सिरहा,पुस २९ गते। सिरहाको गोलबजारमा आयोजित २० औं पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगितालाई उद्घाटन गर्नुहुँदै नेपाल खेलकुद महासंघका संयोजक तथा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले भौतिक संरचना मात्र निर्माण गरेर खेलकुदको विकास नहुने भएकोले खेलाडीमै भरपूर रुपमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ ।
संयोजक पौडेलले खेलकुदको विकासको लागि प्रदेश, स्थानीय तहले पनि निती निर्माण गर्न सक्ने व्यवस्था भएकाले खेलतर्फ बढी ध्यान दिन अनुरोध गर्नुहुँदै पछिल्ला दिनहरुमा राज्यको खेलप्रति उदासिनताका कारण अन्तराष्ट्रिय खेलहरुमा नेपाली खेलाडीहरुको सहभागीता रहेपनि उत्साहजनक अवस्था नरहेको उहाँको दुःखेसो थियो ।
अर्का विशष्ठि अतिथि धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता समेत रहनुभएकोले राष्ट्रको निम्ति, आफ्नो स्वाभिमानको निम्ति, उत्पीडित समुदायको खातिर दिएको बलिदानीबाट पाठ सिक्दै खेलको माध्यमबाट खेलप्रेमी साथीहरुले उहाँले राष्ट्रको निम्ति गरेका योगदानको बारेमा धारणा बनाउँदै खेलेको खेलमा उतार्नुपर्ने वताउनुपर्ने वताउनुभयो ।
गोलबजार नगरपालीका र राष्ट्रिय व्याडमिन्टन संघको आयोजना तथा नेपाल व्याडमिन्ट संघ र गोलबजार व्याण्डमिन्टन क्लवको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो । १० वटा इभेन्टको लागि प्रति इभेन्ट्स प्रथम, दितीय तथा तृतीयलाई क्रमशः २० हजार १५ हजार र १० हजार गरी करिव ५ लाख ९३ हजार पुरस्कार रासी खर्चिने आयोजकले जनाएको छ ।
दुई सय ८५ प्रतियोगीहरुको सहभागिता रहने उक्त खेलमा आज पहिलो दिन ६६ वटा खेललाई प्रतिस्पर्धा गराइएको थियो भने दोस्रो, तेस्रो, चौथो तथा अन्तिम दिन क्रमशः ८७, ८५, ३८ र ९ वटा खेल खेलाईने जनाइएको छ । समुद्घाटन खेलको नेपाल टेलिभिजन ईटहरीले प्रत्यक्ष प्रसारण गरेका थिए ।
सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए
काठमाण्डौं : पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षल
काठमाण्डौ : नेपालको कञ्चनपुर र भारतको उत्तरप्रदेशको सीमा क्षेत्रमा सीमा मिचिएको भन्दै स्थानीयहरुले
Copyright © 2021 - Purbanchalexpress.com All rights reserved