प्रतिनिधिसभा बिघटन बिरुद्ध एकजुट हुन आव्हान

  • न्यूज डेस्क
  • प्रकाशित मिति: जेठ 10, 2078
  • 74 पटक पढिएको


सप्तरी, १० जेठ । प्रतिनिधिसभा बिघटन विरुद्ध सप्तरीमा क्रियाशिल चार राजनीतिक दलले एकजुट भएर दृढतापूर्वक अगाडी बढ्न आह्वान गरेका छन् ।
नेपाली काँग्रेसका सभापति दिनेशकुमार यादव, नेकपा माओवादी केन्द्रका अध्यक्ष उमेशकुमार यादव, नेकपा एमाले सप्तरीका इञ्चार्ज रामप्रित पासवान र जसपा सप्तरीका अध्यक्ष केदार कुमार यादवले आज संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै सो आव्हान गरेका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्रीको मिलोमतोमा प्रतिनिधिसभा विघटन गरी मुलुकमा अन्यौल, राजनीतिक मुठभेड र अराजकता सिर्जना गर्ने असंवैधानिक, स्वेच्छाचारी र प्रतिगामी कदमविरुद्ध एकजुट भई दृढतापूर्वक अगाडि बढ्न आह्वान गर्दै बिज्ञप्तीमा उक्त कदम बिरुद्ध राजनीतिक र कानुनी लडाई लड्ने उल्लेख छ ।
जनताको बलिदानीपुर्ण संघर्षबाट प्राप्त भएका संघीय लोकतान्त्रिक गणतन्त्र, संबिधानको रक्षा एवम् नेपालको सर्बाेपरि राष्ट्रिय हितको रक्षाका लागि दृढतापुर्वक अघि बढ्न सबै राजनीतिक दल तथा जनसमुदायसँग बिज्ञप्तीमा अपिल गरिएको छ । साथै कोरोना महामारी नियन्त्रण, रोकथाममा सरकारले गैर जिम्मेवारीपन देखाएको प्रति खेद व्यक्त गर्दै बिज्ञप्तीमा कोरोनाबाट मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली तथा संक्रमतिहरुको सिघ्र स्वास्थ्यलाभको कामना समेत बिज्ञप्तीमा गरिएको छ ।


गुर्जाे अभियानी प्रमुख राजलवटको अभियान अझ तिब्र

सिरहा, २३ जेठ । गुर्जाेको चिया र गुर्जाेको विरुवा बाँड्न व्यस्त आन्तरिक राजस्व कार्यालय काभ्रेका प्रमुख

दाजुभाईकै घाँटी रेटिएको अवस्थामा शव भेटियो

बारा,जेष्ठ ४ गते। बाराको कलैयामा दाजुभाईकै घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । स्थानीय ९ वर्षीय दाक्

सिरहामा दुईदिनमा कोरोनाले ६ जनाको मृत्यु

सिरहा,जेष्ठ ४ गते । सिरहामा कोभिड १९ को सङ्क्रमणबाट दुई दिनमा ६ जनाको मृत्यु भएको छ । सङ्क्रमणका कारण लहान

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२