धनुषाका एकै गाउँका ४६ जनामा कोरोना संक्रमण

  • न्यूज डेस्क
  • प्रकाशित मिति: जेठ 5, 2078
  • 204 पटक पढिएको

जनकपुरधाम- धनुषाको मिथिला नगरपालिका ११ लोटा दुधपानी गाउँका अधिकाशंलाई कोरोना संक्रमण भएको छ । दुधपानीका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

एकैपटक धेरैलाई ज्वरो आएपछि गाउँका स्थानीयले पिसिआर परीक्षण गराइदिन नगरपालिकाका मेयर हरिनारायण महतोसँग आग्रह गरेका थिए । उनको पहलमा ५४ जनाले पिसिआर परीक्षणका लागि सोमवार नै स्वाब दिए । मंगलवार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा परीक्षण गर्दा ४६ जनाको रिपोर्ट पोजेटिभ आयो ।

मेयर महतो भन्छन्, ‘एउटा टोल नै संक्रमित भएको अवस्था छ । तर एक जनाबाहेक अहिलेसम्म सबैको अवस्था सामान्य छ ।’ साँसफेर्न गाह्रो भएपछि एकजना उपचारका लागि सिन्धुली पुगेको मेयर महतोले जानकारी दिए । अब कसैको अवस्था जटिल भए ढल्केवर ल्याएर आइसोलेसनमा राख्ने उनको भनाई छ ।

मेयर महतोका अनुसार काठमाडौंबाट दुई जना आएका थिए । उनीहरुबाटै संक्रमण फैलिएको हुनसक्ने अनुमान छ । भारतबाट उक्त टोलमा कोही पनि आएको छैन ।

संक्रमित भएकाहरु डाक्टरबाट आवश्यक सल्लाह नपाउँदा त्रसित बनेका छन् । एक संक्रमितले भने, ‘कोरोनाबाट कसरी बाँच्न सकिन्छ भन्ने कुराको ज्ञान छैन । डाक्टरबाट आवश्यक सल्लाह सुझाव पाए हुन्थ्यो । तर भगवान भरोसामै बाँचिरहेका छौं ।’

मेयर महतोले स्वास्थ्यकर्मीको टोली पनि त्यहाँ पठाउन लागेको उनले बताए । उनले भने, ‘म आफैं त्यहाँ गएर सबैको स्वास्थ्य अवस्था बुझेर फर्केको छु । अब स्वास्थ्यकर्मी लिएर पुग्दैछौं ।’

त्यहाँका थप व्यक्तिमा पनि संक्रमण सरेको हुनसक्ने अनुमान छ । सम्भावित सबैको पिसिआर परीक्षण गराउने मेयर महतोले जनाएको छ । उनका अनुसार अहिले गाउँमा आवतजावत बन्द गरिएको छ । – नेपाल प्रेस


गुर्जाे अभियानी प्रमुख राजलवटको अभियान अझ तिब्र

सिरहा, २३ जेठ । गुर्जाेको चिया र गुर्जाेको विरुवा बाँड्न व्यस्त आन्तरिक राजस्व कार्यालय काभ्रेका प्रमुख

दाजुभाईकै घाँटी रेटिएको अवस्थामा शव भेटियो

बारा,जेष्ठ ४ गते। बाराको कलैयामा दाजुभाईकै घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । स्थानीय ९ वर्षीय दाक्

सिरहामा दुईदिनमा कोरोनाले ६ जनाको मृत्यु

सिरहा,जेष्ठ ४ गते । सिरहामा कोभिड १९ को सङ्क्रमणबाट दुई दिनमा ६ जनाको मृत्यु भएको छ । सङ्क्रमणका कारण लहान

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२