अपांगतालाई जीवन निर्वाह कार्यक्रम

  • न्यूज डेस्क
  • प्रकाशित मिति: कार्तिक 11, 2077
  • 163 पटक पढिएको

सिरहा– नव नियुक्त महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले अपांगता व्यक्तिलाई सपांगता जस्तै क्रियाशिल बनाउने गर्ने गरी मन्त्रालयले काम अगाडि बढाइसकिएको वताउनुभएको छ ।
आज सिरहाको गोलबजारमा आयोजित १५ शैय्याको सुविधा सम्पन्न अस्पताल र असहाय वृद्ध सेवा सदन भवन निर्माणको शिलान्यास कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
अपांगताको कारणले समाजमा अपहेलित जीवन निर्वाह गरिरहेका व्यक्तिलाई विभिन्न खाले आय आर्जन गर्ने खालको सीपमुलक नीति बनाई जीवन निर्वाह गर्ने गरी कार्य योजना बनाउन मन्त्रालयलाई निर्देशन दिइसकिएकोले चाँडै सो काम अगाडि बढिने मन्त्री श्रेष्ठले वताउनुभयो ।
मन्त्री श्रेष्ठले अपांगता भएका व्यक्तिको जीवन निर्वाह, महिला हिंसा हुने समस्या, वालवालिकाले उच्च शिक्षा हासिल, बृद्धबृद्धाले सम्मान पूर्वक वाँच्ने अधिकार लगायतका विषयमा काठमाडौं जाने वित्तिकै विषय विशेषज्ञसँग गहन छलफल गरी यी यस्ता समस्या समाधान गर्न लागि पर्ने जनाउनुभयो ।
आज शिलान्यास भएको अस्पताल र असहाय वृद्ध सेवा सदन भवन निर्माणले यस भेगका स्थानीयले भोगिरहेको समस्या समाधान हुनुको साथै छिमेकी नगरपालिका गाउँपालिकालाई समेत सहयोग पुग्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।
अस्पताल र वृद्ध सेवा सदन भवनको लागि करिव ९ करोड जग्गा दान गर्ने गोलबजार वडा नं. ७ निवासी केदार श्रेष्ठ, हिरालाल श्रेष्ठ, मोती श्रेष्ठ, जवाहर श्रेष्ठ र विष्णु श्रेष्ठलाई मन्त्री श्रेष्ठले सम्मान गर्नुभएको थियो ।


गाँजाको विरुवा नष्ट

सिरहा– प्रहरीले अवैध रुपमा खेती गरेका १५ सय विरुवा गाँजाको नष्ट गरेको छ । नरहा गाउँपालिका २ लामाटोल स्थि

मुम्बई २६/११ आतन्की हमलाको विरोधमा मोटरसाइकल रैली

काठमाडाैँ । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म ग

धनगढीमाई नपामा भूमिहिनलाई जग्गा दिने प्रक्रिया सुरु

लहान,मंसिर ११ गते । सिरहाको धनगढीमाई नगरपालिकामा भूमिहीन सुकुम्बासीलाई जग्गा दिने प्रक्रिया सुरु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२