महिला हिंसा गर्नेलाई कडा कारवाही गर्ने कानुन बनाइने ः मन्त्री श्रेष्ठ

  • न्यूज डेस्क
  • प्रकाशित मिति: कार्तिक 8, 2077
  • 207 पटक पढिएको

सिरहा,कार्तिक ८ गते । नव नियुक्त महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले प्रदेश नं.२ मा विभिन्न बहानामा महिलामाथि विभिन्न किसिमका हिंसा बढिरहेकोले निकट भविष्यमै महिला हिंसा गर्नेलाई कडा भन्दा कडा कानून बनाउने प्रक्रियामा लागि सकिएको वताउनुभएको
छ ।
आज सिरहाको धनगढीमाई नगरपालिकाले आयोजना गरेको सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले एसिड आक्रमण गर्ने दोषीलाई कार्वाही गर्ने कानुन बनाए सरह सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा महिलामाथि हुने विभिन्न खाले हिंसा गर्नेलाई पनि त्यस्तै कानुन बनाउने योजनामा आफू रहेको बताउनुभयो ।
छोराछोरी नभएका बृद्धबृद्धाहरुका लागि लागि सरकारले व्यवस्था मात्र गरिएकाले यसतर्फ सबै छोराछोरीले सचेत हुनुपर्ने वताउनुहुँदै मन्त्री श्रेष्ठले छोराछोरीलाई जन्माउने बुवा आमालाई बृद्धाश्रममा पठाउनुको सट्टा जन्मदाताको हिसावले छोराछोरीले सम्मानपूर्वक आमाबुवालाई पाल्नुपर्ने वताउनुभयो ।क
विशेष गरी तराई मधेशमा छोरा र छोरीलाई भेद्भाव गर्ने प्रचलन रहि आएकोले त्यसलाई तोड्नको लागि कम्तिमा आठ कक्षासम्म नपढाउने आमा बुवालाई वृद्ध भत्ता लगायतका सरकारी सुविधा नदिने कानुन समेत बनिसकेकोले अबका दिनमा त्यस्ता खाले भेद्भाव विस्तारै हट्दै जाने मन्त्री श्रेष्ठले वताउनुभयो ।
आफू सिरहा क्षेत्र नं. ३ को सांसद् भए पनि सबै क्षेत्रलाई विकासको प्रक्रियासँगै लाने प्रतिबद्धता गर्नुहुँदै धनगढीमाई नगरपालिका वडा नं. १४ स्थित राईराईनीस्थित चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव हुनुभएको राजनैतिक ऐतिहासिक स्थल बनाउनको लागि आफू सक्दो पहल गर्ने बताउनुभयो ।
सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित अतिथिहरुले आफ्नै क्षेत्रमा मात्र सीमित नरही संघीय मन्त्रालयबाट प्राप्त हुने सबैखाले विकास निर्माणको प्रक्रिया सिरहाको चारवटै क्षेत्रलाई सराबरी सहयोग गर्नुपर्नेमा मन्त्री श्रेष्ठले सुझाउनुभएको छ ।


गाँजाको विरुवा नष्ट

सिरहा– प्रहरीले अवैध रुपमा खेती गरेका १५ सय विरुवा गाँजाको नष्ट गरेको छ । नरहा गाउँपालिका २ लामाटोल स्थि

मुम्बई २६/११ आतन्की हमलाको विरोधमा मोटरसाइकल रैली

काठमाडाैँ । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म ग

धनगढीमाई नपामा भूमिहिनलाई जग्गा दिने प्रक्रिया सुरु

लहान,मंसिर ११ गते । सिरहाको धनगढीमाई नगरपालिकामा भूमिहीन सुकुम्बासीलाई जग्गा दिने प्रक्रिया सुरु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२