नरसिङ्ग होमबाट म्याद गुज्रिएको औषधी र केमिकल बरामद्

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 8, 2078
  • 125 पटक पढिएको

सिरहा, ८ बैशाख । सिरहाको लहान नगरपालिका ३ अस्पताल चौक स्थित कामना नरसिङ्ग होम प्रालिबाट अनुगमन टोलीले म्याद गुज्रेको औषधी र केमिकल बरामद् गरेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय लहान र खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको समन्वयमा गरिएको अनुगमनको क्रममा नरसिङ्ग होमबाट म्याद गुज्रिएको औषधी र केमिकल बरामद् गरेको हो ।
बरामद् भएका गुज्रिएको औषधी र ल्याबका केमिकलहरु नियन्त्रणमा लिएको र सञ्चालकलाई सम्पुर्ण कागजातसहित उपस्थित हुन पत्र काटिएको घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादवले बताउनुभयो ।
यस्तै बजार अनुगमनकै क्रममा लहान अस्पताल चौकस्थित सन्जु जेनरल स्टोर, ओम जेनरल स्टोर, पवन किराना पसल एण्ड जेनरल स्टोर, चाँन्दनी किराना पसल लगायतका एक दर्जन पसलबाट ठुलो परिमाणमा म्याद गुज्रिएको खाद्यन्न, पेय पदार्थ तथा खानेतेलहरु नियन्त्रणमा लिई नष्ट गरेको छ ।
त्यस्तै रिया होटल, लक्ष्मी होटल तथा सिटी टे«डर्सबाट पेय पदार्थ तथा म्याद गुज्रिएको बियर बरामद् गरी नष्ट पारेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका सुरेश सिंहले जानकारी दिनुभयो ।
पसलहरुले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोरोना संक्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुन पानी, सेनिटाइजर, ग्लोभ लगायतमा अनुगमन केन्द्रित रहेको प्रमुख सिंहले बताउनुभयो ।
पसल अनुगमनका क्रममा मूल्य सूची नराखेका पसलहरुमा अबिलम्ब उपभोक्तालाई देखिने गरी मूल्य सूची राख्न, म्याद गुज्रिएका खाद्यबस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलो पटक चेतावनी दिएको उहाँले जानकारी दिनुभयो । अर्को पटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारबाही गरिने उहाँको कथन थियो ।


माओवादी केन्द्र कस्तो बनाउने ? प्रचण्डले मागे सुझाव

काठमाण्डौ,जेष्ठ ३ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्स‌र

व्यापक कालोबजारी

जिरोमाईल,जेष्ठ ३ गते । कोरोनाको दोस्रो लहर सुरु भएसंगै दैनिक संक्रमितको संख्या सिरहा लगायतका जिल्लाहरुम

प्रदेश सरकारको सुस्त गतिले गर्दा रौतहटमा न आई.सि.यु न भेन्डिलेटर न दक्ष डाक्टर

अमित ठाकुररौतहट,जेष्ठ ३ गते। कोरोना भाइरसको दोस्रो लहर सुरु भए संगै रौतहटमा दिनानुदिन संक्रमितको संख्या

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२