बोक्सी ओरापमा सिरहामा फेरी एक महिला अमानवीय व्यवहारको शिकार

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 5, 2078
  • 131 पटक पढिएको

सिरहा,वैशाख ४ गते। सिरहा जिल्लामा बोक्सीको आरोपमा फेरी एक जना महिलामाथि अमानवीय व्यवहार गरिएको छ ।
सिरहाको औरही गाउँपालिका ५ औरहीमा ५० वर्षिया हिरादेवी साहलाई आफन्तजनले नै कुटपिट गरी जबरजस्ती मलमूत्र खुवाएको घटना सार्वजनिक भएको छ । गाई मरेको विषयमा आफूमाथि बोक्सीको आरोप लगाएर आफ्नै जेठाजुका छोरा र बुहारीहरु मिलेर विहान साढे ६ बजे करिब कुटपिट गरी मुलमूत्र खुवाएको पीडित साहले बताएकी छिन् ।
जेठाजुका छोरा घुरन साह र बुहारीहरु कौशिला, निशा र कविताले जबरजस्ती मलमूत्र खुवाएको पीडित साहले दुःखेसो पोखेकी छिन् । त्यस क्रममा जेठी छोरी लक्ष्मीले जोगाउन खोज्दा धक्कामुक्का गरेको उनले बताईन् ।
जुडशितलको दिन आफन्तको घरका सदस्यहरुलाई आर्शिवाद दिन पुगेको भन्दै पीडित साहले त्यही बेला गाईको जीउमा पानी परेको र गाई विरामी भएको आफूमाथि आरोप लगाएको साहले बताईन् । गाईलाई आफूले नभई घुरनले नै पानी छर्केको तर आरोप मलाई लगाएको भन्दै साहले त्यही निउँमा घुरनको पत्नीले गाई हेर्न बोलाएको र त्यहाँ पुग्दा दुरव्र्यवहारको शिकार भएको बताईन् । घरमा गाई मरिसकेको भन्दा खेरी घुरनले हात समातेर घिर्सादै बाहिर सडकमा ल्याएको र बुहारीहरु कौशिल्या, निशा, कविता लगायतले मलमूत्र खुवाएको पीडित साहले बताईन् ।
वीच सडकमा आफूमाथि अमानवीय व्यवहार भैरहँदा तमाशा हेर्न गरेको तर कसैले जोगाउन नआएको पीडित साहको भनाई छ ।
साहको पति रामचलितर साह रोजगारीको क्रममा भारतको चण्डीगढमा रहेको र घरमा सानो बालबालिका मात्रै बस्दै आएको छ ।
आफूलाई बोक्सीको आरोप लगाउँदै पटक पटक गाली गलौज र धम्की दिदै आएकोले न्यायको गुहार गरेकी छिन् ।
श्रीमान रामचलितर साह रोजगारका क्रममा भारतको चण्डीगढमा रहेको र घरमा सानो छोराछोरी सहित आफू बस्दै आएकी भन्दै पीडित साहले दुई छोरी र एक जना छोरामध्ये जेठी छोरीमात्र घरमा भएको मौकामा आफूमाथि अमानवीय काम गरेकोले दोषीलाई कारबाहीको हुनुपर्ने माग गरेकी छिन् ।
यता बोक्सीको आरोपमा मलमूत्र खुवाउने अमानवीय घटनालाई गाउँमै मिलाउने प्रयास भएको छ । गाउँमा केही अगुवाहरुले घटना सार्वजनिक हुनु हुँदैन भन्दै गाउँमा मिलापत्रको प्रयास गरेको छ ।
आफू प्रहरीमा उजुरी गर्न गएपछि गाउँका मानिसहरुले समाजमै मिल्नुपर्ने भन्दै उजुरीबाट रोकेको पीडित साहले बताईन् । स्थानीय श्रीदेव यादवले आफन्तकै वीचको घटना भएकोले प्रहरीमा मिल्नु भन्दा गाउँमै मिल्नु राम्रो हुन्छ भनेर उजुरी दिनबाट फर्काएको बताए बताएका छन् । कुटपिटको घटना सुन्नमा आएकोले आफूले गाउँमै मिलापत्रको लागि प्रहरीवाट फर्काएको यादवले बताए ।
यसैवीच बोक्सी भनेर कुटपिट गर्ने र मलमूत्र खुवाउने घटनाका मुख्य आरोपित घुरन साह फरार भएका छन् । बोक्सीको आरोपमा अमानवीय तरिकाले मलमूत्र खुवाउने कौशिला, निशा र कवितालाई प्रहरीले नियन्त्रणमा लिएको छैन् । प्रहरी चौकी औरहीका इन्चार्ज असई कलानन्द यादवले महिलामाथि कुटपिट घटना भएको तर लिखित उजुरी नआएपछि पक्राउ नगरिएको बताए ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेंलले बोक्सी जस्तो नाउँमा अमानवीय व्यवहार गर्नेलाई कारबाही गरिने बताएका छन् । प्रजिअ कणेंलले घटनामा संलग्नलाई पक्राउ गर्न तत्काल प्रहरीलाई निर्देशन दिने बताए ।
पत्रकारमाथि आक्रमणको प्रयास
बोक्सीको आरोपमा महिलामाथि अमानवीय व्यवहार भएको घटनाको समाचार संकलन गर्न गर्न पुगेका पत्रकारहरुलाई आरोपित पक्षबाट गाली गलौज र कुटपिटको प्रयास भएको छ । नयाँ पत्रिकाकर्मी सुरेन्द्र कुमार कामति र अपन दैनिकका प्रकाशक सम्पादक एवं एभिन्यूज टेलिभिजनका सिरहा संवाददता शुभनारायण कामतीलाई आरोप लागेका पक्षका चन्दन भन्ने रामचन्द्र साहले गाली गलौज र कुटपिटको धम्की दिएको छ ।
गाउँमै घटना मिलाउन चाहेको तर पत्रकारको टोली पुगेपछि घटना वाहिरिने र कारबाही हुने भयले गर्दा पत्रकारद्वयलाई अश्लिल शब्द प्रयो गरी गाली गलौज र कुटपिटको प्रयास भएको छ । घटनाको जानकारी पाएर प्रहरी टोली आउनै लाग्दा साहलाई आफन्तजनले भगाएका छन् ।
पत्रकारलाई दुरव्र्यवहार गरेको घटनावारेमा प्रजिअ कणेंलले कारबाही गरीने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैवीच नेपाल पत्रकार महासंघ सिरहा,प्रेस संगठन,प्रेस चौतारी नेपाल,प्रेस युनियन नेपालले पत्रकारमाथि दुरव्र्यवहारको घटनाको घोर भत्र्सना गरेको छ । महासंघ सिरहा शाखा अध्यक्ष मनोज बनैताले समाचार संकलन गर्न पुगेका पत्रकारद्वयलाई गालीगलौज र कुटपिटको धम्की दिन स्वतन्त्र प्रेसप्रतिको ठाडो हस्तक्षेप भएकोले यसमा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बोक्सी मुद्दा दर्ता भई पिडक मध्येका घुरन साहलाई पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको बताए ।


माओवादी केन्द्र कस्तो बनाउने ? प्रचण्डले मागे सुझाव

काठमाण्डौ,जेष्ठ ३ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्स‌र

व्यापक कालोबजारी

जिरोमाईल,जेष्ठ ३ गते । कोरोनाको दोस्रो लहर सुरु भएसंगै दैनिक संक्रमितको संख्या सिरहा लगायतका जिल्लाहरुम

प्रदेश सरकारको सुस्त गतिले गर्दा रौतहटमा न आई.सि.यु न भेन्डिलेटर न दक्ष डाक्टर

अमित ठाकुररौतहट,जेष्ठ ३ गते। कोरोना भाइरसको दोस्रो लहर सुरु भए संगै रौतहटमा दिनानुदिन संक्रमितको संख्या

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२