पाँच वटा अस्पताल मध्ये तीन वटाको मात्र शिलान्यास

  • न्यूज डेस्क
  • प्रकाशित मिति: मंसिर 15, 2077
  • 727 पटक पढिएको

सिरहा,मंसिर १५ गते । सिरहाको १७ स्थानीय तहमध्ये ५ वटा स्थानीय तहलाई परेको आधारभूत अस्पताल मध्ये दुई वटा स्थानीय तहले मात्र आज अस्पतालको शिलान्यस गरेका छन् ।
आज अस्पताल शिलान्यास गर्ने स्थानीय तहमध्ये धनगढीमाई नगरपालिका १५ शैय्या, विष्णुपुर गाउँपालिका १० शैय्या रहेको छ । यसअघि नै गोलबजार नगरपालिकाले १५ शैय्याको शिलान्यास गरिसकेका छन् भने सुखीपुर नगरपालिका र सिरहा नगरपालिकाले प्राविधिक कठिनाई देखाउँदै आज अस्पताल शिलान्यास गर्न नसकिएको बताइएको छ ।
धनगढीमाई नगरपालिका वडा नं. ९ स्थित नयनपुर अस्पताल हाताभित्र धनगढीमाई नगरपालिका सिरहाका नगरप्रमुख हरिनारायण चौधरीले १५ शैय्या अस्पतालको शिलान्यास गर्नुभएको हो । यस अघि नगरपालिकाले आफ्ना नगर क्षेत्रभित्रका स्थानीयहरुलाई सर्वसुलभ तरिकाले स्वास्थ्य सेवा दिन आफ्नै श्रोतसाधनबाट नयनपुर स्वास्थ्य चौकीलाई अस्पताल संचालन गरिरहेको छ ।
संघीय सरकारको लागतमा प्रथम चरणमा आज देशभर तोकिएका ३९६ मध्ये ५ देखि १५ शैयाको अस्पताल शिलान्यास हुने कार्यक्रम थियो । सिरहामा ५ स्थानीय तहमध्ये ३ वटा स्थानीय तहलाई १५ सैय्या र दुई वटा स्थानीय तहलाई १० शैय्याको अस्पताल परेको थियो ।

 


बोक्सी ओरापमा सिरहामा फेरी एक महिला अमानवीय व्यवहारको शिकार

सिरहा,वैशाख ४ गते। सिरहा जिल्लामा बोक्सीको आरोपमा फेरी एक जना महिलामाथि अमानवीय व्यवहार गरिएको छ ।सिरहाक

सिरहामा पहिलो निमार्ण गर्दै विधालय शैक्षिक रणनितीक योजना

जिरोमाईल,बैशाख ४ गते । विधालय शैक्षिक रणनितीक योजनाको लागी कार्यशाला गोष्ठी सम्मपन्न भएको छ ।जनता माध्यम

नगरपालिकामा तालाबन्दी कायम, सम्पूर्ण कामकाज ठप्प

सिरहा,बैशाख ४ गते । सिरहाको कल्याणपुर नगरपालिकामा अनियमितताको विरोधमा जनप्रतिनिधि र स्थानीयले विगत ५ दि

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२