बेटी पढाउ, बेटी बचाउ कार्यक्रम प्रभावकारीः जसपा नेता अजिरमान थापा

  • न्यूज डेस्क
  • प्रकाशित मिति: श्रावण 6, 2078
  • 76 पटक पढिएको

सिरहा–जनता समाजवादी पार्टी९जसपा० नेपालका केन्द्रीय सदस्य अजिरमान थापाले प्रदेश नम्बर २ सरकारको बेटी पढाउ, बेटी बचाउ कार्यक्रम निक्कै प्रभावकारी रहेको बताएका छन् । समाजमा छोरा र छोरी बीच रहेको व्याप्त असमान खाडललाई समानतामा ल्याउन प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत छात्राहरुलाई साईकल बितरण कार्यक्रमले निकै नै सहयोग पुरयाईरहेको नेता थापाले बताए । प्रदेश नम्बर २ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय जनकपुरद्वारा संचालित बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ३ स्थित सरस्वती मावि जम्दहका कक्षा ८मा अध्ययनरत् छात्राहरुलाई साइकल वितरण कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै नेता थापाले यस्तो बताए । नेता थापाले भने, प्रदेश सरकारको यस कार्यक्रमबाट छात्राहरूको मनोबल उच्च भई शिक्षा प्रतिको रुची बढ्दै गरेकोले समाजमा सकारात्मक परिवर्तन ल्याउने भएकोले प्रदेश सरकारको यो कार्यक्रम प्रशंसनीय रहेको छ । म पनि यसै विद्यालयबाट पढेका विद्यार्थी भएकोले विद्यालय विकासको लागि हरदम तम्तयार रहेको र अरु विद्यालयहरूको तुलनामा यो विद्यालय निकै नै फडको मारिसकेकोे बताए ।

त्यस्तै साइकल वितरण कार्यक्रमको विशिष्ट अतिथि जसपाका केन्द्रीय अनुशासन आयोगका सदस्य डा। जयनारायण यादवले प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ कार्यक्रमको प्रशंसा गर्दै भने, सामाजिक रूपान्तरणमा जम्दह समुदाय जागरुक समुदाय रहेकोले विकासको काममा सबैको सामूहिक भावना रहेकै कारण दक्षिणी भन्दा उत्तरी भेग अगाडि बढेको बताए । यस समुदायको अग्रज ब्यक्तित्वहरु स्व। दानी थापा, एमकुमार लामा, अजिरमान थापा, पुष्पलाल पाख्रिन लगायतले देखाएको बाटोमा समुदाय हिडन सकेकोले शिक्षा, स्वास्थ्य लगायत विकासको अन्य कार्यमा जम्दह अगाडि रहेको बताए । नेता डा।यादवले बोल्दै भन,े देशमा मधेस विद्रोह, मधेश जनान्दोलन लगायतका विभिन्न आन्दोलनहरू पश्चात मुलुकले जुन गति लिनुपर्ने थियो त्यो लिन सकेनन् । संघीय सरकारको एउटा मन्त्रालयमा भएको बजेट भन्दा पनि न्यून बजेट पुरै प्रदेशको बजेट रहेकोले पनि विकासको गति लिन नसकेको बताए । संघीय सरकारले अझ पनि प्रदेश सरकारलाई अंकुश लगाएकै कारण प्रदेश सरकारलाई काम गर्न असहज भएको नेता डा।यादवले बताए । गोलबजार नगरपालिकामै सरस्वती माविको अलग पहिचान रहेको र विद्यालयमा कक्षा १ देखि कक्षा ५ सम्म अंग्रेजी माध्यममा पढाई हुने गरेको, बाली विज्ञान समेतको पढाइ भइरहेको बताए । कार्यक्रममा जसपा नेपालका युवा नेता सकलदेव यादव, जसपा गोलबजार नगर अध्यक्ष संजीब यादव, नेता बिन्दु साह, ईन्द्रदेब साह लगायत विद्यालयका शिक्षक–शिक्षिका तथा अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गोलबजार नपा ३ नम्बर वडाका वडाध्यक्ष धनप्रसाद लामाले गरेको थियो भने स्वागत मनतब्य बिद्यालयका प्रअ संजीब कुमार साह र संचालन शिक्षक विजय लामाले गरेकोे थियो । कक्षा ८मा पढ्ने ४८ जना छात्रालाई साइकल वितरण गरेको प्रअ साहलें बताए ।


सडकमै धान रोपाई गरि विरोध

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढास्थित निर्माणाधीन हुलाकी सडकको खाल्डाखुल्डी र हि

मृत अवस्थामा भेटियो गैँडा, साउन महिनामै तीनवटाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्जको दुुधौरा क्षेत्रमा मृत अवस्थामा वयस्क गैँडा भेटिएको छ ।निकुञ्जका सूच

ब्राउन सुगर सहित एक युवक पक्राउ

सुनिल साह सिरहा,असार १८ गते । सिरहाको वरियारपट्टी गाँउपालिकाबाट आज एक जना भारतीलाई ब्राउन सुगर सहित पक्र

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२