बगहामा विकासको नाममा भत्काए जनताको घर

  • न्यूज डेस्क
  • प्रकाशित मिति: असार 8, 2078
  • 1296 पटक पढिएको

सिरहा,असार – सिरहाको कर्जन्हा नगरपालिका वडा नं. ११ बगहामा विकासको नाममा स्थानियको घर भत्काएका छन् । नगरपालिकाको बजेटमा विकास निमार्ण कार्य भई रहेको भन्दै प्रहरी प्रशासनको रोहबरमा घरमा तोडफोड गरेको पिडित रोशन साहले बताए ।
आर्थिक मसान्त समाप्त हुने समयमा विकासको नाममा स्थानिय रोशन साह लगायतका घर भत्काएका छन् । वडा नं.११ का वडा अध्यक्ष कपिल यादबका अनुसार हामी नगरपालिकाले दिएको बजेटको अधारमा हामी उक्त घर एलानीमा परेकोले भत्काएको बताए ।
यता नगरपालिकाबाट उक्त विकास निमार्णको कार्यको लागी कुनै योजना बजेट नै नरहेको सूचना शाखा प्रमुख सरोज कुमार पासवानले बताए । पासवानका अनुसार उक्त ठाँउमा प्रधानमन्त्री स्वारोजगार कार्यक्रम अन्र्तगत सरसफाई कार्यक्रम प्रधानमन्त्री रोजगार शाखाबाट जंगल देखी फुलवारी सम्म सरसफाईको लागी दैनिक पाँच सय सतरह्र रुपैयाका दरले काममा लगाउने गरी माटो पुर्ने सरसफाई कार्यक्रमको लागी कुल बजेट ७०६४२८.७८ वडा अध्यक्ष कपिल यादबको रोहबरमा संचालन भएको बताए ।
मापदण्ड विपरित कार्य
नगरपालिकाले निधारण गरेको मापदण्ड विपरित उक्त सरसफाईको नाममा विकास निमार्ण कार्य गरेको स्थानिय युवाहरुको भनाई रहेको छ । वडा अध्यक्षले नगरपालिकाले ३० फिट चौडाई सडक राख्ने कार्यपालिकाबाट निधारण गरेका मापदण्ड मिच्दै उक्त सडकको चौडाई ४२ फिट गरेकोले आफलाईु पनि वडा अध्यक्ष यादबले समस्यामा पारेको बताए ।
विकासको नाममा सास्ती
वडा अध्यक्ष यादबले विकासको नाममा विनास गर्न खोजेको स्थानियहरु आरोप लगाएको छ । वडा अध्यक्ष यादबको पहलमा स्यानियहरुको लुटेरा शैलीमा घरमा तोड फोड गरेको पिडित रोशन साहले बताए विहानको समय थियो म काममा बाहिर गएको बेला मेरो घरमा किसमत राई ,रामकुमार महतो, रामबृक्ष सदाय,भरोसी मण्डल लगायतका व्यक्तिहरु मेरो घरमा गाली गलोज गर्दै मेरो आमालाई अभ्रद व्ययवहार गर्दै एकासी घरमा तोडफोड गरेको बताए । यता विकास निमार्णको कार्य भईरहेको बताए पनि म नगरपालिकामा गएर बुझदा कुनै विकास निमार्णको कार्य नरहेको बताए छ ।
यता यस विषयमा नगरपालिका संग बुझदा कुनै विकास निमार्ण कार्य नरहेको बताए र यसमा जो कोहीको गलत ठहरिन्छ त्यसमा हामी आवश्यक कानून वमोजिम कारवाही हुने बताए । यस विषयम आवश्यक अनुसंधान गरिने सूचाना शाखा प्रमुख सरोज कुमार पासवान र रोजगार संयोजक निरज सापकोटाले बताए ।  रोशन साहका अनुसार दुई पुस्ता अगाडी देखी हामी त्यहा बस्दै आईरहेको हामीलाई कुनै सूचना नदिईकन घर तोडेको बताए ।

 

 


सडकमै धान रोपाई गरि विरोध

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढास्थित निर्माणाधीन हुलाकी सडकको खाल्डाखुल्डी र हि

मृत अवस्थामा भेटियो गैँडा, साउन महिनामै तीनवटाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्जको दुुधौरा क्षेत्रमा मृत अवस्थामा वयस्क गैँडा भेटिएको छ ।निकुञ्जका सूच

ब्राउन सुगर सहित एक युवक पक्राउ

सुनिल साह सिरहा,असार १८ गते । सिरहाको वरियारपट्टी गाँउपालिकाबाट आज एक जना भारतीलाई ब्राउन सुगर सहित पक्र

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२