मालपोत प्रमुख ६ लाख घुससहित अख्यिारको फन्दामा

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 4, 2077
  • 278 पटक पढिएको

जनकपुरधाम – बारा मालपोत कार्यालय सिमराका प्रमुख नायब सुब्बा घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले नासु मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाललाई समेत सेवाग्राहीसँग ६ लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार ‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ,’ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराइदिने र उक्त काम गरिदिएवापत घुस मागेको सूचनाका आधारमा उनलाई पक्राउ गर्न टोली खटाइएको थियो ।

अनुसन्धानका सिलसिलामा खनालले सेवाग्राहीको जग्गा रजिष्ट्रेशन पास गर्ने क्रममा उक्त जग्गा श्रम तथा रोजगार प्रवर्द्धन विभाग, नयाँ बानेश्वर काठमाडौंमा रोक्का गरेका र त्यसका लागि खर्च गर्नुपर्छ भनी सेवाग्राहीसँग घुस मागेका थिए ।

उक्त घुस लिन खनालले लेखनदास बडाललाई खटाएका आयोगले जनाएको छ । अख्तियारले उनीहरूमाथि कानुनी कारबाहीका लागि प्रक्रिया बढाएको छ ।


बोक्सी ओरापमा सिरहामा फेरी एक महिला अमानवीय व्यवहारको शिकार

सिरहा,वैशाख ४ गते। सिरहा जिल्लामा बोक्सीको आरोपमा फेरी एक जना महिलामाथि अमानवीय व्यवहार गरिएको छ ।सिरहाक

सिरहामा पहिलो निमार्ण गर्दै विधालय शैक्षिक रणनितीक योजना

जिरोमाईल,बैशाख ४ गते । विधालय शैक्षिक रणनितीक योजनाको लागी कार्यशाला गोष्ठी सम्मपन्न भएको छ ।जनता माध्यम

नगरपालिकामा तालाबन्दी कायम, सम्पूर्ण कामकाज ठप्प

सिरहा,बैशाख ४ गते । सिरहाको कल्याणपुर नगरपालिकामा अनियमितताको विरोधमा जनप्रतिनिधि र स्थानीयले विगत ५ दि

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२