क्षमता अभिवृद्धि तथा अभिमुखिकरण तालिम लहानमा सुरु

  • पूर्वाञ्चल एक्सप्रेस सम्वादाता
  • प्रकाशित मिति: आश्विन 4, 2075
  • 765 पटक पढिएको

लहान,असोज ४ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नं. २ कार्यालय जनकपुरको आयोजनामा सिरहाको लहानमा दुई दिने क्षमता अभिवृद्धि तथा अभिमुखिकरण तालिम विहीवारदेखि सुरु भएको छ ।
लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ३ महेशपुर पतारी र वडा न.६ सितापुर प्र।ध।का निर्वाचित जनप्रतिनिधिहरु र मानव अधिकार निगरानी समूहका सदस्यहरुलाई दुईदिने क्षमता अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम सञ्चालन भएको इन्सेक प्रदेश न. २ का संयोजक राजु पासवानले वताए ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तर्गत गठित मानव अधिकार निगरानी समूहका सदस्य र जनप्रतिनिधिहरुलाई शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि क्षमता अभिवृद्धि प्रदान गर्न तालिम सञ्चालन गरिएको संयोजक पासवानले बताए । लोकतन्त्रलाई दिगो बनाउन र स्थानीय तहलाई मजबुत बनाउन निगरानी समूहले जनप्रतिनिनिधिहरुसँग समन्वय गरी आर्थिक र सामाजिक अधिकारलाई सुनिश्चित गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्नु पर्ने तालिम उद्घाटनको क्रममा पासवानले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष रामवल्लभ साहले मानव अधिकारसँगै इन्सेकले कर्तव्य पनि सिकाएकोले जनताहरु आफ्नो अधिकार र कर्तव्यको बारेमा सचेत भएको बताए । स्थानीय तहमा पुरानै मान्छे भए पनि स्थानीय तह नयाँ भएकोले सबैले सिक्दै गर्दा विकासको काममा ढिलाई भए पनि अब हामिले आफनै कानूनहरु बनाएर आर्थिक, सामाजिक विकासमा अगाडी बढ्ने बताए । यो कार्यक्रमले दुई वटा वडामा राम्रो प्रभाव पारेकोले सबै वडामा कार्यक्रम सञ्चालन गर्न कार्यक्रमका सहभागीहरुले इन्सेकलाई आग्रह गरे ।
कार्यक्रम उद्घाटन सत्रमा राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत दिप कुमार यादव, अधिकारकर्मी देवराज पोखरेल, लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं। ३ र ६ का वडा अध्यक्षहरुले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।
तालिममा इन्सेक अभियान र मानव अधिकारको अवधारणा, विकासको सैद्धान्तिक अवधारणा, शिक्षा, स्वास्थ्य र खाद्य अधिकार समस्या र अवस्था विश्लेषण र समाधानका लागि जनप्रतिनिधिको भूमिका, नेपालको संविधान र मौलिक हक, मानव अधिकार निगरानी समूहको काम, कर्तव्य र अधिकार, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार र स्थानीय जनताको पहुँच विषयमा सहजिकरण भइरहेको इन्सेक प्रदेश न। २ जनकपुर कार्यालयका कार्यक्रम फोकल पर्सन जागेश्वर यादवले वताए ।
तालिमको सहजिकरण धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्मा, राष्ट्रिय मानव अधिकार आयोग जनकपुरका प्रमुख वीरबहादुर बुढा, इन्सेक प्रदेश नं. २ का संयोजक राजु पासवान, कार्यक्रम फोकल पर्सन जागेश्वर यादवले गर्ने जनाएको छ ।


सिरहामा सामाजिक दुरी पालना गराउन कडाई, बेवास्ता गर्नेलाई कारवाही

सिरहा,असार २४ गते । सिरहामा जिल्ला प्रशासन कार्यालय सिरहाले कोराना भाईरस कोभिड–१९ संक्रमण बढी नहुन दिन

सिरहामा माक्स नलगाउने ६४ जना पक्राउ

सिरहा,असार २३ गते । लकडाउनको नियम पालन नगर्ने ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन । विश्वब्यापी रूपम

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

सिरहा,असार २३ गते । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२