कर हाकिमको गुर्जाे चिया खुवाउने अभियान

  • न्यूज डेस्क
  • प्रकाशित मिति: माघ 13, 2077
  • 256 पटक पढिएको

काभ्रे, १४ माघ । बिगत लामो समयदेखि गुर्जाेको बिरुवा र गुर्जाेको चिया बाँडेर सामाजिक सेवामा सक्रिय आन्तरिक राजस्व कार्यालय काभ्रेका प्रमुख कमलबहादुर राजलवट यसलाई अझै निरन्तरता दिनुभएको छ ।
काभ्रेको पनौती नगरपालिकामा आन्तरिक राजश्व कार्यालयले आयोजना गरेको करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा पनि प्रमुख राजलवटले आफैले तयार पार्नु भएको गुर्जाेको चिया सहभागिहरुलाई खुवाउनु भएको छ । यस अघि पतञ्जली योग समिति काभ्रेले आयोजना गरेको कार्यक्रममा पनि उहाँले गुर्जाे चिया खुवाउनु भएको थियो ।
गुर्जाेले नागरिकहरुको स्वास्थ्यमा पार्ने प्रभावका साथै त्यसको प्रयोगका बारेमा राजलवटले कार्यक्रममा करका विषयसँग जोडेर जानकारी गराउँदै गुर्जाेको नियमित सेवन गर्नेहरु बिभिन्न रोगबाट मुक्त हुने बताउनुभयो ।
प्रमुख राजलवटले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्रीहरु, कर्मचारीहरु, योग गुरु तथा स्वामीहरु, अस्पतालमा उपचारार्थ विरामीहरु, कोरोनाको समयमा संक्रमित ब्यक्तिहरु, आईसोलेसन तथा क्वारेन्टाईनमा रहेका विरामीहरुलाई गुर्जाेको चिया खुवाउनुभएको थियो । गुर्जाे सहितको धुलो औषधी तथा गुर्जाेको चिया प्याकेट समेत उहाँले निशुल्क वितरण गर्दै आउनुभएको छ ।
शरिरमा हुने हरेक खालका रोगहरुसँग लड्न सक्ने शक्ति प्रदान गर्ने गुर्जाेको महत्व, प्रयोग गर्ने तरिका र त्यसका फाईदाका बारेमा राजलवटले कार्यालयमा आउने सेवाग्रहिलाई समेत बुझाउँदै आउनु भएको छ । उहाँसँगै कार्यालयका कर अधिकृत प्रभा ढुङ्गाना, चन्दा खकुरेल, सुभाष खत्री सहित अन्य कर्मचारीहरुले समेत उहाँको गुर्जाे अभियानमा साथ दिईरहनु भएको छ ।
करका विषयमा रहेका दुविधाहरूलाई चिर्दै करदातालाई छिटो छरितो तरिकाले सेवा प्रवाह गर्ने प्रणालीलाई अझै सुदृढ गर्दै लैजाने र आवश्यक परे कर सम्वन्धी तालिमहरू प्रदान गर्ने प्रतिवद्धता आन्तरिक राजश्व कार्यालय काभ्रेका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले बताउनु भएको छ ।


शैक्षिक गुणस्तरीयताको लागि नगर शिक्षा सम्मेलन

गणेश साह सिरहा,माघ १५ गते । पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक, विद्यार

स्रोत नखुलेको रकम सहित दुई युवक पक्राउ

सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२