सिरहामा दुईदिनमा कोरोनाले ६ जनाको मृत्यु

  • न्यूज डेस्क
  • प्रकाशित मिति: जेठ 4, 2078
  • 360 पटक पढिएको

सिरहा,जेष्ठ ४ गते । सिरहामा कोभिड १९ को सङ्क्रमणबाट दुई दिनमा ६ जनाको मृत्यु भएको छ ।
सङ्क्रमणका कारण लहान डाइग्नोस्टिक सेन्टरका एक चिकित्सक, जिल्ला शिक्षा समयन्वय इकाई सिरहाका कार्यरत एक जना कर्मचारी, सूर्यनारायण सत्यनारायण मोरवैता यादव वहुमुखि क्याप्सनका एक जना प्रध्यापक, गोलबजारका नपा ५ का एक जना ईंटा उद्योगी सहित ६ जनाको मृत्यु भएको हो ।
उनीहरुको सवैको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । दोस्रो सङ्क्रमणको लहर सुरुभईसकेपछि सिरहामा आज विहानसम्म ३५ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । मृत्युहुने प्रयाः युवाउमेरका रहेका छन् ।
सिरहामा हालसम्म पीसीआर विधिबाट १ हजार ७ सय ८८ जनाको परीक्षण गर्दा ५ सय ५१ र एनटीजीन विधिबाट २ सय ७२ जनाको परीक्षण गर्दा २९ जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये ५७ जना निको भएको छ भने, ४ सय २२ जना होम आईशोलेशना छन् । २९ जना सामान्य उपचारमा, ६ जना आईसीयू र ३ जना एचडीयूमा उपचार भईरहेको स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।
संक्रमित मध्ये जिल्लामै सवैभन्दा धेरै गोलबजार नगरपालीकाका रहेका छन् । ५ सय ५१ सङ्क्रमितमध्ये गोलबजार नगरपालीकाकामात्र एक सय ३१ जना रहेका छन् । मृत्युहुनेमा पनि गोलबजार नगरपालीकानै जिल्लामा सवैभन्दा अगाडी छ । ३५ जना मृतकमध्ये गोलबजारकामात्र १० जना रहेका छन् ।


गुर्जाे अभियानी प्रमुख राजलवटको अभियान अझ तिब्र

सिरहा, २३ जेठ । गुर्जाेको चिया र गुर्जाेको विरुवा बाँड्न व्यस्त आन्तरिक राजस्व कार्यालय काभ्रेका प्रमुख

दाजुभाईकै घाँटी रेटिएको अवस्थामा शव भेटियो

बारा,जेष्ठ ४ गते। बाराको कलैयामा दाजुभाईकै घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । स्थानीय ९ वर्षीय दाक्

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२