सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिएको छ । बरियारपट्टी गाउँ पालीका १ कचनारी प्रहरी चौकीबाट खटिएको प्रहरीले भारतबाट नेपाल तर्फ आउँदै गरेको स। ८। प ९६१४ नम्वरको मोटरसाइकल चेक जाँच गर्ने क्रममा ९ लाख ३९ हजार ९ सय १५ रुपैयाँसहित बरियारपट्टि २ खोक्सीका ४० वर्षिय मोहमद सगिर मियाँ र २४ वर्षिय मेहदि मंसुरलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई महोशावारी प्रहरी चौकीमा राखेर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी शालिग्राम शर्माले जानकारी दिए ।
उनले भारतीय बजारबाट नेपाली बैंकमा जम्मा गर्न रकम ल्याएको हुन सक्ने अनुमान गरिएको छ । सीमाक्षेत्रका भारतीय व्यसायीहरुले जम्मा भएका नेपाली रुपैयाँ नेपाली नागरिकको नाममा यतै विभिन्न बैंक तथा वितिय संस्थाहरुका खाता खोली एटिएमको माध्यमबाट भारतमा रकम झिक्ने गरेको स्रोतले बताएको छ ।
यस अघि पनि प्रहरीले पुस २५ गते सिरहा नपा २२ हकपाडाका ३९ वर्षिय विश्वनाथ यादवलाई स्रोत नखुलेको ३१ लख ८९ हजार हजार दरको नोट सहित नियन्त्रणमा लिएको थियो ।
गणेश साह सिरहा,माघ १५ गते । पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक, विद्यार
काभ्रे, १४ माघ । बिगत लामो समयदेखि गुर्जाेको बिरुवा र गुर्जाेको चिया बाँडेर सामाजिक सेवामा सक्रिय आन्तरि
Copyright © 2021 - Purbanchalexpress.com All rights reserved