सिरहामा थप एक कोरोना संक्रमितको मृत्यु

  • न्यूज डेस्क
  • प्रकाशित मिति: कार्तिक 14, 2077
  • 287 पटक पढिएको

सिरहा,कार्तिक १४ गते । सिरहामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ ।सुखीपुर नगरपालिका वडा नम्बर ८ निवासी ७२ वर्षीय पुरूषको कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार ती पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा आज मृत्यु भएको हो ।

एक्कासी ज्वरो र रुघाखोकी लागेर श्वास लिन कठिनाई भएपछि पुरूषलाई गत कात्तिक ३ गते उपचारका लागि प्रादेशिक अस्पताल लगिएको थियो । उनको सोही दिन स्वाब लिएर परीक्षण गर्दा ४ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

पोजेटिभ आएका पुरूषलाई आइसोलेसनमा राखेर उपचार गरिरहँदा बिहीबार मृत्यु भएको प्रमुख यादवले बताए । यादवका अनुसार मृतक पुरूष लामो समयदेखि दमका रोगी थिए ।  योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।


गाँजाको विरुवा नष्ट

सिरहा– प्रहरीले अवैध रुपमा खेती गरेका १५ सय विरुवा गाँजाको नष्ट गरेको छ । नरहा गाउँपालिका २ लामाटोल स्थि

मुम्बई २६/११ आतन्की हमलाको विरोधमा मोटरसाइकल रैली

काठमाडाैँ । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म ग

धनगढीमाई नपामा भूमिहिनलाई जग्गा दिने प्रक्रिया सुरु

लहान,मंसिर ११ गते । सिरहाको धनगढीमाई नगरपालिकामा भूमिहीन सुकुम्बासीलाई जग्गा दिने प्रक्रिया सुरु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२