ट्रकले किचेर चालकको मृत्यू,हत्या गरेको परिवारजनको आरोप

  • न्यूज डेस्क
  • प्रकाशित मिति: भदौ 24, 2078
  • 266 पटक पढिएको

पिई न्यूज समाचारदाता
सिरहा,भदौ २४ गते। सिरहाको मिर्चैमा एक सवारी चालकको सङ्कास्पद मृत्यु भएको छ । सूर्या सीमेन्ट उद्योग हाताभित्र गर्मिको समयमा ट्रक तल सुतिरहेको अवस्थामा मिर्चैया ३ धाङरटोलका २४ वर्षिय सन्तोष उराउँको ट्रकले किचेर मृत्यु भएको छ । यता परिवारजनले भने हत्याको आरोप लगाएको छ ।
अपरान्ह खाना खाएर गर्मिछल्न ट्रक तल सुतिरहेको बेला ट्रक चलाएपछि किच्चिएर मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी राजेन्द्र मानन्धरका अनुसार अरुले चलाउने ट्रक तल गर्मि छलेर सुतिरहेको बेला चालकले ट्रक चलाएपछि किच्चिएर घइते भएपछि उपचारको क्रममा मिर्चैया स्थित मङ्गलम हेल्थ केयर सेन्टर प्रा.लि. मा मृत्यु भएको परिवारजनले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न चालक र ट्रकको खोजी तथा घटनाबारे अनुसन्धान भईरहेको डिएसपी मानन्धरले जानकारी दिए ।
मंगलम अस्पतालका सञ्चालक चन्देश्वर साहकै ट्रकले किचेर घाइते भएकाले अस्पतालले नियतबस आफ्नो भतिजाको हत्या गरेको सन्तोषका काकी (सानीआमा०)सूफलदेवि उराउँको आरोप लगाएकी हुन । परिवारजनले उपचारमा धेरै खर्च लाग्नसक्ने डरका कारण हत्या गरेको आरोप लगाएका छन् । मृतक चालक २ महिना अघिदेखि उनकै अर्को ट्रक चलाउँदै आएका थिए ।
मृतकको छातिमा टायरको डाम देखिएपनि पिडुलामा धारीलो हतियारले काटिएको जस्तो देखिएको भन्दै घटना रहस्यमय भएको बताएको छ ।
उनीहरुले अस्पतालमा ल्याईसकेपछि कुन कुन औषधी चलाए, कुन डाक्टरले उपचार गरेको हो सोको लिखित जानकारीका लागी आफ्नतहरु अस्पताल अगाडी धर्ना बसेका थिए ।

 


४ सय ८६ जनाले लिए नगरमै नागरिकता

सिरहा,असोज ३ गते । सिरहास्थित धनगढीमाई नगरपालिकाले आयोजना गरेको एक दिने जनताको घरदैलोमै नागरिकता वितरण क

आर्केस्ट्राको विवादले झडप, एक जनाको मृत्यु

महाेत्तरी असाेज ३ गते । आइतबार दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति आर्केस्ट्रा नाच

ओभरटेक गर्दा एकको मृत्यू

सिरहा,असोज २ गते । सिरहाको जिरोमाईलमा ओभरटेक गर्ने क्रममा एक युवकको दुर्घटना भई घटना स्थलमै मृत्यु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२