शिक्षक आन्दोलित

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 13, 2078
  • 375 पटक पढिएको

सिरहा,बैशाख १३ गते ।सिरहास्थित लहान नगरपालिकाले शिक्षा ऐन नियम विपरित पटक पटक गरी एक सय ३२ जना शिक्षकहरुलाई सरुवा गरेको भन्दै नगरपालिकाको विरुद्धमा शिक्षकहरु आन्दोलित भएका छन् ।
नेपाल शिक्षक संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संघ, संघीय समाजवादी शिक्षक फोरमले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाले नियम विपरित गरेको शिक्षक सरुवा फिर्ता नलिए २२ गतेदेखि नगरक्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक शैक्षिक संस्था बन्द गरिने जनाइएको छ ।
पत्रकार सम्मेलनमा वितरित संयुक्त प्रेस विज्ञप्तिमा शिक्षा ऐन २०२८ को दफा १६ ९ज० र शिक्षा नियमावलीको नियम ९९ बमोजिम शिक्षकहलाई सरुवा गर्ने अधिकार हालको अवस्थामा शिक्षा विकास तथा समन्वय इकाइमा रहेको, स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११।२ ९ज० मा आधारभूत र माध्यमिक शिक्षकहरुलाई सरुवा गर्ने अधिकार नहुँदा नहुँदै पनि नगरपालिकाले सरुवा गरेको प्रति रोष प्रकट समेत गरेका छन् ।
नगरपालिकाका चैत्र १३ गते १३ जनाबाट सुरु भएको सरुवा प्रक्रिया वैशाख १२ गतेसम्म आइपुग्दा १३२ जनाको सरुवा भएको जनाइएको छ । जसमध्ये ५ जना राहत कोटाको शिक्षक र ३ महिनापछि सेवा अवकाश शिक्षक समेत रहेको नेपाल शिक्षक संघका अरविन्द कुमार दासले वताउनुभयो ।
आफूहरु अन्यायमा परेको भन्दै नगरपालिकाले गरेको सरुवा फिर्ता लिन तथा न्यायिक छानविनका लागि उक्त संघ संगठनले गत शुक्रबार लहान नगरपालिकालाई ज्ञापन पत्र समेत बुझाएका थिए ।
लहान नगरपालिकाका नगरप्रमुख मुनी साहले राजनीतिक प्रतिशोधको कारणले आफू निकट भन्दा बाहिरका शिक्षकहरुलाई छानि छानि सरुवा गरेको ेएकीकृत अखिल नेपाल शिक्षक संगठनका नेपाली साहले वताउनुभयो ।
लहान नगरक्षेत्रभित्र ५९ वटा सामुदायिक विद्यालय रहेका छन् । जसमध्ये मा।वि। ८ वटा र आधारभूत ५१ वटा आधारभूत विद्यालय रहेका छन् । ती विद्यालयमा २०७७ वैशाखदेखि हालसम्म तलव वाहेका कुनै पनि रकम पठाएका छैनन् ।
लहान नगरपालिकाका शिक्षा संयोजक राजकुमार साहले नगरपालिकाको अधिकार प्रयोग गरेर शिक्षक सरुवा गरेको बताउनुभयो । उहाँले नगरपालिकाले गरेको निर्णय विपरित जाने जोकोहीलाई नगरपालिकाले नियम संगत ढंगबाट अगाडि बढ्ने वताउनुभयो । शिक्षा संयोजक साहले विद्यालयहरुलाई पटक पटक विद्यालयको डाटा माग्दा समेत डाटा उपलब्ध नगराएकोले शिक्षक तलव वाहेक कुनै पनि रकमहरु विद्यालयमा पठाउन नसकिएको वताउनुभयो ।


माओवादी केन्द्र कस्तो बनाउने ? प्रचण्डले मागे सुझाव

काठमाण्डौ,जेष्ठ ३ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्स‌र

व्यापक कालोबजारी

जिरोमाईल,जेष्ठ ३ गते । कोरोनाको दोस्रो लहर सुरु भएसंगै दैनिक संक्रमितको संख्या सिरहा लगायतका जिल्लाहरुम

प्रदेश सरकारको सुस्त गतिले गर्दा रौतहटमा न आई.सि.यु न भेन्डिलेटर न दक्ष डाक्टर

अमित ठाकुररौतहट,जेष्ठ ३ गते। कोरोना भाइरसको दोस्रो लहर सुरु भए संगै रौतहटमा दिनानुदिन संक्रमितको संख्या

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२