हरवा चरवा परिवारलाई राहत बितरण

  • न्यूज डेस्क
  • प्रकाशित मिति: असार 12, 2078
  • 71 पटक पढिएको


सप्तरी, १२ असार । कोरोना भाइरस फैलिन नदिन स्थानीय प्रशासनले गरेको निषेधाज्ञाको मारमा परेका सप्तरीको शम्भुनाथ नगरपालिकाको विभिन्न वडाका हरवा चरवा परिवारलाई सप्तरीको एक संस्थाले राहत बितरण गरेको छ ।
द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा संचालित सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवा चरवा कार्यक्रम अन्तर्गत कोरोना भाइरस आपतकालिन राहत बितरण गरेको हो ।
शम्भुनाथ नगरपालिकाको वडा नम्बर १ देखि १२ सम्मका ३२७ घरपरिवारलाई चामल २५ किलो, खाने तेल १ लिटर, दाल मसुरी २ किलो, नुन २ किलो, नुहाउने र लुगा धुने साबुन २÷२ थान र माक्स लगायत सामग्रीहरु वितरण गरेको श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीका कार्यक्रम संयोजक शारदा चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रममा शम्भुनाथ नगरपालिका वडा नम्वर वडा ८ का वडाअध्यक्ष लक्ष्मीकान्त चौधरी, शम्भुनाथ नगरपालिका वडा नम्वर वडा १० का वडाअध्यक्ष पतिराम सदा, श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीका टिम लिडर बिनोदानन्द चौधरी, पत्रकार राजु विश्वकर्मा लगायतले राहत बितरण गर्नुभएको श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीका सहजकर्ता बिजली रामले बताउनुभयो ।

 

 


सडकमै धान रोपाई गरि विरोध

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढास्थित निर्माणाधीन हुलाकी सडकको खाल्डाखुल्डी र हि

मृत अवस्थामा भेटियो गैँडा, साउन महिनामै तीनवटाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्जको दुुधौरा क्षेत्रमा मृत अवस्थामा वयस्क गैँडा भेटिएको छ ।निकुञ्जका सूच

ब्राउन सुगर सहित एक युवक पक्राउ

सुनिल साह सिरहा,असार १८ गते । सिरहाको वरियारपट्टी गाँउपालिकाबाट आज एक जना भारतीलाई ब्राउन सुगर सहित पक्र

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२