२० लाखमा किनेको घुम्ती शौचालय प्रयोग विहीन

  • न्यूज डेस्क
  • प्रकाशित मिति: मंसिर 23, 2077
  • 440 पटक पढिएको

मुकेश कुमार यादब
सिरहा,मंसिर २३ गते । सिरहाको गोलबजार नगरपालिकाका मुख्य चोकहरुमा सार्वजनिक शौचालय छैनन् । यहाँका मुख्य चोकहरुमा हाटबजारको दिन सवारीसाधन र पैदलयात्रुको भीडभाड पनि अत्यधिक नै हुन्छ । नगरपालिकामा घुम्ति शौचालय खरिद गरेको करिब दुई वर्ष वितिसकेपनि अझै प्रयोगमा आउन सकेको छैन । पहिलो नगरसभाबाट सेवाग्राहीको आत्याधिक चापलाई मध्यनजर गर्दै आ।ब।२०७५÷२०७६ मा करिब २० लाखको लागतमा खरिद गरिएका दुई वटा घुम्ती शौचालय जनप्रतिनिधि तथा कर्मचारीहरुकै लापरवाहिका कारण उपयोगविहीन हुदा स्थानियहरुलाई सास्ति खेप्नु परेको छ ।
खरिद गरेको एक वर्ष सम्म नगरपालिकाले मागेअनुसार डिजाइनमा निर्माण नभएको भन्दै पटक–पटक फर्काउने र केही फेरवदल गरेर ल्याउने प्रकृयामा दुई वर्ष वितेको नगर प्रमुख देवनाथ साहले बताए । उनलेभने, ‘ठेकेदार कम्पनीले नगरपालिकासँग सम्झौता भएको डिजाइनमा नबने पछि दुई तीन पटक त्यसलाई ‘रिमेक’ गर्न लगाइयो, त्यसमा पनि भनेजस्तो भएन, पछि आफै थाकेर सामान राखें अझै प्रयोगमा ल्याउन सकिएको छैन ।’

गोलबजार र चोहर्वामा साप्तामा ४ दिन हाटबजार लाग्ने गर्छ । बजारमा नजीकका किसानहरु विहानै देखि तरकारी विक्रिको लागि र विभिन्न ठाउँबाट समान खरिदका लागि व्यवसायीहरु आउने गर्छन् । बजारमा किनमेलगर्न आउनेको लागी भनेर खरिद गरिएको घुम्ती शौचालय अझै प्रयोगमा आउन सकेको छैन । खरिद गरेको वर्षौं वितिसकेपछि नगरको लाखौं लगानीमा खरिद गरेको घुम्ती शौचालय त्यसै थन्कीएर बसेको छ । यता,गोलबजार नगरपालिका प्रमुख प्रशास्कीय अधिकृत श्रीधर केसिले राख्ने उचित ठाउँ नभएकोले शौचालय संचालन गर्न सकिएको छैन । अव साथीहरुसँग सल्लाह गरेर ठाउँ खोजेर चाँडै प्रयोगमा ल्याइने बताए ।

जिल्लामै रेडिमेट कपडाको नमुना बजारको रुपमा चिनिने गोलबजार नगरपालिकामा कपडा खरिद विक्रि गर्न आउने ग्राहकहरुको लागि उचित सार्वजानिक शौचालयको व्यवस्थापन नहुदा समस्या भएको व्यापारीहरु बताउछन । “चोकमा शौच गर्न नपाएर पैदलयात्री तथा समान किनमेल गर्न आउने सेवाग्राहीहरु शौचालय खोज्दै होटलमा पुग्ने गर्छन् । तर कतिपय होटल सञ्चालकले शौच गर्न दिँदैनन् । यस्तो अवस्थामा घुम्ती शौचालय उपयोगविहीन बनाउनु राम्रो नभएको स्थानिय सन्तोष साहले बताए । चोकमा सार्वजनिक शौचालय नहुँदा कति ठूलो समस्या छ भन्ने सबैलाई थाहा भएको बताए ।


बोक्सी ओरापमा सिरहामा फेरी एक महिला अमानवीय व्यवहारको शिकार

सिरहा,वैशाख ४ गते। सिरहा जिल्लामा बोक्सीको आरोपमा फेरी एक जना महिलामाथि अमानवीय व्यवहार गरिएको छ ।सिरहाक

सिरहामा पहिलो निमार्ण गर्दै विधालय शैक्षिक रणनितीक योजना

जिरोमाईल,बैशाख ४ गते । विधालय शैक्षिक रणनितीक योजनाको लागी कार्यशाला गोष्ठी सम्मपन्न भएको छ ।जनता माध्यम

नगरपालिकामा तालाबन्दी कायम, सम्पूर्ण कामकाज ठप्प

सिरहा,बैशाख ४ गते । सिरहाको कल्याणपुर नगरपालिकामा अनियमितताको विरोधमा जनप्रतिनिधि र स्थानीयले विगत ५ दि

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२