अस्पतालको लापरवाहीले महिलाको ज्यान गयो , पिडित पक्ष द्वारा क्षतीपूर्तिको माग

  • न्यूज डेस्क
  • प्रकाशित मिति: मंसिर 7, 2077
  • 445 पटक पढिएको

सिरहा,मंसिर ७ गते । सिरहाको लहानमा संचालित डिभाईन हेल्थ केयर अस्पताल प्राइभेट लिमिटेडमा डाक्टरको लापरवाहीका कारण एक गर्भवति महिलाको ज्यान गएको छ ।
अस्पताल संचालकले पडित पक्ष संग बढी पैसा लिनको लागी परिवारलाई झुक्याई अप्रेशन गर्ने वेलामा सिरहाको सुखिपुर नगरपालिका वडा नं. ९ बैशखा वस्ने २७ वर्षीय आरति कुमारी साहको ज्यान लिएको परिवारजनको आरोप रहेको छ ।
घरमा समान्य पिडा भएपछि उसलाई डिभाई हेल्थ केयर अस्पताल प्रा. लि. मा शनिबार बेलुका ५ बजे भर्नाको लागी ल्याएको परिवारजनले बताए । परिवारजनका अनुसार सामान्य अवस्थामा रहेका आरतीलाई डाक्टरले अप्रेशन गरेर बच्चा हुन्छ । नरमल हुदाँ भोली विहान सम्म हुने अस्पतालका डाक्टरले बताए तर आफुहरु अपरेशन नगराई नर्मलको लागि बरु भोली बिहान सम्म हेर्ने बताए ।
आरतीलाई डाक्टरले अपरेशनको लागी सल्लाह दिए तर हामी मानेनौं तर मृतक आरतीलाई चेकजाँचको लागी माथिल्लो तल्ला ७ः५० मा लगेको बताए । त्यस पछि भने हामी चेकजाँच गर्दैछौ त्यस पश्चात साँझ ८ः४५ बजे हामीलाई छोरी जन्म भयो बच्चा जिम्मा लगाई अचानक डाक्टर लगायत अस्पतालका कर्मचारीहरु अस्पताल छाडेर भागेको मृतकका भाई राजेश साहले बताए ।
उक्त बच्चाको लहान स्थित सप्तऋषी अस्पतालमा भइरहेको छ ।
हाल सम्म उक्त शब अस्पतालकै बेडमा अपरेश पश्चात रक्तामै अवस्थामा रहेको बताए । पिडित पक्षले क्षतीपूर्ति तथा दोषीमाथि कारवाहीको माग गर्दै पूर्व पश्चिम लोकमार्ग अवरुद्ध गरेका थिए । उक्त लोकमार्ग अवरुद्ध खाली गराउन जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी शालिग्राम शर्माको कमाण्डमा इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरद सिंह थापा, इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी सन्तु लाल जैसवाल र सशस्त्र प्रहरी बल नेपालको टोली आएर सामान्य बल प्रयोग गरी लोकमार्ग अवरुद्ध खुलाएको छ ।
लोकमार्गको अवरुद्ध खुलाउने क्रममा पिडित पक्षका केही व्यक्तिहरु सामान्य घाईते भएको मृतकका ससुराले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादको संयोजकत्वमा लहान अस्पतालका प्रसुती तथा स्त्री रोग विशेषज्ञ एवंम लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो ।
श्रोतका अनुसार उक्त अस्पताल को नविकरण फेल भएको हो । उक्त विषयमा जिल्ला स्वास्थ्य कार्यालय सिरहामा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

 


माओवादी केन्द्र कस्तो बनाउने ? प्रचण्डले मागे सुझाव

काठमाण्डौ,जेष्ठ ३ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्स‌र

व्यापक कालोबजारी

जिरोमाईल,जेष्ठ ३ गते । कोरोनाको दोस्रो लहर सुरु भएसंगै दैनिक संक्रमितको संख्या सिरहा लगायतका जिल्लाहरुम

प्रदेश सरकारको सुस्त गतिले गर्दा रौतहटमा न आई.सि.यु न भेन्डिलेटर न दक्ष डाक्टर

अमित ठाकुररौतहट,जेष्ठ ३ गते। कोरोना भाइरसको दोस्रो लहर सुरु भए संगै रौतहटमा दिनानुदिन संक्रमितको संख्या

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२