बेल्हीमा चहलूम दाहा मेला २०७८ शुरु

  • न्यूज डेस्क
  • प्रकाशित मिति: भदौ 20, 2078
  • 25 पटक पढिएको


राजविराज, २० भदौ । सप्तरीको बलान बिहुल गाउँपालिका ४ बेल्हीमा चहलूम दाहा मेला २०७८ शुरु भएको छ ।
बेल्हीस्थित मैदानमा शुरु भएको मेलाको एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य मो. समिम, बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईत, वडानम्बर ४ का वडाअध्यक्ष मो. हन्सु मियाँ र स्थानीय सुनिल कुमार झाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
मेला समितिका अध्यक्ष मो. इजहारुलको अध्यक्षतामा आयोजित मेला उद्घाट कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य मो. समिमले दाहा मेला धार्मिक आस्थालाई जागृत गर्नुको साथै यसले कला र संस्कृतिको जगेर्नामा महत्वपुर्ण योगदान पुग्ने बताउनुभयो ।
उहाँले बर्षेनी बलान नदीको बाढीले बेल्ही लगायन आसपासको क्षेत्रमा ब्यापक धनजनको क्षति पु¥याउँदै आएपनि नियन्त्रणको प्रयास नभएको प्रति दुख व्यक्त गर्दै नदी नियन्त्रणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भदौ २१ गतेसम्म तीन दिन चल्ने मेलमा नेपालको टिकुलिया, छर्रापट्टी, गौरा र लालपट्टी तथा भारतको मझौरा, मुरारपट्टी, बगहा र कमलपुर गरी ८ गाउँका २०० कलाकारहरुले लाठ्ठी, भाला, फर्सा लगायतका घरलु हतियारसहितको कला प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
धर्मको जागरुकतासँगै खेलाडीहरुको बलोबल कढाउने र मनोरञ्जन गर्ने उद्देश्यका साथ आयोजना गरिएको मेलामा प्रस्तुत हुने प्रतियोगितामा प्रथम खेलाडीलाई ५ तौला चाँदीको सिक्का र रु. १० हजार नगद, दोश्रो हुनेलाई ३ तौला चाँदीको सिक्का र रु. ८ हजार नगद तथा तेश्रो हुनेलाई २ तौला चाँदीको सिक्का र नगद रु. ५ हजार पुस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष मो. इजहारुलले जानकारी दिनुभयो । त्यस्तै प्रतियोगितामा उत्कृष्ट ढोल बजाउने कालाकारलाइृ पनि १ तौला चाँदीको सिक्का प्रदान गरिने जनाएको छ ।
मेलामा दर्शकहरुलाई थप मनोरञ्जनात्मक बनाउन साँझको समयमा पौराणिक लोकनाच र सांस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिने आयोजकको भनाई छ ।

 


४ सय ८६ जनाले लिए नगरमै नागरिकता

सिरहा,असोज ३ गते । सिरहास्थित धनगढीमाई नगरपालिकाले आयोजना गरेको एक दिने जनताको घरदैलोमै नागरिकता वितरण क

आर्केस्ट्राको विवादले झडप, एक जनाको मृत्यु

महाेत्तरी असाेज ३ गते । आइतबार दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति आर्केस्ट्रा नाच

ओभरटेक गर्दा एकको मृत्यू

सिरहा,असोज २ गते । सिरहाको जिरोमाईलमा ओभरटेक गर्ने क्रममा एक युवकको दुर्घटना भई घटना स्थलमै मृत्यु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२