मादक पदार्थ सेवन गरी ठक्कर दिदा एक महिलाको मृत्यु

  • न्यूज डेस्क
  • प्रकाशित मिति: भदौ 24, 2078
  • 185 पटक पढिएको

पिई न्यूज समाचारदाता
सिरहा,भदौ २४ गते । लहानमा बुधबार राती मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमिहि टोलकी अन्दाजी ७० बर्षिय बुजरी महतो रहेको प्रहरीले बताएको छ । लहानबाट अमिहि हुदै ढोड्नातिर जाँदै गरेको प्रदेश २ —०१—००१ प नंम्बरको मोटरसाईकलले आफन्तको घरबाट फर्कदै गरेको महिलालाई ठक्कर दिएको थियो । मोटर साईकलको ठक्करबाट गम्भीर घाईते बनेकी महतोको उपचारका लागी लहान अस्पताल ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको नातिमहेश महतोले जानकारी दिनु भएको छ ।
ठक्कर दिने मोटर साईकल र चालकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । अत्याधिक गतीमा मादक पदार्थ सेबनगरी मोटर साईकल चालाएका चालकले झोलामा समेत मादक पदार्थ बोकेर जाँदै गरेको अबस्थामा उनलाई नियन्त्रणमा लिएको स्थानीयले बताए । पक्राउ परेका मोटर साइकल चालक इलाका प्रहरी कार्यलाय लहानको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


४ सय ८६ जनाले लिए नगरमै नागरिकता

सिरहा,असोज ३ गते । सिरहास्थित धनगढीमाई नगरपालिकाले आयोजना गरेको एक दिने जनताको घरदैलोमै नागरिकता वितरण क

आर्केस्ट्राको विवादले झडप, एक जनाको मृत्यु

महाेत्तरी असाेज ३ गते । आइतबार दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति आर्केस्ट्रा नाच

ओभरटेक गर्दा एकको मृत्यू

सिरहा,असोज २ गते । सिरहाको जिरोमाईलमा ओभरटेक गर्ने क्रममा एक युवकको दुर्घटना भई घटना स्थलमै मृत्यु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२