राजविराज,फागुन २७ गते। महाशिवरात्रीको अवसरमा बिहीवार सप्तरीको बोदे बर्साइन नगरपालिका ५ जाँजरमा भव्य कार्यक्रमका बीच शिब मन्दीरको उद्घाटन गरिएको छ ।
स्थानीयहरूको सक्रियतामा निर्माण गरिएको मन्दीरको प्रदेशसभा सदस्य अभिषेक यादवले उद्घाटन गर्नुभयो भने भुतनाथ बाबाले मन्दरीमा शिब, पार्वती, गणेश लगायतको मुर्ति स्थापना गर्नुभयो ।
प्रदेशसभा सदस्यद्वय अभिषेक यादव र रुबी कर्णको संसदीय कोषको आर्थिक सहयोग तथा स्थानीयहरूले चन्दा संकलन गरी मन्दीर निर्माण गरिएको स्थानीय युवा विध्या यादवले जानकारी दिनुभयो । बोदे बर्साइन नगरपालिकाका उपप्रमुख रञ्जु कुमारी साहको अध्यक्षतामा आयोजित मन्दीर उद्घाटन तथा मुर्ति स्थापनाको अवसरमा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख लगायत स्थानीय भक्तजनको उल्लेख सहभागिता रहेको थियो । महाशिबरात्रीको अवसरमा उद्घाटन गरिएको मन्दीर परिसरमा आजैदेखि २४ घण्टे अष्टयाम शुरू भएको स्थानीयले बताएका छन् ।
सिरहा,वैशाख ४ गते। सिरहा जिल्लामा बोक्सीको आरोपमा फेरी एक जना महिलामाथि अमानवीय व्यवहार गरिएको छ ।सिरहाक
जिरोमाईल,बैशाख ४ गते । विधालय शैक्षिक रणनितीक योजनाको लागी कार्यशाला गोष्ठी सम्मपन्न भएको छ ।जनता माध्यम
सिरहा,बैशाख ४ गते । सिरहाको कल्याणपुर नगरपालिकामा अनियमितताको विरोधमा जनप्रतिनिधि र स्थानीयले विगत ५ दि
Copyright © 2021 - Purbanchalexpress.com All rights reserved