बालबालिकासँग मेयर चौधरीको कार्यक्रम

  • न्यूज डेस्क
  • प्रकाशित मिति: भदौ 29, 2078
  • 310 पटक पढिएको

सिरहा,भदौ २९ गते । विद्यालयमा भइरहेको गतिविधिलाई नजिकसँग बुझ्न र समस्या पहिचान गर्न धनगढीमाई नगरपालिकाले ५७ औं बाल दिवसको अवसरमा बालबालिकासँग मेयर कार्यक्रम आयोजना गरेको छ । पहिलोपटक आयोजित उक्त कार्यक्रममा बालवालिकाहरुले उत्साहित हुँदै विद्यालयमा पठन पाठन लगायत शैक्षिक गतिविधिमा भइरहेको कठिनाईहरुको बारेमा आ–आफ्ना बुझाई निर्धक्कसाथ राखेका थिए ।
धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले शैक्षिक गतिविधि गर्न बालबालिकाले अभिव्यक्त गरेका कठिनाईलाई समस्याको रुपमा पहिचान गरी तत्कालै समस्या समाधान गर्न सम्बन्धित पदाधिकारी र कर्मचारीहरुलाई निर्देशन दिएको छ ।
विद्यालयमा पठन पाठन लगायत शैक्षिक गतिविधिका समस्या बुझ्न नगरपालिकाले मासिक रुपमा प्रधानाध्यापक एवम् विद्यालय व्यवस्थापन समितिसँग छलफल गर्दै आए पनि विद्यालयको समस्या नजिकसँग बुझ्न बालबालिकासँग मेयर कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
नगरक्षेत्रभित्र रहेका ७ वटा माध्यमिक विद्यालयबाट चार चार जना र ५ वटा निम्न माध्यमिक विद्यालयबाट दुई दुई जना छात्र एवम् छात्राहरुको सहभागी रहेको थियो । विकासको मेरुदण्ड शिक्षा रहेको अनुशरण गर्दै नगरपालिकाले शैक्षिक गतिविधिलाई प्रथम श्रेणीमा राखी आफ्ना गतिविधिहरु संचालन गर्दै आइरहेको बताएको छ ।


४ सय ८६ जनाले लिए नगरमै नागरिकता

सिरहा,असोज ३ गते । सिरहास्थित धनगढीमाई नगरपालिकाले आयोजना गरेको एक दिने जनताको घरदैलोमै नागरिकता वितरण क

आर्केस्ट्राको विवादले झडप, एक जनाको मृत्यु

महाेत्तरी असाेज ३ गते । आइतबार दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति आर्केस्ट्रा नाच

ओभरटेक गर्दा एकको मृत्यू

सिरहा,असोज २ गते । सिरहाको जिरोमाईलमा ओभरटेक गर्ने क्रममा एक युवकको दुर्घटना भई घटना स्थलमै मृत्यु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२