वीरगञ्‍जमा कोरोना कहर स् २४ घण्टामा थप १३ जना संक्रमितको मृत्यु

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 31, 2078
  • 372 पटक पढिएको

पछिल्लो २४ घण्टामा वीरगञ्जमा कोरोनाबाट थप १३ जना संक्रमितको मृत्यु भएको छ ।
नारायणी अस्पतालमा ४, नेशनल मेकिडल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा ३, भवानी अस्पतालमा २, नारायणी बयोधा अस्पताल, स्पर्श मल्टि स्पेस्यालिटी हस्पिटल, प्रभु हस्पिटल र वीरगञ्ज हेल्थ केयर हस्पिटलमा १–१ जना गरी १३ जनाको मृत्यु भएको हो । बिहीबार मृत्यु भएका १० जना पर्साका र ३ जना बारा जिल्लाका हुन् । यस्तै नारायणी अस्पतालमा उपचाररत वीरगञ्‍ज–१५ की ५५ वर्षीया महिलाको बिहीबार अपरान्ह साढे ३ बजे, वीरगञ्ज–२६ की ४५ वर्षीया महिलाको बिहीबार बिहान साढे ३ बजे, वीरगञ्ज–५ की ६० वर्षीया महिलाको बिहीबार बिहान साढे १ बजे र जितपुर सिमरा उपमहानगरपालिका(२० बस्ने ३५ वर्षीय पुरुष बुधबार बेलुका पौने १० बजे उनको मृत्यु भएको छ ।

यस्तै नेशनल मेकिडल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा उपचाररत पर्साको जगरनाथपुर गाउँपालिका(८ का ८० वर्षीय पुरुषको बिहीबार बिहान ११ः९ बजे, वीरगञ्ज– १५ का ७६ वर्षीय पुरुषको बिहीबार अपरान्ह ४ः१० बजे र नेशनलकै कोरोना अस्पतालमा वीरगञ्ज– २६ की ५० वर्षीया महिलाको बिहीबार अपरान्ह ४ बजे मृत्यु भएको अस्पतालका डाक्टर ओम प्रकाश कुशवाहाले जानकारी दिए । यस्तै वीरगञ्जकै भवानी अस्पतालमा उपचाररत पर्साको पोखरीया नगरपालिक(१० की ६५ वर्षीया महिलाको बिहीबार बिहान ६ बजे र वीरगञ्ज–१ का ६५ वर्षीय पुरुषको बिहीबार बिहान ५ बजे मृत्यु भएको छ । यस्तै नारायणी बयोधा अस्पतालमा वीरगञ्ज–१० की ७२ वर्षिया महिलाको बिहीबार बिहान सवा १२ बजे मृत्यु भएको छ । बैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलालाइ बुधबार मात्रै बयोधा अस्पतालमा भर्ना गरिएको थियो । यस्तै वीरगञ्ज स्थित स्पर्श मल्टी स्पेस्यालिटी हस्पिटलमा वीरगञ्ज–२१ का ५६ वर्षीय पुरुषको बिहीबार बिहान २स्१६ बजे मृत्यु भएको छ । बैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष बैशाख २७ गते अस्पतालमा भर्ना भएका थिए ।

त्यस्तै बैशाख २८ गते नै कलैया उपहानगरपालिका–७ बरेवा बस्ने ४८ वर्षीय पुरुष कोरोनासँग मिल्दोजुल्दो लक्षण सहित विरामी परे । नारायाणी अस्पतालमा ल्याई एन्टीजीन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । उनलाई थप उपचारका लागि भोलिपल्ट प्रभु अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । उपचारको क्रममा बुधबार बेलुका ६स्५० मा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । बिहीबार नै वीरगञ्ज हेल्थ केयर हस्पिटलमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । बिहीबार बिहान १२ः५ बजे उनके मृत्यु भएको अस्पतालले जनाएको छ । वैशाख २७ गते संक्रमण पुष्टि भएकै दिन उनलाई गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको थियो । वडा सदस्य समेत रहेको उनको शव परिवारले लगेर दाह संस्कार गरेको छ ।


४ सय ८६ जनाले लिए नगरमै नागरिकता

सिरहा,असोज ३ गते । सिरहास्थित धनगढीमाई नगरपालिकाले आयोजना गरेको एक दिने जनताको घरदैलोमै नागरिकता वितरण क

आर्केस्ट्राको विवादले झडप, एक जनाको मृत्यु

महाेत्तरी असाेज ३ गते । आइतबार दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति आर्केस्ट्रा नाच

ओभरटेक गर्दा एकको मृत्यू

सिरहा,असोज २ गते । सिरहाको जिरोमाईलमा ओभरटेक गर्ने क्रममा एक युवकको दुर्घटना भई घटना स्थलमै मृत्यु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२