स्थानिय जनप्रतिनिधी र प्रहरी प्रशासनकै निस्कृयताले सार्वजनिक जग्गा अतिक्रम हुदै ः अध्यक्ष चौधरी

  • न्यूज डेस्क
  • प्रकाशित मिति: कार्तिक 16, 2077
  • 411 पटक पढिएको

सिरहा, कार्तिक १६ गते । सिरहाको सुखिपुर नगरपालिका ८ मा रहेको श्री राम जानकी मन्दिरको सार्वजानिक जग्गा स्थानिय जनप्रतिनिधी तथा प्रहरी प्रशासनको निस्कृयताका कारण अतिक्रमण भइरहेको मन्दिरका सेवा समितिका अध्यक्ष नागेश्वर चौधरीले आरोप लगाएका छन् ।
आइतबार सुखिपुर बजारमा रहेको श्री राम जानकी मन्दिर सेवा समिति द्वारा आयोजित पत्रकार समेलनमा समितिका अध्यक्ष नागेश्वर चौधरीले मन्दिरको जग्गा स्थानिय श्याम सुन्दर साह, निर्मला देबी चौधरी, रंजित पंजियार र गंगा चौधरीले सार्वजानिक मन्दिरको जग्गा स्थानीय वडा अध्यक्ष, नगरपालिका प्रमुख र प्रमुख जिल्ला अधिकारीको निस्कृयताले अतिक्रमण गरिरहेको आरोप लगाएकाछन् ।
यी चारै जना मिलेर मन्दिरको करिब २० लाख भन्दा बढीको जग्गा स्थानिय जनप्रतिनिधी तथा प्रहरी प्रशासनको वेवास्ताको कारण मन्दिरको जग्ग कब्जा गरिरहेको आरोप लगाएका छन् ।
अध्यक्ष चौधरीका अनुसार हामी समिति, बुद्धिजिवी, समाजसेबी, तथा स्थानीय अगुवाहरु मिलेर जग्गा नाप गर्दा श्याम सुन्दर साहले १ धुर सात कन्मा, निर्मला देबी चौधरीले १ धुर १ कन्मा, रंजित पंजियारले २ धुर र गंगा चौधर्रीले अढाई धुर जग्गा अतिक्रमण गरेको बताए ।
अतिक्रमित जग्गा मन्दिरकै नाममा कायम रहेको र अतिक्रमित जग्गा खाली गराउन तथा निर्माण काम बन्द गर्न हामी समिति र स्थानिय समाज मिलेर वडा कार्यालय, नगरपालिका, जिल्ला प्रशासन कार्यालय सिरहामा निवेदन दर्ता गराए तर कतैबाट कुनै वास्ता नै भएन ।
चौधरीले बोल्दै भने हामी यो मन्दिरको जग्गा कायम गर्नको लागी सिरहा जिल्ला अदालत सिरहामा मुद्दा दर्ता गराए । उच्च अदालत राजविराजमा पनि मुद्दा दर्ता गराउने भन्ने बताए ।
स्थानीय जनप्रतिनिधी वडा अध्यक्ष, मेयर तथा प्रमुख जिल्ला अधिकारी लगायतले कुनै पहल नगरेको आरोप समेत लगाए ।

Sukhipur ram 2
त्यस्तै हाल अतिक्रमित जग्गामा पक्की घर निमार्ण भएकोले तत्काल अतिक्रमित जग्गा खाली गराउन सम्बन्धित सरोकारवालाहरु ध्यान नदिए आफु बाध्य भएर चरनबद्ध आन्दोलन गर्नुको साथै उच्च अदालतमा कानुनी प्रक्रियामा समेत जाने राम जानकी मन्दिर समितिका सचिव ज्ञान कुमार साहले बताए ।


गाँजाको विरुवा नष्ट

सिरहा– प्रहरीले अवैध रुपमा खेती गरेका १५ सय विरुवा गाँजाको नष्ट गरेको छ । नरहा गाउँपालिका २ लामाटोल स्थि

मुम्बई २६/११ आतन्की हमलाको विरोधमा मोटरसाइकल रैली

काठमाडाैँ । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म ग

धनगढीमाई नपामा भूमिहिनलाई जग्गा दिने प्रक्रिया सुरु

लहान,मंसिर ११ गते । सिरहाको धनगढीमाई नगरपालिकामा भूमिहीन सुकुम्बासीलाई जग्गा दिने प्रक्रिया सुरु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२