दशैंको पाँचौ दिन ः स्कन्द माताको पुजा गरिदैं

  • न्यूज डेस्क
  • प्रकाशित मिति: कार्तिक 5, 2077
  • 118 पटक पढिएको

पूर्वाञ्चल एक्सप्रेस सम्वाददाता
सिरहा,कात्तिक,५ गते । दशैंको आज पांचौं दिन स्कन्द माताको पूजा आराधना गरिदैंछ । भक्तहरुको इच्छा पूर्ती गर्ने स्कन्द माताको पूजा आराधनाले मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ ।

पुराणमा आसुर्यसंगको युद्धमा स्कन्द माताले ताराकासुर दैत्यलाई मारी देवताहरुको रक्षा गरेको उल्लेख छ । यस्तै स्कन्द कुमार कात्तिकेयको बाल स्वरुपलाई सधैंव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले यिनलाई स्कन्द माताको नामबाट पुकार्ने गरिन्छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा मनाईने दशैंमा नौ दिनसम्म शक्तिपीठ तथा दशैंघरमा पूजा अर्चना सहित दूर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ ।

यस्तै छैठौं दिन कात्तियानी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरी दशैंमा शक्ति पूजा गर्ने प्रचलन छ ।

कोरोना संक्रमणको जोखिमका कारण यसवर्ष शक्तिपीठहरुमा कम भीडभाड देखिन्छ । प्रशासनले यसवर्ष बोका वली समेत चढाउन प्रतिबन्ध लगाएको छ ।


गाँजाको विरुवा नष्ट

सिरहा– प्रहरीले अवैध रुपमा खेती गरेका १५ सय विरुवा गाँजाको नष्ट गरेको छ । नरहा गाउँपालिका २ लामाटोल स्थि

मुम्बई २६/११ आतन्की हमलाको विरोधमा मोटरसाइकल रैली

काठमाडाैँ । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म ग

धनगढीमाई नपामा भूमिहिनलाई जग्गा दिने प्रक्रिया सुरु

लहान,मंसिर ११ गते । सिरहाको धनगढीमाई नगरपालिकामा भूमिहीन सुकुम्बासीलाई जग्गा दिने प्रक्रिया सुरु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२