एम्बुलेन्स तयारी अवस्थामा राख्न सिरहा डीसीएमसीको निर्णय

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 26, 2078
  • 110 पटक पढिएको

सिरहा,बैशाख २६ गते । दिनप्रतिदिन कोरोना संक्रमणको दर उकालो लागेपछि सिरहाका सवै स्थानीय तहलाई एम्वुलेन्स तयारी अवस्थामा राख्न डीसीएमसीले दिर्देशन दिएको छ । कोभिड १९ का सङ्क्रमितहरुलाई समयमै अस्पताल वा आईसोलेशन सेन्टर पुर्याउन पालिकाहरुलाई एम्वुलेन्स तयारी अवस्थामा राख्न आज बसेको डीसीएमसीको बैठकले निर्देशन दिएको हो ।
डीसीएमसीले स्थानीय तहलाई आफ्नो पालिकाम रहेको एम्वुलेन्स दुरुस्त राख्न, कोभिड बोक्ने एम्वुलेन्स, पीपीई सेट, इन्धन र चालकको व्यवस्थापन दुरुस्त राख्न आज बसेको बैठकले निर्णय गरेको छ । एम्वुलेन्स चालकलाई प्रतिदिन ५ सय रुपैया भत्ता सम्वन्धित तहले दिनुपर्ने निर्णयमा उल्लेख गरेको छ ।
यसैगरी, श्री शेर गण चौहर्वा र नेपाली सेनाको सिरहा सरमुकाममा रहेको सरक्षा गणलाई आलो पालोगरी एक÷एक वटा एम्वुलेन्स उपलब्ध गराउने निर्णयमा उल्लेख गरेको छ । नेपाली सेनाले प्रयोग गरेको एम्वुलेन्सको खर्च कोभिड कोष वा विरामी रहेको सम्वन्धित पालिकाले व्यहोर्नुपर्ने निर्णयमा उल्ल्ेख गरेको छ ।
निर्णयमा भनिएको छ, ‘कोभिड नियन्त्रणमा जोखिमभत्ता पाउने अवस्थाभएका एम्वुलेन्स चालकलाई पनि गापा÷नपाहरुले जोखिमभत्ता उपलब्ध गराउनुपर्ने छ ।’ एम्बुलेन्स नरहेका बडियारपट्टी, लक्ष्मीपुरपतारी र सखुवानन्कारकट्टीका लागि पनि आलोपालो गरेर एम्वुलेन्स उपलब्ध गराउने बताइएको छ । त्यसको लागि जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी यूनिटले गर्ने निर्णय भएको छ ।

 

 


गुर्जाे अभियानी प्रमुख राजलवटको अभियान अझ तिब्र

सिरहा, २३ जेठ । गुर्जाेको चिया र गुर्जाेको विरुवा बाँड्न व्यस्त आन्तरिक राजस्व कार्यालय काभ्रेका प्रमुख

दाजुभाईकै घाँटी रेटिएको अवस्थामा शव भेटियो

बारा,जेष्ठ ४ गते। बाराको कलैयामा दाजुभाईकै घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । स्थानीय ९ वर्षीय दाक्

सिरहामा दुईदिनमा कोरोनाले ६ जनाको मृत्यु

सिरहा,जेष्ठ ४ गते । सिरहामा कोभिड १९ को सङ्क्रमणबाट दुई दिनमा ६ जनाको मृत्यु भएको छ । सङ्क्रमणका कारण लहान

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२