कर हाकिमले खुवाए कोरोना संक्रमित कलाकारलाई गुर्जाे चिया

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 8, 2078
  • 67 पटक पढिएको


काठमाडौं, ८ बैशाख । सरकारी कार्यालय कहिले सर्वसाधारणको घरसम्म आफै पुगेर गुर्जाेको चिया र गुर्जाेको विरुवा बाँड्न व्यस्त आन्तरिक राजस्व कार्यालय काभ्रेका प्रमुख कमलबहादुर राजलवट अझै सक्रिय रुपमा यसलाई निरन्तरता दिनुभएको छ ।
बिगत लामो समयदेखि गुर्जाेको बिरुवा र गुर्जाेको चिया बाँडेर सामाजिक सेवामा सक्रिय प्रमुख राजलवटले कोरोना संक्रमित बरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठको ललिलतपूरको सुनाकोठीस्थित उहाँको निवासमै पुगेर श्रेष्ठसहित उहाँको ५ जना परिवारलाई गुर्जाेको चिया खुवाउनुभएको छ ।
कोरोना संक्रमितलाई केही खुवाउन त परै जाओस्, संक्रमितको नजिक सम्म पुग्न व्यक्तिहरु डराईरहेका बेला कर प्रमुख राजलवट आफै बरिष्ठ हास्य कलाकार श्रेष्ठको घरमा पुगेर आफ्नै हातले बनाएको गुर्जाेको चिया खुवाउनुभयो ।
सो क्रममा बरिष्ठ हास्य कलाकार श्रेष्ठको परिवारलाई गुर्जाेको चिया खुवाउनुको साथै अक्सिजन बढाउन तथा फोक्सोलाई बलियो बनाउन सहयोग हुने खालको प्रणायम समेत गराएको प्रमुख राजलवटले बताउनुभयो ।
संक्रमित भएका बेला संक्रमित व्यक्तिलाई अन्य कुरा भन्दा काउन्सलिङ्ग तथा मनोवल उच्च पार्न सक्ने वातावरण आवश्यक रहेको प्रमुख राजलवटको भनाई छ ।
गुर्जाेले नागरिकहरुको स्वास्थ्यमा पार्ने प्रभावका साथै त्यसको प्रयोगका बारेमा राजलवटले कार्यक्रममा करका विषयसँग जोडेर जानकारी गराउँदै गुर्जाेको नियमित सेवन गर्नेहरु बिभिन्न रोगबाट मुक्त हुने बताउनुभयो ।
प्रमुख राजलवटले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्रीहरु, कर्मचारीहरु, योग गुरु तथा स्वामीहरु, अस्पतालमा उपचारार्थ विरामीहरु, कोरोनाको समयमा संक्रमित ब्यक्तिहरु, आईसोलेसन तथा क्वारेन्टाईनमा रहेका विरामीहरुलाई गुर्जाेको चिया खुवाउनुभएको थियो । गुर्जाे सहितको धुलो औषधी तथा गुर्जाेको चिया प्याकेट समेत उहाँले निशुल्क वितरण गर्दै आउनुभएको छ ।
शरिरमा हुने हरेक खालका रोगहरुसँग लड्न सक्ने शक्ति प्रदान गर्ने गुर्जाेको महत्व, प्रयोग गर्ने तरिका र त्यसका फाईदाका बारेमा राजलवटले कार्यालयमा आउने सेवाग्रहिलाई समेत बुझाउँदै आउनु भएको छ । उहाँसँगै कार्यालयका कर अधिकृत प्रभा ढुङ्गाना, चन्दा खकुरेल, सुभाष खत्री सहित अन्य कर्मचारीहरुले समेत उहाँको गुर्जाे अभियानमा साथ दिईरहनु भएको छ ।


माओवादी केन्द्र कस्तो बनाउने ? प्रचण्डले मागे सुझाव

काठमाण्डौ,जेष्ठ ३ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्स‌र

व्यापक कालोबजारी

जिरोमाईल,जेष्ठ ३ गते । कोरोनाको दोस्रो लहर सुरु भएसंगै दैनिक संक्रमितको संख्या सिरहा लगायतका जिल्लाहरुम

प्रदेश सरकारको सुस्त गतिले गर्दा रौतहटमा न आई.सि.यु न भेन्डिलेटर न दक्ष डाक्टर

अमित ठाकुररौतहट,जेष्ठ ३ गते। कोरोना भाइरसको दोस्रो लहर सुरु भए संगै रौतहटमा दिनानुदिन संक्रमितको संख्या

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२