एकै विद्यालयका ३९ विद्यार्थीलाई कोरोना सङ्क्रमण, तीन वडा सिल गर्ने तयारी

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 7, 2078
  • 153 पटक पढिएको


बागलुङ, वैशाख ७ गते । बागलुङको जनताधन माविका थप ३९ विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मंगलबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय बागलुङले यस अघि सोही विद्यालयका दुई शिक्षक र एक विद्यार्थीमा कोरोना देखिएपछि ९८ जना विद्यार्थी र शिक्षकको स्वाब परीक्षण गर्दा ३९ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
सङ्क्रमितहरुलाई होम आइसोलेसनमा बस्न अनुरोध गरिएको जानकारी दिनुभयो । शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण भएपछि आइतबारदेखि नारायणस्थान क्षेत्रका विद्यालयमा पठनपाठन बन्द गरेको बागलुङ नगरपालिकाका नगर शिक्षक अधिकारी डण्डापानी शर्माले जानकारी दिनुभयो ।
धेरै संख्यामा विद्यार्थी कोरोना सङ्क्रमित भएपछि नगरपालिकाले बलेवा क्षेत्र बानपा–१२, १३ र १४ नम्बर बडालाई सिल गर्न जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई अनुरोध गरेको छ ।
कोरोना सङ्क्रमण समुदायमा फैलने त्रास बढेपछि तीन वटा वडालाई तत्काल दश दिनको लागि सिल गरी सङ्क्रमितको सम्पर्कमा रहेकाको खोजी र उपचार गर्न सहज हुने नगर शिक्षा अधिकारी शर्माको भनाइ छ ।
वडामा सार्वजनिक सेवा तथा यातायात सेवा बन्द गरी कोरोना नियन्त्रणको प्रयास गर्न अहिले बानपा १४ र १३ नम्बर वडाको बैठक जारी छ । बानपा १२ ले बुधबार बैठक राखेर आवश्यक निर्णय गर्ने बताइएको छ । जनताधन माविमा शुक्रबारदेखि नै पठनपाठन बन्द गरिएको छ । गोरखापत्र अनलाईनबाट


माओवादी केन्द्र कस्तो बनाउने ? प्रचण्डले मागे सुझाव

काठमाण्डौ,जेष्ठ ३ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्स‌र

व्यापक कालोबजारी

जिरोमाईल,जेष्ठ ३ गते । कोरोनाको दोस्रो लहर सुरु भएसंगै दैनिक संक्रमितको संख्या सिरहा लगायतका जिल्लाहरुम

प्रदेश सरकारको सुस्त गतिले गर्दा रौतहटमा न आई.सि.यु न भेन्डिलेटर न दक्ष डाक्टर

अमित ठाकुररौतहट,जेष्ठ ३ गते। कोरोना भाइरसको दोस्रो लहर सुरु भए संगै रौतहटमा दिनानुदिन संक्रमितको संख्या

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२