व्यापक कालोबजारी

  • न्यूज डेस्क
  • प्रकाशित मिति: जेठ 3, 2078
  • 415 पटक पढिएको

जिरोमाईल,जेष्ठ ३ गते । कोरोनाको दोस्रो लहर सुरु भएसंगै दैनिक संक्रमितको संख्या सिरहा लगायतका जिल्लाहरुमा बढि रहेको छ । स्वास्थ सुधारका लागि सिरहामा अहिले निषेधाज्ञा जारी भएको मौका छोपेर व्यापारीहरुले बजारमा सामानको कृत्रिम अभाव देखाउँदै सामानको मनोमानी ढंगले मूल्य बद्धि गरी उपभोक्तालाई ठगि रहेका छन् ।
नियमनकारी निकायले बजार अनुगमन नगर्दा उपभोक्ता ठगेका छन् । खाधान्न, खाने तेल, निर्माण समाग्री तथा सुर्तिजन्य पदार्थको मूल्यमा अस्वाभाविकरुपमा मूल्य बृद्धि भएको उपभोक्ता सुमन चौधरीले बताए ।
निषेधाज्ञाको अघिल्लो दिनसम्म स्थिर रहेको सामानको मूल्य निषेधाज्ञा भएको दिनदेखि व्यापारीले कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्न थालेका हुन ।
यसले निषेधाज्ञाको चपेटामा परेका सर्वसधारणहरुलाई ठूलो मार परेको छ ।
यसरी दैनिक मजदुरी गरी जिवन निर्वाह गर्दै आइरहेका दैनिक मजदुरी गरेर छाक टार्नेलाई अहिले कोरानो संक्रमणका कारण भएको निषेधाज्ञाले खानको लागि निकै समस्या हुन थालेको छ । “काम छैन पैसा पनि छैन । नखाएर बाँच्न सकिदैन” । “बजारमा सामानको मूल्य छुइसक्नुछैन । जताबाट पनि मर्ने हामी जस्ता गरिब त हो स्थानिय पहाडी मण्डलले बताए। ठूलाबाडालाई त सबैले छुट दिएकै छ । उनले भने –सरकारबाट राहतको व्यवस्थापन हुन नसके रोग भन्दा पनि भोकले मर्नुपर्ने समय आउने उनले बताए ।
नगर पालिकाले मासिकरुपमा बजारको सन्तुलन मूल्यको रेकर्ड राख्नु पर्ने हो । त्यो हुन सकेको छैन । अर्कोतिर उपभोक्ताले सामान खरिद गर्दा व्यापारीसंग बिल लिदैनन् भने व्यापारीहरुले पनि सामानको मूल्य सूचि राख्दैनन् ।


४ सय ८६ जनाले लिए नगरमै नागरिकता

सिरहा,असोज ३ गते । सिरहास्थित धनगढीमाई नगरपालिकाले आयोजना गरेको एक दिने जनताको घरदैलोमै नागरिकता वितरण क

आर्केस्ट्राको विवादले झडप, एक जनाको मृत्यु

महाेत्तरी असाेज ३ गते । आइतबार दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति आर्केस्ट्रा नाच

ओभरटेक गर्दा एकको मृत्यू

सिरहा,असोज २ गते । सिरहाको जिरोमाईलमा ओभरटेक गर्ने क्रममा एक युवकको दुर्घटना भई घटना स्थलमै मृत्यु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२