हतियार देखाएर लुटपाट गर्ने दुईजना डाँका पक्राउ

  • न्यूज डेस्क
  • प्रकाशित मिति: जेठ 4, 2078
  • 259 पटक पढिएको

सर्लाही,जेठ ४ गते ।सर्लाहीको इश्वरपुरबाट इश्वरपुर नगरपालिका वडा न(४ स्थित पुर्व पश्चिम लोकमार्गमा हतियार देखाएर दुईवटा ट्रक र एकवटा पिकअप गाडीको चालक र सहचालकहरुलाई लुट्ने दुईजना डाँकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इश्वरपुर नगरपालिका वडा न५ बस्ने ३३ वर्षीय रामकरण महतो र सोही ठाउँ बस्ने २० वर्षीय सुरेन्द्र सदा रहेका छन् ।उनीहरूलाई गत बैशाख २६ गते इश्वरपुर न।पा वडा न-४ स्थित पुर्व पश्चिम लोकमार्गमा हतियार देखाएर दुईवटा ट्रक र एकवटा पिकअप गाडीको चालक र सहचालकहरुबाट नगद रु।३७ हजार, विभिन्न कम्पनीको मोबाइल सेट -५ थान र सुनको हनुमानी९लकेट- १ थान लगायतका सामानहरु लुटेको आरोपमा बिहिवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। उनीहरूको साथबाट एक थान नलकटुवा बन्दुक,त्यसमा लाग्ने गोली दुई राउन्ड,सुनको हनुमानी-१ थान ,मोबाइल सेट २ थान , BR 30 U 7773 नम्बरको भारतीय मोटरसाइकल र टल्कने ज्याकेट बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला अदालत सर्लाहीबाट १० दिनको म्याद थप गराई हिरासतमा लिएर थप अनुसंधान सुरु गरिसकेको जिप्रका सर्लाहीले जानकारी- दिएको छ ।


गुर्जाे अभियानी प्रमुख राजलवटको अभियान अझ तिब्र

सिरहा, २३ जेठ । गुर्जाेको चिया र गुर्जाेको विरुवा बाँड्न व्यस्त आन्तरिक राजस्व कार्यालय काभ्रेका प्रमुख

दाजुभाईकै घाँटी रेटिएको अवस्थामा शव भेटियो

बारा,जेष्ठ ४ गते। बाराको कलैयामा दाजुभाईकै घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । स्थानीय ९ वर्षीय दाक्

सिरहामा दुईदिनमा कोरोनाले ६ जनाको मृत्यु

सिरहा,जेष्ठ ४ गते । सिरहामा कोभिड १९ को सङ्क्रमणबाट दुई दिनमा ६ जनाको मृत्यु भएको छ । सङ्क्रमणका कारण लहान

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२