शैक्षिक गुणस्तरीयताको लागि नगर शिक्षा सम्मेलन

  • न्यूज डेस्क
  • प्रकाशित मिति: माघ 15, 2077
  • 321 पटक पढिएको

गणेश साह
सिरहा,माघ १५ गते । पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक, विद्यार्थी एवम् अभिभावक तीन वटै पक्षको परस्पर सम्बन्धबाट मात्र शैक्षिक गुणस्तरीयता कायम हुने बताउनुभएको छ ।
आज सिरहाको धनगढीमाई नगरपालिकाले शिक्षाको प्रसार एवम सवलीकरण, व्यवसायिक र गुणस्तरीय शिक्षाका लागि नगर शिक्षा सम्मेलन भन्ने मूल नाराका साथ आयोजना गरेको नगर शिक्षा सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
पूर्व मन्त्री पोखरेलले सार्वजनिक शिक्षालाई दायित्व बोध नहुँदा शैक्षिक गुणस्तरीयता कमजोर भएको उल्लेख गर्नुहुँदै कक्षा कोठामा कोठाभित्र लोकतान्त्रिक पद्धतिको विकास गर्दै शिक्षामा सबैको सामूहिक दायित्वको बोध हुनुपर्नेमा जोड दिनुभयो ।
प्रविधिमैत्री विद्यालय निर्माण नभई शैक्षिक गुणस्तरीयता कायम हुन नसक्ने भएकोले अबको विद्यालय प्रविधिमैत्री बन्नुपर्नेमा पूर्व मन्त्री पोखरेलले जोड दिनुभयो । उहाँले अबको शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग श्रमलाई राज्यको अर्थतन्त्रसँग जोडिनुपर्नेको साथै अबको शिक्षा बजारसम्म बिक्री हुने खालको शैक्षिक गतिविधि गरिनुपर्छ ।
नगरक्षेत्रभित्रका विशेषतः सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरीयता दिने उद्देश्यले आयोजित उक्त नगर शिक्षा सम्मेलनमा शिक्षाविद् विमल फुँयाल, पूर्ण दवारी, नन्दकुमार थापा, लगायतले गुणस्तरीय शिक्षाको बारेमा आ आफ्नो धारणा राख्नुभएको थियो ।
धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीको अध्यक्षतामा सम्पन्न नगर शिक्षा सम्मेलनबाट २५ बुँदे नगर शिक्षा घोषणा पत्र २०७७ घोषणा समेत गरिएको छ ।
नगर क्षेत्रभित्र ३३ वटा सामुदायिक, २३ संस्थागत २३, ६ धार्मिक एवम् ६१ वटा वालविकास रहेका छन् । धनगढीमाई नगरपालिकामा ८३ प्रतिशत साक्षर रहेको छ ।


कर हाकिमको गुर्जाे चिया खुवाउने अभियान

काभ्रे, १४ माघ । बिगत लामो समयदेखि गुर्जाेको बिरुवा र गुर्जाेको चिया बाँडेर सामाजिक सेवामा सक्रिय आन्तरि

स्रोत नखुलेको रकम सहित दुई युवक पक्राउ

सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२