अम्बासमा घरघरमै खानेपानीको धारा आएपछि स्थानीय खुशी

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 2, 2078
  • 234 पटक पढिएको

जिरोमाई,बैशाख २ गते । सिरहाको उत्तरवर्ती क्षेत्र धनगढीमाई नगरपालिका १४ अम्बासका स्थानीयलाई घरघरमै खानेपानीको धारा आएपछि स्थानीय खुशी भएका छन्।

पानीको लागी वर्षौदेखि झण्डै दुई किलोमिटर टाढाबाट खानेपानी ल्याउनुपर्ने बाध्यता रहँदै आएका थिए ।

धनगढीमाई नगरपालिका, लिवर्ट संस्थार स्थानीयको साझेदारीमा निर्माण भएको अम्बास सिंचाई तथा खानेपानी आयोजनाको उद्घाटन भएर घरघरमै जडित खानेपानीको धारामा पानी आएपछि स्थानीय खुसी भएका हुन्।

खानेपानी आयोजनाको उद्घाटन गर्दै धनगढीमाई नगरपालिका प्रमुख हरिनारायण चौधरीले सम्पन्न खानेपानी आयोजनालाई सबैले अपनत्व हुने गरी पानी खान आग्रह गरे।

खानेपानीको शुद्धताको बारेमा सबैले सचेत ढंगले अगाडि बढ्न आग्रह गर्दै नगरप्रमुख चौधरीले दीर्घकालीन रुपमा खानेपानीलाई टिकाउन सबैको सहयोग अपरिहार्य रहेको बताए।

भौगोलिक रुपमा कठिनाई रहेको उक्त क्षेत्रका २२ घर परिवारका लागि नगरपालिकाको ७ लाख १९ हजार, लिबर्ड संस्थाको ३ लाख ८० हजार र करिव ५ लाख स्थानीय जनश्रमदान गरी झण्डै १५ लाख ८८ हजार ६५५ रुपैयाँ लगानीमा खानेपानी योजनाको काम सम्पन्न भएको हो।

१४ हजार लिटर अट्ने खानेपानी ट्यांकी निर्माणले त्यस वरपरका २२ घर परिवारलाई घरघरमै जडित धाराबाट खानेपानी उपलब्ध हुनेछ।


माओवादी केन्द्र कस्तो बनाउने ? प्रचण्डले मागे सुझाव

काठमाण्डौ,जेष्ठ ३ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्स‌र

व्यापक कालोबजारी

जिरोमाईल,जेष्ठ ३ गते । कोरोनाको दोस्रो लहर सुरु भएसंगै दैनिक संक्रमितको संख्या सिरहा लगायतका जिल्लाहरुम

प्रदेश सरकारको सुस्त गतिले गर्दा रौतहटमा न आई.सि.यु न भेन्डिलेटर न दक्ष डाक्टर

अमित ठाकुररौतहट,जेष्ठ ३ गते। कोरोना भाइरसको दोस्रो लहर सुरु भए संगै रौतहटमा दिनानुदिन संक्रमितको संख्या

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२