अबैध काममा लगाउने होटल संचालक पक्राउ

  • न्यूज डेस्क
  • प्रकाशित मिति: कार्तिक 17, 2077
  • 547 पटक पढिएको

मुकेश कुमार यादब
सिरहा,कात्तिक १७ गते । पुर्व पश्चिम लोकमार्ग संगै रहेको सिरहाको गोलबजार नगरपालिका ६ बाट एक जना होटल संचालकलाई प्रहरीले पक्राउ गरेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजारबाट गोप्य सुचनाको आधार खटिएको प्रहरी टोलिले २ जना महिला सहित होटल संचालकलाई पक्राउ गरिएको हो ।

बाहिरबाट होटलमा महिलाहरुलाई बोलाई अबैध काममा लगाउने गोलबजार स्थित रहेको बिकाश होटल एण्ड लँजको संचालक ४५ बर्षिय राम सुन्दर साहलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्र।नि संतोष राईले बताए । उनले’ आफ्नो होटलमा ग्राहक आएपछि होटल संचालक साहले यौनकर्मीहरुलाई फोन सम्र्पक गरी बोलाई आफ्नो ग्राहकको माग पुरा गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । संचालक साहले युवती कुरेर बसेको ग्राहक भएको कोठामा पठाइ वेश्यावृति कार्यमा संम्लग्न गराएको प्र।नि।राईले जनााएको छ ।

उनी माथि मानब बेचबिखन तथा ओसार पसार शिर्षकमा मुद्दा दर्ता गरिने जिल्ला अदालतबाट आज म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिगा्रम पोडेलले जानकारी दिए ।
यता सिरहामा अबैध यौनधन्दा तथा वेश्यावृति दिन प्रतिदिन फस्टाउदै गैईरहेका कारण स्थानियहरु त्रसित भएका छन । सिरहाको लाहान,गोलबजार,मिर्चैया,बन्दिपुर,सिरहा लगायतका होटल तथा लँजहरुमा खुल्लेयाम रुपमा योनधन्दा चल्ने गरेतापनि सम्बन्धित निकाय मौन रहेको देखिन्छ ।


गाँजाको विरुवा नष्ट

सिरहा– प्रहरीले अवैध रुपमा खेती गरेका १५ सय विरुवा गाँजाको नष्ट गरेको छ । नरहा गाउँपालिका २ लामाटोल स्थि

मुम्बई २६/११ आतन्की हमलाको विरोधमा मोटरसाइकल रैली

काठमाडाैँ । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म ग

धनगढीमाई नपामा भूमिहिनलाई जग्गा दिने प्रक्रिया सुरु

लहान,मंसिर ११ गते । सिरहाको धनगढीमाई नगरपालिकामा भूमिहीन सुकुम्बासीलाई जग्गा दिने प्रक्रिया सुरु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२