प्रदेश २ का पूर्वमन्त्री यादवले भत्ताको भन्दै झण्डै ७० लाख खर्चेको खुलासा

  • न्यूज डेस्क
  • प्रकाशित मिति: भदौ 8, 2078
  • 288 पटक पढिएको

जनकपुरधाम–आर्थिक सुशासन र पारदर्शिताको वकालत गर्ने निवर्तमान आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कुमार यादवले भत्ताको नाउँमा लाखौ खर्चेको महालेखाको प्रतिवेदनले देखाएको छ ।

झण्डै दुई महिना अघि मन्त्री पदबाट मुक्त भएका यादवले कानुन निर्माणको लागि मन्त्रालयले गर्ने मस्यौदा माथि छलफल तथा वैठकको नाममा लाखौ रुपैयाँ गैरकानुनी रुपमा लिएको खुलेको छ । महालेखा परीक्षक कार्यालयको ५८औं वार्षिक प्रतिवेदन अनुसार निवर्तमान मन्त्री यादवले आर्थिक वर्ष २०७६/७७ मा आन्तरिक मामिला तथा कानून मन्त्रालयले कानून निर्माण गर्न बैठक भत्ताको नाममा ४६ लाख ४० हजार र शान्ति सुरक्षाको बैठक भत्ताको नाममा २३ लाख ५० हजार रुपैयाँ गरी कूल ६९ लाख ९० हजार गैर कानूनी रुपमा खर्चेको ठहर गरिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको काम नै परामर्श दिने र कानून निर्माणका मस्यौदा तयार पार्ने रहेको भएपनि मन्त्री यादवले सम्पादन गर्ने कामको लागि बैठक भत्ताको नाममा रकम खर्च गर्नु कानून सम्मत नरहेको महालेखाको भनाई छ ।

त्यसैगरी, मन्त्री ज्ञानेन्द्र यादव र सचिव कृष्णहरि पुष्करले शान्ति सुरक्षाको नाममा गरेको बैठकको नाममा भत्ता स्वरुप २३ लाख ५० हजार लिएको छ । महालेखाले सो मन्त्रालयको काम नै शान्ति सुरक्षाका लागि कार्य गर्ने रहेको छ । आफूले सम्पादन गर्ने कार्य सम्बन्धित पदाधिकारीको दायित्व हो त्यसका लागि भत्ता लिनु गैरकानुनी रहेको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

ऐन, कार्यविधि नै नबनाई कमिशनको लोभमा हतारमा ९ वटा वारुण यन्त्र खरिद गरेर आलोचित बनेका निवर्तमान मन्त्री यादवले आर्थिक वर्ष २०७५/०७६ मा पनि व्यापक आर्थिक अनियमितता गरेका थिए ।

आर्थिक वर्ष २०७५र०७६ मा पनि महालेखा परीक्षक कार्यालयले बुझाएको प्रतिवेदनमा उक्त मन्त्रालयको पाँच करोड ३३ लाख ७५ हजार रुपैयाँ बेरुजु रहेको थियो । सार्वजनिक खरिद ऐनको प्रावधान उल्लंघन गर्दै १४ वटा फर्मबाट ५१ लाख ३० हजारका फर्निचर र मेसिन खरिद गरेका थिए त्यसलाई महालेखाले कानुन विपरीत ठहर गरेको थियो ।

आर्थिक वर्ष २०७५र०७६ मै सार्वजनिक खरिद ऐनअनुसार कुनै व्यक्ति, संस्था वा फर्मबाट सामान खरिद गर्दा ती व्यक्ति वा फर्मले अनिवार्य स्थायी लेखा नम्बर लिएको हुनुपर्छ । तर, मन्त्रालयले प्रदेश रेडियो र प्रदेश अनुसन्धान ब्युरो स्थापनाका लागि परामर्श लिएको व्यक्ति र फर्मको स्थायी लेखा नम्बरविनै १५ लाख ३ हजार रुपैयाँ भुक्तानी दिएकोमा महालेखाले प्रश्न उठाएको थियो ।
– जनकपुर टुडे


४ सय ८६ जनाले लिए नगरमै नागरिकता

सिरहा,असोज ३ गते । सिरहास्थित धनगढीमाई नगरपालिकाले आयोजना गरेको एक दिने जनताको घरदैलोमै नागरिकता वितरण क

आर्केस्ट्राको विवादले झडप, एक जनाको मृत्यु

महाेत्तरी असाेज ३ गते । आइतबार दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति आर्केस्ट्रा नाच

ओभरटेक गर्दा एकको मृत्यू

सिरहा,असोज २ गते । सिरहाको जिरोमाईलमा ओभरटेक गर्ने क्रममा एक युवकको दुर्घटना भई घटना स्थलमै मृत्यु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२