महिला र पुरुष सिनियर क्रिकेट खेलाडी छनौट

  • न्यूज डेस्क
  • प्रकाशित मिति: मंसिर 22, 2077
  • 504 पटक पढिएको

सिरहा, मंसिर २२ गते । सिनियर राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता छनौटको लागि सिरहा जिल्लाबाट खेलाडी चयन गरिएको छ ।
सिरहा जिल्ला क्रिकेट संघले प्रदेश २ स्तरीय छनौटको लागि १२ जना महिला क्रिकेट खेलाडी चयन गरेको छ । कविता गौतम, सरस्वती चौधरी,सन्तोषी चौधरी, आरती चौधरी, अनुराधाचौधरी, उर्मिला चौधरी, मिना महतो, निलम महतो निका महतो, निषा साह, ललिता साह र अर्चना महतोलाई छनौट समितिले प्रदेश २ का निम्ति छनौट गर्न चयन गरिएको छ । यस्तै उक्त टोलीको टिम कोचमा अनिल शर्मा र टिम म्यानेजरमा श्यामबाबु यादव रहेको सिरहा जिल्ला क्रिकेट संघका अध्यक्ष सुनिल महासेठले जनाएको छ ।
यस्तै पुरुष खेलाडी तर्फ पनि खेलाडी चयन गरिएको छ । ओमकार यादव, प्रदिप पासमान, मो फतेह सिद्धिकी, राकेश कामैत, सुमन गहराज, रुपेश सिंह, दिलिप यादव (कप्तान), मो.अफरुद्दीन राईन, मनोज यादव, पार्थिप यादव, प्रदीप पंडित, तारकेश्वर मुखिया, अशोक यादव, अभिनव यादव रहेको अध्यक्ष महासेठले जनाएको छ । बैकल्पिक खेलाडीहरुमा कुश मण्डल, अमित मण्डल, संजय यादव, सुमित दास र देवेन्द्र साह रहेको अध्यक्ष महासेठले जनाएको छ ।
सिरहाबाट चयन भएका क्रिकेट खेलाडीहरु प्रदेश २ को छनौट खेलमा राम्रो प्रर्दशन गर्नुपर्ने हुन्छ । प्रदेश २ को छनौटमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरु प्रदेश २ स्तरीय टोलीमा समावेश गरिने संघले जनाएको छ । देशभरी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको लागि खेलाडी चयन गरिदैछ ।


सडकमै धान रोपाई गरि विरोध

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढास्थित निर्माणाधीन हुलाकी सडकको खाल्डाखुल्डी र हि

मृत अवस्थामा भेटियो गैँडा, साउन महिनामै तीनवटाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्जको दुुधौरा क्षेत्रमा मृत अवस्थामा वयस्क गैँडा भेटिएको छ ।निकुञ्जका सूच

ब्राउन सुगर सहित एक युवक पक्राउ

सुनिल साह सिरहा,असार १८ गते । सिरहाको वरियारपट्टी गाँउपालिकाबाट आज एक जना भारतीलाई ब्राउन सुगर सहित पक्र

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२