गुर्जाे अभियानी प्रमुख राजलवटको अभियान अझ तिब्र

  • न्यूज डेस्क
  • प्रकाशित मिति: जेठ 23, 2078
  • 36 पटक पढिएको

सिरहा, २३ जेठ । गुर्जाेको चिया र गुर्जाेको विरुवा बाँड्न व्यस्त आन्तरिक राजस्व कार्यालय काभ्रेका प्रमुख कमलबहादुर राजलवट यसलाई अझै तिब्र रुपमा निरन्तरता दिदै आउनुभएको छ ।
बिगत लामो समयदेखि गुर्जाेको बिरुवा र गुर्जाेको चिया बाँडेर सामाजिक सेवामा सक्रिय प्रमुख राजलवटले कोरोना संक्रमित, रुघा, खोकी, ज्वरो र फ्लु भएका बिरामीहरुलाई घरमै पुगेर गुर्जाेको चिया र बिरुवा वितरण गर्दै आउनु भएको छ ।
रोग प्रतिरोधात्मक क्षमता अभिवृद्विमा उपयोगी हुने गुर्जाे सहितको धुलो औषधी तथा गुर्जाे चिया÷काँढा आयुर्वेद चिकित्सक तथा विज्ञहरूको परामर्शमा तयार पारेर नेपाल अधिराज्यको २० भन्दा बढी जिल्लामा ११० भन्दा बढी सेवा प्रवाहका स्थानहरू निःशुल्क वितरण गरिएको प्रमुख राजलवटले बताउनुभयो ।
विश्व वातावरण दिवसको अवसर पारेर राजधानीको मनहरा खोला किनारमा सफाई अभियानमा खटिएका अभियानकर्मीसँग मिलेर गुर्जाेरोपण समेत गरिएको प्रमुख राजलवटको भनाई छ ।
उक्त कार्यक्रममा गुर्जाेरोपणका साथै सहभागीहरूलाई गुर्जाेको चिया खुवाउनुको साथै गुर्जाेको चिया प्याकेट, धुलो औषधी तथा गुर्जाेको बेर्ना समेत वितरण गरिएको उहाँले बताउनुभयो ।
यस अघि कोरोना संक्रमित बरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठको ललिलतपूरको सुनाकोठीस्थित उहाँको निवासमै पुगेर श्रेष्ठसहित उहाँको ५ जना परिवारलाई गुर्जाेको चिया समेत प्रमुख राजलवटले खुवाउनुभएको थियो ।
संक्रमित भएका बेला संक्रमित व्यक्तिलाई अन्य कुरा भन्दा काउन्सलिङ्ग तथा मनोवल उच्च पार्न सक्ने वातावरण आवश्यक रहेको उहाँको कथन छ ।
गुर्जाे चिया÷काँढा तथा धुलो औषधीको सेवाका स्थान अझै विस्तार हुने क्रममै रहेको र नेपाल अधिराज्य भरि पुर्याउने उहाँको अठोट छ ।
गुर्जाेले नागरिकहरुको स्वास्थ्यमा पार्ने प्रभावका साथै त्यसको प्रयोगका बारेमा राजलवटले कार्यक्रममा करका विषयसँग जोडेर जानकारी गराउँदै गुर्जाेको नियमित सेवन गर्नेहरु बिभिन्न रोगबाट मुक्त हुने बताउनुभयो ।
प्रमुख राजलवटले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्रीहरु, कर्मचारीहरु, योग गुरु तथा स्वामीहरु, अस्पतालमा उपचारार्थ विरामीहरु, कोरोनाको समयमा संक्रमित ब्यक्तिहरु, आईसोलेसन तथा क्वारेन्टाईनमा रहेका विरामीहरुलाई गुर्जाेको चिया खुवाउनुभएको थियो ।
शरिरमा हुने हरेक खालका रोगहरुसँग लड्न सक्ने शक्ति प्रदान गर्ने गुर्जाेको महत्व, प्रयोग गर्ने तरिका र त्यसका फाईदाका बारेमा राजलवटले कार्यालयमा आउने सेवाग्रहिलाई समेत बुझाउँदै आउनु भएको छ ।

 




दाजुभाईकै घाँटी रेटिएको अवस्थामा शव भेटियो

बारा,जेष्ठ ४ गते। बाराको कलैयामा दाजुभाईकै घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । स्थानीय ९ वर्षीय दाक्

सिरहामा दुईदिनमा कोरोनाले ६ जनाको मृत्यु

सिरहा,जेष्ठ ४ गते । सिरहामा कोभिड १९ को सङ्क्रमणबाट दुई दिनमा ६ जनाको मृत्यु भएको छ । सङ्क्रमणका कारण लहान

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२