आगलगी परिवारलाई लुगा सहयोग

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 16, 2078
  • 80 पटक पढिएको

सिरहा,बैशाख १६ गते ।सिरहाको लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नम्बर २ पर्सा टोलमा बैशाख १० गते भएको भीषण आगलागीले पीडित बनेका ८ घर ( परिवारका सम्पूर्ण सदस्यहरुलाई गाउँपालिकाले कपडा सहयोग गरेको छ । ८ घर ( परिवारका ३४ जनालाई बुधबार गाउँपालिका अध्यक्ष रामबल्भ साहले कपडा सहयोग गरेको हो । साडी, धोती , जिन्स पाईन्ट , सर्ट, पाईन्ट लगायत सबै सदस्यको उमेरको आधारमा एक सेट विभिन्न खाले नयाँ कपडाहरु सहयोग गरेको गाउँपालिकाले जनाएको छ ।

आठ घर ( परिवारलाई ८ वटा तन्ना सहित २१ वटा म्याट समेत सहयोग गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुमित्रा लामाले जानकारी दिनुभयो । आगलागीले लत्ताकपडा, घर सहित सम्पुर्ण धनमाल नष्ट भएको थियोे । यस अघि बैशाख ११ गते गाउँपालिकाले प्रती परिवार २५ केजि चामल ,२ केजि दाल , २ किलो नुन , १ लिटर खानेतेल , आधी किलो स्वाविन , २ वटा सावुन , १ वटा त्रिपाल पीडित परिवारलाई वितरण गरेको थियो ।

सोही दिन वडा अध्यक्ष धर्मेन्द्र राय दनुवारले आफ्नो ब्यक्तिगत तर्फबाट पीडित परिवारलाई नगद एक हजार को दरले जम्मा रु आठ हजार राहत स्वरुप सहयोग गर्नुभएको थियो । पालिका अध्यक्ष रामबल्लभ साहले आगलागी बस्तीको स्थलगत अनुगमन गरी आगलागी पिडित प्रती परिवार १० हजारको दरले गाउँपालिकाबाट चेक दिने घोषणा गर्नुभएको छ । उनले सबै पीडित परिवारको घर निर्माणका लागि सरोकारवाला निकायहरु बिच पहल गरिरहेको बताए ।
पीडित परिवार र गाउँपालिकाले ८ परिवारको ६० लाखको क्षति भएको जनाउदै आएको भएपनि जिल्ला प्रशासन कार्यालय सिरहाले ६ घर ( परिवारको २० लाख मात्र क्षति भएको जनाएको छ भने जिल्ला प्रहरी कार्यालय सिरहाले १५ लाख ९० हजार मात्र क्षति भएको बताउदै आईरहेको छ । गमक पोस्टबाट


माओवादी केन्द्र कस्तो बनाउने ? प्रचण्डले मागे सुझाव

काठमाण्डौ,जेष्ठ ३ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्स‌र

व्यापक कालोबजारी

जिरोमाईल,जेष्ठ ३ गते । कोरोनाको दोस्रो लहर सुरु भएसंगै दैनिक संक्रमितको संख्या सिरहा लगायतका जिल्लाहरुम

प्रदेश सरकारको सुस्त गतिले गर्दा रौतहटमा न आई.सि.यु न भेन्डिलेटर न दक्ष डाक्टर

अमित ठाकुररौतहट,जेष्ठ ३ गते। कोरोना भाइरसको दोस्रो लहर सुरु भए संगै रौतहटमा दिनानुदिन संक्रमितको संख्या

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२