कृषकहरुलाई धानबाली सम्बन्धित अभिमुखीकरण

  • न्यूज डेस्क
  • प्रकाशित मिति: भदौ 10, 2078
  • 100 पटक पढिएको

सप्तरी, १० भदौ । सिंचाई सुविधा पुगेको स्थानका कृषकहरुको लागि दुई दिने अभिमुखिकरण तालिम राजविराजमा सम्पन्न भएको छ ।
सिंचाई पश्चात कृषि उत्पादनमा बृद्धि गर्ने उद्देश्यले आयोजित सो तालिममा पिपराही सब माइनर र एम वन एल शाखा जलउपभोक्ता संस्थाका ३२ जना कृषकहरुको सहभागीता रहेको थियो ।
कोशी पम्प चन्द्र नहर सिंचाई व्यवस्थापन कार्यालय सप्तरीद्वारा आयोजित उक्त तालिममा वरिष्ठ कृषि विज्ञ सूर्य नारायण साह, कार्यालय प्रमुख राजेन्द्र प्रसाद साह, सि.डी.ई. केशव दास, सि.ए.ओ. सूर्य नारायण चौधरी लगायतले धानबाली, बालिमा लाग्ने रोग किरा र रोकथामका उपायवारे सहजीकरण गरेका थिए ।
एकीकृत बालि तथा जल व्यवस्थापन कार्यक्रममा अन्तर्गत सम्पन्न सो तालिमले सिंचाई व्यवस्थापन र कृषि बालिको उत्पादनमा सकारात्मक परिणाम ल्याउने कार्यलय प्रमुख साहले विश्वास व्यक्त गरे ।
यस अघि भदौं ७ र ८ गते डि टु शाखा मलेकपुर, सिंगियौन सबमाइनर र आर्मी ब्यारेक माइनर अन्तर्गतका ३० जना कृषकहरुलाई पनि सो तालिम दिएको आयोजकले जनाएको छ ।

 


४ सय ८६ जनाले लिए नगरमै नागरिकता

सिरहा,असोज ३ गते । सिरहास्थित धनगढीमाई नगरपालिकाले आयोजना गरेको एक दिने जनताको घरदैलोमै नागरिकता वितरण क

आर्केस्ट्राको विवादले झडप, एक जनाको मृत्यु

महाेत्तरी असाेज ३ गते । आइतबार दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति आर्केस्ट्रा नाच

ओभरटेक गर्दा एकको मृत्यू

सिरहा,असोज २ गते । सिरहाको जिरोमाईलमा ओभरटेक गर्ने क्रममा एक युवकको दुर्घटना भई घटना स्थलमै मृत्यु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२