नागरिक्ता नहुँदा सदायहरु भूमीबाट बन्चितहुने चिन्ता सरकारसँग नागरिक्ता बनाईदिन माँग

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 4, 2077
  • 144 पटक पढिएको

सिरहा- चरम गरीवीको कारण गाउँघरमा माटोको काम गरेर गुजारागर्ने सिरहा धनगडीमाई नगरपालिकाका सीमान्तकृत भूमीहीन सदाय (मुसहर) समुदायहरु नागरिक्ता नहुँदा भूमीबाट बञ्ति भएकाछन् । नागरिक्ता नभएको कारण तीनदर्जन भूमीबाट बंचित हुनुपरेपछि उनीहरुले सरकारसंग नगरगिक्ता माँग गर्दै भूमीको ब्यवस्थागरिदिन माँग गरेकाछन् ।
सरकारले दलित, गरीव, भूमीहीन र अव्यवस्थित बसोबाँस गरेकाहरुका लागि भूमीको व्यवस्थागर्न भूमी आयोगको गठन गरेकोछ । सरकारले गठन गरेको भूमी आयोगले पहिलो चरण अन्तर्गत सिरहाको धनगडीमाई नगरपालिका सहित अधिराज्यभरि १४ वटा नगरपालिकाहरुमा लगत संकलनको कार्य सम्पन्न गरेको छ । तर सिरहाको धनगडीमाई नगरपालिकामा नागरिक्ता नहुँदा ३४ घरपरिवार सीमान्तकृत मुसहर समुदायहरु भूमीबाट बञ्ति हुनेभएको हो । पुस्तौं पुस्तादेखि बसोबाँस गर्दै आएको थातथलो नगरिक्ताको कारण लगत संकलन नहुँदा आफूहरु भूमीबाट बंचित हुने भएको उनीहरु बताउँछन् ।
धनगडीमाई नगरपालिका ९ मुसहरनियाँका २५ वर्षिय देवकी सदायको परीवार नागरिकता नभएकै कारण पूस्तौंदेखि आफै वसोवास गर्दै आएको थलोको स्वामित्वबाट फेरी वञ्चित हुने भएको छ । उनले सरकारले भूमिहिनहरुलाई स्वामित्व दिनेभनेपनि नागरिक्ता नभएकै कारण आफूहरु बसेकै जमिनको स्वामित्वबाट बञ्चित हुनेभन्दै चिन्ता व्यक्त गरे ।
उनीमात्र हैन वस्तिमा अधिकाम्सको नागरिक्ता छैन । भएकाहरुको पनि धेरैको वुवाकै जन्मसिद्ध नागरिक्ता भएकाले छाराहरु नागरिक्ता विहिन छन् । मुसहर्नियाँर्कै ६७ वर्षिय रासो सदालेभने, ‘वस्तिमा धेरैका नागरिक्ता छैन, भएकाहरुको पनि बुवाको जन्मको आधारमा नागरिक्ता लिएकाले छोराहरु नागरिक्ता विहिन छन् । उनले नागरिक्ता नभएकै कारण पुस्तौंदेखि वस्दै आएको जमिनमा स्वामित्व प्राप्तहुने आशापनि अव मर्न थालेको बताए ।


दलित, गरीव , भूमीहीन, अल्पसंख्यक र अव्यवस्थित बसोबाँस गरेकाहरुका लागि भूमीको ब्यवस्थागर्न गत माघ महिनादेखि लगत संकलनको कार्य शुरु गरेको र नगरिक्ता नहुँदा नगरपालिकाका ३४ भन्दा बढी घरपरिवार मुसहर समुदायहरु भूमीबाट बंचित हुने भएको धनगडीमाई नगरपालिकाका प्रबक्ता तथा वडा नम्वर ९ का वडा अध्यक्ष प्रकाश योङजनले बताए । उनलेभने सरकारको पहिलो सर्तनै नागरिक्ता हुनुपछ भन्ने हो, उनीहरुसँग त्यो नै छैन, त्यसैले उनीहरुले जमिनमा स्वामित्व पाउने सम्भावना कम छ ।’


नगारिक्ता नभएकै मुसहर समुदायहरु सामजिकसुरक्ष भत्ता, बालपाृषण भत्ता, बिजुलीबत्ति जस्ता आधारभुत सेवाबाट बंचित छन् । सिरहा धनगडीमाई नगरपालिकाका मुसहर समुदायहरुले तीन नै तहका सरकारसंग नारिक्ता व्यबस्था गरिदिन माँग गरेकाछन् ।


भूमि संयोजक संजय चौधरीले नगरपालिका १४ वडाबाट २ हजार ६ सय २६ घर परिवारको लागत संकलन गरिएको बताए । संकलित सवै फर्महरु दर्ता भईसकेको पनि उनले जानकारी दिए । उनले सरकारी सुविधालिन सवैभन्दा पहिलो सर्त नागरिक हुनुपर्ने बताउँदै नागरिक्ता नभएकाहरु यो प्रकृयामा सहभागी हुनै नपाउने बताए ।
सिरहामा सदाय समुदायको ५० हजार भन्दा बढी जनसङ्ख्या रहेको करिव ९० प्रतिशत भन्दा बढीको भूमिमा स्वामित्व नरहेको बताइन्छ । जसका कारण उनीहरु राज्यभित्रै राज्य विहिनताको अवस्थामा रहेका छन् ।गमक पोष्टबाट


बोक्सी ओरापमा सिरहामा फेरी एक महिला अमानवीय व्यवहारको शिकार

सिरहा,वैशाख ४ गते। सिरहा जिल्लामा बोक्सीको आरोपमा फेरी एक जना महिलामाथि अमानवीय व्यवहार गरिएको छ ।सिरहाक

सिरहामा पहिलो निमार्ण गर्दै विधालय शैक्षिक रणनितीक योजना

जिरोमाईल,बैशाख ४ गते । विधालय शैक्षिक रणनितीक योजनाको लागी कार्यशाला गोष्ठी सम्मपन्न भएको छ ।जनता माध्यम

नगरपालिकामा तालाबन्दी कायम, सम्पूर्ण कामकाज ठप्प

सिरहा,बैशाख ४ गते । सिरहाको कल्याणपुर नगरपालिकामा अनियमितताको विरोधमा जनप्रतिनिधि र स्थानीयले विगत ५ दि

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२