमा विष्फोट भएको खबर बीबीसी हिन्दीमा छ । सीएनएन टोलीले शुक्रबार बिहान किभमा दुईवटा ठूला विस्फोटको आवाज सुनिएको र तेस्रो शक्तिशाली विस्फोट राजधानीबाट अलग्गै भएको बताएको छ।पूर्व गृह उप(मन्त्री एन्टोन हाराशेन्कोले युक्रेनको समाचार एजेन्सीसँग विष्फोटको आवाज सुनेको बताएका छन्। उनले क्रुज वा ब्यालिस्टिक मिसाइलको प्रयोग भएको बताएका छन् । युक्रेनी सेनाले यस विषयमा अहिलेसम्म केही बोलेको छैनन् ।युक्रेनको गृह मन्त्रालयका एक अधिकारीले रुसी विमानलाई डार्निटस्कीमा खसालेको बताएका छन् । रुसी जेट ७ ए कोशिट्सिया स्ट्रिट नजिकै दुर्घटनाग्रस्त भएको अधिकारीहरुले ब

    • प्रकाशित मितिः फाल्गुन १३, २०७८
    • २५ पटक पढिएको
  • ३८ जनालाई फाँसीको सजाय

    न्याँ दिल्ली,फागुन ७ गते – भारतको विशेष अदालतले एक श्रृखंलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ ।१४ वर्ष अघि अहमदाबादमा भएको श्रृंखलावद्ध बम विस्फोटका दोषी ४९ जनामध्ये ३८ जनालाई अदालतले शुक्रबार फाँसीको सजाय सुनाएको हो । अदालतले अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ ।सन् २००८ मा अहमदाबादमा श्रृखंलाबद्ध विस्फोट भएको थियो । जसमा ५६ जनाको मृत्यु भएको थियो भने करिब २ सय जना घाइते भएका थिए ।अहमदावाद श्रृखंलाबद्ध विस्फोट उक्त विस्फोटपछि गुजरातको एटीएस अर्थात आतंककारी निरोधी टीमले शंकास्पद मुफ्ती अबु बशीरसँगै ९ जनालाई पक्राउ गरेको थियो । सन् २०१६ मा लगभग आठ वर्षप

    • प्रकाशित मितिः फाल्गुन ७, २०७८
    • ७६ पटक पढिएको
  • विवाहको ‘हल्दी’ गर्न जाँदा इनारमा खसेर १३ जना महिला र बालिकाको मृत्यु

    भारत,फागुन ५ गते –  उत्तर प्रदेशको कुशीनगरमा बुधबार राति एक विवाहको दौरान १३ जना महिला तथा बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना बालिका रहेका छन् ।गाउँमा विवाहको ‘हल्दी’ को परम्पराका दौरान इनारको माथि जालीमा बसेर पूजा गरिरहेका थिए । त्यतिबेला जाली टुटेपछि यो घटना भएको भारतीय मिडियाहरुले जनाएका छन् । महिलाहरु चिच्याएको आवाज सनेपछि स्थानीय घटना स्थलमा पुगेर उनीहरूको उद्धार गरेका थिए । उनीहरूलाई अस्पताल पुर्‍याउँदा १३ जनालाई मृत घोषित गरिएको थियो । सबैको मृत्यु डुबेर भएको बताइएको छ । घटनामा मृत्यु हुने बालिकाहरूको उमेर ५ देखि १५ वर्षको रहेको छ ।कुशीनगरको नेबुआ नौरगिंगा थाना क्षेत्र

    • प्रकाशित मितिः फाल्गुन ५, २०७८
    • ४७४ पटक पढिएको
  • महाभारतका 'भीम' प्रवीण कुमारको निधन

    नयाँ दिल्ली,माघ २५ गते – भारतको दूरदर्शन च्यानलबाट प्रसारित बीआर चोपडाको सिरियल महाभारतमा भीमको भूमिका गर्ने अभिनेता प्रवीण कुमार सोबतीको निधनको भएको छ । उनको ७४ वर्षको उमेरमा निधन भएको हो। उनको आजै पंजाबी बागस्थित श्मशान घाटमा अन्त्येष्टि गरिनेछ।महाभारत धारावाहिकका साथै उनले अन्य धारावाहिक र बलिवड चलचित्रमा पनि अभिनय गरेका थिए । भीमजस्तो शक्तिशाली पात्र निभाएर चर्चित बनेका प्रवीणले जीवनको अन्तिम दिनसम्म पैसा र पहिचानका लागि संघर्ष गरे। उनी अभिनयका साथसाथै खेलकुदमा पनि उत्तिकै पोख्त थिए। महाभारत सिरियलमा आउनुअघि प्रवीण एक उत्कृष्ट खेलाडी थिए । उनी ह्यामर र डिस्कस थ्रो र डिस्कस थ्रोमा एसियाका न

    • प्रकाशित मितिः माघ २५, २०७८
    • १०३ पटक पढिएको
  • बिहारमा मदिरा बन्द गर्न सरकारको नयाँ आदेश, शिक्षक किन आक्रोशितरु

    नयाँ दिल्ली,माघ २५ गते –  बिहारमा मदिरा निषेधको कानून भए पनि विषाक्त रक्सी पिएर मर्ने क्रम जारी छ। अहिले बिहार सरकारले रक्सी सेवन तथा बेचबिखन नियन्त्रण गर्न नयाँ नियम घोषणा गरेको छ।बिहार शिक्षा विभागको नयाँ निर्देशनमा शिक्षकहरूले निषेध विभागको मोबाइल नम्बरमा गोप्य रूपमा रक्सी पिउने वा बेच्नेहरूको जानकारी दिने र सो जानकारी गोप्य राखिने कुरा उल्लेख छ। विद्यालयका सबै शिक्षकले आफ्ना वरपर मदिरा सेवन गर्ने र बेच्नेबारे सरकारी अधिकारीलाई जानकारी गराउने सरकारी पत्रमा उल्लेख छ। यसका लागि फोन नम्बर पनि जारी गरिएको छ। यो कुराले बिहारका शिक्षक आक्रोशित भएका छन्। उनीहरूले बिहारका धेरै ठाउँमा विरोध प्र

    • प्रकाशित मितिः माघ २५, २०७८
    • ७२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२