काठमाडौं । देशको समसामयिक राजनीतिक अवस्थाका बारेमा आफ्नो पार्टीको धारणा स्पष्ट गर्न जनता समाजवादी पार्टी नेपालको बैठक जारी छ ।
देशमा सत्ता समीकरणको बारेमा भइरहेका चर्चाको केन्द्रविन्दुमा रहेको जसपा नेपालले आफ्नो दिशा स्पष्ट गर्नका लागि सोमबारदेखि पदाधिकारीको बैठकमा छलफल गरिरहेको छ । सत्ता समीकरणमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेलाई सहयोग गर्ने कि नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेससहितको गठबन्धनमा सामेल हुने भन्नेबारे जसपा नेपाल अलमलमा छ ।
आफूहरुको माग जसले पूरा गर्छ, त्यो दललाई मात्र सत्ता समीकरणका लागि सहयोग गर्ने जसपा नेपालका नेताहरुले बताउँदै आएका छन् । जसपाको मागप्रति दुवै पक्षका दल सकारात्मक छन् । दुवै पक्षले माग पूरा गर्ने भनिसके पनि जसपा नेपालले औपचारिक छलफल गरेर गठबन्धनको टुङ्गो लगाउन सकिरहेको छैन । यही अन्योलबारे पदाधिकारी बैठकमा छलफल चलिरहेको पार्टीका एक वरिष्ठ नेताले बताए ।
पदाधिकारी बैठकको निर्णयलाई चैत ५ गते बस्ने कार्यकारिणी समितिको बैठकमा छलफलका लागि पेस गर्ने बताइएको छ । पार्टीका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले देशको समसामयिक राजनीतिक घटनाक्रम तथा पार्टीको समायोजनलगायतका एजेण्डामा कार्यकारिणी समितिको बैठकमा छलफल हुने बताए ।
सोमबारदेखि सुरु भएको पदाधिकारी बैठक मंगलबार पनि जारी छ । मंगलबार जसपा नेपालको केन्द्रीय कार्यालय बालकुमारीमा २ बजे बैठक बस्ने बताइएको छ ।
सिरहा,वैशाख ४ गते। सिरहा जिल्लामा बोक्सीको आरोपमा फेरी एक जना महिलामाथि अमानवीय व्यवहार गरिएको छ ।सिरहाक
जिरोमाईल,बैशाख ४ गते । विधालय शैक्षिक रणनितीक योजनाको लागी कार्यशाला गोष्ठी सम्मपन्न भएको छ ।जनता माध्यम
सिरहा,बैशाख ४ गते । सिरहाको कल्याणपुर नगरपालिकामा अनियमितताको विरोधमा जनप्रतिनिधि र स्थानीयले विगत ५ दि
Copyright © 2021 - Purbanchalexpress.com All rights reserved