समाजसेवी भुवनलाई आउने चुनावमा टिकट दिनुपर्ने संसदको आग्रह

  • न्यूज डेस्क
  • प्रकाशित मिति: आश्विन 28, 2077
  • 1090 पटक पढिएको

सुखिपुर सम्वाददाता
सुखिपुर,असोज २८ गते। सुखिपुर नगर सुधार समिति सुखिपुरका अध्यक्ष बिपि भुवन यादव लाई पार्टीले आउने चुनावमा टिकट दिन कुनै कन्जुस्याइँ गर्न नहुने प्रदेश सभा सदस्य नरेश कुमार यादवले बताएका छन् ।

कुनै न कुनै प्रकारले निरन्तर सामाजसेवा गर्दैआई रहनुभएका र बिना स्वार्थ सूखीपुर नगरको पहरेदारी र जनप्रतिनिधिलाई खबरदारी गरिरहने बिपी भुवन यादव अबको मेयर हुनुपर्ने नेपाली कांग्रेसबाट सभासदस्य रहेका यादवले बताएका हुन् ।

 

सांसद यादवले नेपाली कांग्रेस पार्टी बिपी भुवनको सदैव साथमा रहने बताए । सुखीपुरमा आयोजित एक कार्यक्रम बिच यादवले उक्त घोषणा गरेका हुन ।

अगामी स्थानीय निकायको चुनावमा सुखीपुर नगरपालिकाको प्रमुख पद विपि भुवन यादवलाई जिताउन प्रदेश सभासदस्य नरेश कुमार यादवले जनता समक्ष आग्रह समेत गरेका छन ।

सुखीपुर नगरपालिकाका नगर सुधार समिति सुखीपुरको आयोजनामा संचालित म्याराथन प्रतियोगिताको सम्पन्न सभाका प्रमुख अतिथी समेत रहेका प्रदेश सभा सदस्य यादवले नगरवासीकै समक्ष उक्त उद्घोष गरेका थिए ।

त्यसैगरी, नेकपा बाट निर्वाचित प्रदेश २ का अर्का सांसद मदन सेन प्रसाद श्रीवास्तवले नगरपालिकाको कार्यशैली प्रति असन्तुष्टि जनाएका छन । उनले पार्टी सदस्यहरु मिलोमतोमा भ्रष्टाचार गरिरहेको दावी गरे ।

उता, जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य सुनिता देवी मोचीले बिपी भुवन यादव अन्याय, अत्याचार र भ्रष्टाचारको विरोधमा लडने सिपाही भएको बताइन् ।


स्रोत नखुलेको रकम सहित दुई युवक पक्राउ

सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए

हुम्लामा फेरि सिमा विवाद

काठमाण्डौं : पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षल

तस्करी रोक्न आफ्नै भूमिमा चेकपोस्ट स्थापना गरेका हौं: एसएसबी

काठमाण्डौ : नेपालको कञ्‍चनपुर र भारतको उत्तरप्रदेशको सीमा क्षेत्रमा सीमा मिचिएको भन्दै स्थानीयहरुले

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२